चैत्र १३, विभेद बिरुद्ध अभियान – नेपालको दलित आन्दोलनको एउटा चक्र पुरा भएको छ । २००३ सालको आसपासबाट सुरु भएको नेपालको दलित आन्दोलन संविधानसभाबाट संविधान बन्ने बेलासम्म आइपुग्दा एउटा चक्र पुरा भएको छ र यसले मुख्य रुपमा तीन काम सानदार ढंगले सम्पन्न गरेको छ ।
नेपाली दलित आन्दोलनले आफैले लड्दै घिस्रिदै नेपालका राजनीतिक पार्टीलाई करिव ५० वर्ष लगाएर दलित भनेको नेपालको एउटा सम्बोधन नगरी नहुने सामाजिक समूह हो भन्ने कुरा कन्भीन्स गरी छाडेको छ । हामी सबैलाई थाहा छ कि २०४८ सालभन्दा अगाडि नेपालको कुनै पनि राजनीतिक पार्टीले आफ्नो दस्तावेजमा दलित शब्द उल्लेख गरेका पनि थिएनन् । त्यो शब्द उल्लेख गर्न पनि चाहदैन थिए र उनीहरुका निम्ति ठोस अधिकारको व्यवस्था गर्न पनि राजनीतिक दल चाहदैन थिए ।
अब दक्षिण एसियामा वा एसियाली उपमहादिपमा अन्त कही पनि यस्तो कार्यदिशा छैन । नेपालमा मात्र छ । त्यो कार्यदिशा भनेको के हो भने पहिलो, राजनीतिक पार्टीभित्र दलितले हस्तक्षेप गर्ने र राजनीतिक पार्टीलाई नै दलित मुद्दामा ल्याउनका निम्ति संघर्ष चलाउने ।
नेपालको राजनीतिक आन्दोलन सँगै नेपालको दलित आन्दोलनको पनि एउटा स्वायत्त चरित्र छ । आज संविधानले पनि दलितलाई स्वीकार गरिसकेको छ । नेपालको दलित आन्दोलनले आफ्नै ढंगले एउटा निश्चित कार्यदिशा लाइन निर्माण गरेको छ । अब दक्षिण एसियामा वा एसियाली उपमहादिपमा अन्त कही पनि यस्तो कार्यदिशा छैन । नेपालमा मात्र छ । त्यो कार्यदिशा भनेको के हो भने पहिलो, राजनीतिक पार्टीभित्र दलितले हस्तक्षेप गर्ने र राजनीतिक पार्टीलाई नै दलित मुद्दामा ल्याउनका निम्ति संघर्ष चलाउने ।
यो लाइनको मुख्य विशेषता नै यही हो । जो अरु देशमा छैन । दोस्रो , राजनीतिक पार्टीलाई भातृ संगठन खोल्न बाध्य पार्ने र त्यो भातृ संगठन मार्फत पनि राजनीतिक पार्टीलाई दबाब सिर्जना गरिराख्ने । तेस्रो, जुनसुकै राजनीतिक पार्टीमा भए पनि सबै दलित संघ संगठनहरुले एकतावद्ध भइ संयुक्त आन्दोलनमा जारी राख्ने ।
चौथो, राजनीतिक पार्टी भन्दा इतर रहेर स्वतन्त्र ढंगले काम गरिरहेका संघ संस्थालाई पनि राजनीतिक दलित आन्दोलनमा सहकार्य गर्न र एउटै नारामा सहकार्य गर्न निरन्तर रुपमा जोडिराख्ने । यी चार वटा विशेषतासहितको राजनीतिक कार्यदिशा नेपाली दलित आन्दोलनले तयार पारेको छ , र यो लाइन नेपालको दलित आन्दोलनले लागू पनि गर्दै आएको छ ।
संविधान जारी हुँदा सम्ममा जेजति उपलब्धी भएका छन्, त्यो यही राजनीतिक कार्यदिशा लागू गर्नुकै परिणाम हो भनी मान्नै पर्छ ।
दक्षिण एसियाको इतिहासमा यस प्रकारको राजनीतिक लाइन दलित आन्दोलनसँग कहि पनि छैन । सबैभन्दा धेरै करिब १७ करोड दलित भएको भारतमा यो राजनीतिक लाइन विकास भएकै छैन । यसो त अहिले भारतमा राजनीतिक दलित आन्दोलन नै छैन । त्यहाँ केही संघसंस्थाले सामान्य गतिविधि गरिरहेका छन् र केही राजनीतिक पार्टीले दलित समुदायको नारा दिएर पार्टी संचालन गरेका छन् तर सबै राजनीतिक पार्टी र सिंगै समुदायलाई संगठित रुपमा एकसाथ प्रभावित गर्न राजनीतिक दलित आन्दोलन त्यहाँ छैन । त्यसो त आज राजनीतिक दलित आन्दोलन दक्षिण एसियामै अन्त कतै छैन, नेपालमा मात्र छ ।
राजनीतिक दलित आन्दोलनसँग रहेको यस कार्यदिशालाई संविधान बनिसकेपछि अब हामीले विकास गर्नुपर्ने छ । संविधानले भन्यो, नेपाली समाजलाई अब समाजवादतर्फ लानुपर्छ । नेपाली समाज अहिले समाजवादतिरको यात्रामा निस्किसकेको छ । त्यसैले अब दलित आन्दोलनलाई पनि समाजवादी दलित आन्दोलनको रुपमा विकास गर्नु आवश्यक छ । संविधानले नै समाजवादतर्फ जाने भनिसकेपछि यसमा हाम्रो कुनै विवाद छैन । कस्तो समाजवाद भन्नेमा विवाद छ, त्यो हुन्छ । त्यो हुनु बेठिक पनि होइन । तर, अब नेपालको दलित आन्दोलन समाजवादी दलित आन्दोलन बन्दछ र समाजवादी अधिकार प्राप्त गर्नका निम्ति दलित आन्दोलन लाग्नुपर्दछ भन्ने कुरामा विवाद रहदैन ।
अब विकास गर्नुपर्ने कुरा यस्ता छन् । एक , नेपाली समाजमा अब पहिलो पटक तलदेखि माथिससम्म राज्यसत्ताका अंगमा दलितको एउटा हिस्सा पुग्दै छ । यो हिस्सा अब कहिल्यै पनि घट्नेवाला छैन बरु बढ्ने छ । केन्द्रीय संसद, प्रदेश र स्थानीय तह र प्रशासनक्षेत्र सबैमा दलितको एउटा हिस्सा राज्य सत्ताको हिस्सा बन्दै छ । तर, दलितको विशाल हिस्सा बाहिर रहनेछ । भनेपछि हामीले भित्र रहेको राजनीतिक र प्रशासनिक निकाय एवम् राज्यका अंगमा पुग्ने दलित समुदाय र वाहिर रहेको दलित आन्दोलनको हिस्सा सँग कसरी सम्बन्ध जोड्छौँ ? हामीले जोड्नु पर्छ । यो कुरा जोड्न सकिएन भने राज्यसत्ताले जति दलितलाई भित्र लान्छ , त्यो सानो हिस्सालाई मध्यम वर्गमा उठाएर आम दलित विरोधी पात्र बनाइदिने खतरा छ । भारतमा अहिले त्यही भइराखेको छ । भारतको सत्ताले अफिसर पंक्तिभित्र लगि राखेको छ । एउटा सानो हिस्सालाई मध्यम वर्गमा लगिसकेको छ । तर त्यो मध्यम वर्गमा पुगेका दलित भने वर्षमा एक दिन भेला भएर बाबा साहेब अम्बेडकर कि जय त भन्छन् तर नीतीमा र सारमा उनीहरु आम दलितका विरुद्धमा हुन्छन् । अहिले हाम्रो सबैभन्दा महत्वपूर्ण कुरा के छ भने एउटा हिस्सा भित्र जा“दै छ । त्यो हिस्सा र बाहिर रहेको आन्दोलनरत दलित समुदायलाई हामी कसरी निरन्तर जोडिरहन्छौँ ?
यो गम्भीर प्रश्न छ । नेपाली दलित आन्दोलनले राज्यसत्ताभित्र पुग्ने दलित हिस्सा र बाहिर रहने दलित आन्दोलनलाई निरन्तर जोडी रहने नीती नै अब विकास गर्नु जरुरी छ ।
दुई ,हामीले घोषित रुपमा दलित आन्दोलनको भावनात्मक कार्यदिशा विकास गर्न सक्नुपर्छ । त्यो भावनात्मक कार्यदिशा भनेको के हो ? एउटा दलितले अर्को दलित हो भन्ने कुरा थाहा पाउने बित्तिकै त्यसप्रति बढी सहानुभूति , हेरचाह र सहयोग गर्न मन लाग्ने कुरा घोषित गर्न जरुरी छ ।
आजसम्म एउटा गैर दलितले एउटा दलित र अर्को गैर दलित उभियो भने स्वत गैर दलितलाई १० नम्बर बढी दिन्छ । गैर दलितलाई थप नम्बर दिन मन लाग्ने समाज छ हाम्रो । यो खाडललाई पुर्नका निम्ति दलित आन्दोलनले घोषणा गर्न जरुरी छ कि, अब हामी संसारको कुनै पनि कुनामा भएको कुनै पनि पार्टीमा भएको दलित छ भने गैर दलितलाई भन्दा हामी दलितलाई बढी सहयोग दिन्छौँ । गैर दलितलाई भन्दा उसलाई सहानुभूति दिन्छौँ ।
भारतीय कम्युनिस्टलाई भन्नु छ तिमीहरु दलितको भातृ संगठन भारतमा किन खोल्दैनौ ? भारतको कांग्रेस आई र अरु पार्टीलाई गएर भन्नुपर्छ तिमीहरु दलितको घोषित भातृ संगठन किन खोल्दैनौ ?
जस्तै , एउटा प्रहरी अधिकारी दलित रहेछ भने आन्दोलनमा लाठी हान्नु पर्दा आन्दोलनकारीे दलित रहेछ भने दलितलाई एक लाठी कम हान्छु भन्न सक्नुपर्छ । यो कुरा हामीले घोषित गर्नुपर्छ । यो कुनै अपराधको कुरा होइन । यो कुनै जातिवादको कुरा होइन । यो तीन हजार वर्षदेखि पारिएको खाडललाई पुर्ने कुरा हो । यो किन पनि जरुरी भयो भने दलित भित्र पनि यत्ति धेरै गम्भीर फुट छ । एकले अर्कालाई नमान्ने स्थिति छ । अब हामीले कार्यदिशा नै यस्तो बनाउनुपर्छ । म माओवादी भित्र छु । कांग्रेस भित्रका दुई पात्र आए एक दलित र अर्को गैरदलित । अब मेरो मन स्वतः कांग्रेस भित्रको दलित तिर जानुपर्छ । सबैले घोषणा गरेर हाम्रो भावनात्मक कार्यदिशा बनाउनुपर्छ । दलित र गैर दलित एक ठाउँ भए हाम्रो मन दलिततर्फ जानै पर्छ । १० नम्बर बढी जानुपर्छ । बोल्दा पनि दलितले बोलेको अलि बढी मन पर्छ । यो भावनात्मक कार्यादिशा नेपालको दलित आन्दोलनले अब विकास गर्नै पर्छ ।
तीन, हामीले नेपाली दलित आन्दोलनले विकास गरेको कार्यदिशा भारतीय र दक्षिण एसियाका सबै दलितलाई भन्नु छ । भारतीय कम्युनिस्टलाई भन्नु छ तिमीहरु दलितको भातृ संगठन भारतमा किन खोल्दैनौ ? भारतको कांग्रेस आई र अरु पार्टीलाई गएर भन्नुपर्छ तिमीहरु दलितको घोषित भातृ संगठन किन खोल्दैनौ ? र भारतका दलित नेतालाई भन्नु छ कि तिमीहरु राजनीतिक पार्टीभित्र दलित परिचयसहित किन लड्दैनौ ?
भारतमा ८४÷ ८५ जना केन्द्रीय संसदमा दलित पुग्छन् । तर ६५ वर्षको बीचमा कुनै पनि सांसदले दलितहरुको विषयमा एउटा पनि प्रस्ताव राखेका छैनन् । किनकी ऊ दलित प्रतिनिधि भएर जादैन , केवल उ राजनीतिक पार्टीको कार्यक्रम लिएर मात्र जान्छ । नेपालमा भने मीन विश्वकर्मा वा जीवन परियार नेपाली कांग्रेसबाट सांसद बन्नुहुन्छ तर उहाँ दलित संघको पनि एजेण्डा लिएर जानुहुन्छ । उहाँहरुले कांग्रेसको मात्र एजेण्डा बोल्दा दलितहरुले उहाँहरुलाई समाप्त पार्नेेवाला छन् । त्यसैले भातृ संगठन हुनु र नहुनुमा फरक छ । भातृ संगठन भए त्यसको एजेण्डासहित पार्टीबाट जानुपर्छ । जसकारण भातृ संगठनको एजेण्डा पनि संसदमा उठाउनै पर्छ । दलित स्वभाविक रुपमा पार्टीको कार्यकर्ताको हैसियतले मात्र सांसद बन्दैन बरु दलित संगठनको प्रतिनिधिको हैसियतले समेत सांसद बन्न पुग्छ ।
पहिलो संविधानसभामा ५० जना सांसद पुग्ने बित्तिकै छुवाछुत सम्बन्धी विधेयक आएको छ । ती प्रत्येक दलित समुदायका सांसद पार्टीबाट गए पनि उनीहरु दलित समुदाय वा मोर्चाको पनि प्रतिनिधि थिए । त्यसकारण यो भातृ संगठन बनाउने कि नबनाउने भन्ने कुरा धेरै नै महत्वपूर्ण छ । यो कुरा हामीले भारतीयलाई भन्नु छ । श्रीलंकनलाई भन्नु छ । पाकिस्तानीलाई भन्नु छ ।
हामीले प्राप्त गरेका उपलब्धि दक्षिण एसियाका २० करोड दलितका बीचमा र दक्षिण एसियाका सबै राजनीतिक पार्टीका बीचमा गएर भन्न सक्नुपर्छ । किनकी दक्षिण एसियाका २० करोड दलितमध्ये केही करोड मात्र पनि ठिक ढंगले आन्दोलित हुँदा नेपालका ५० लाख दलितलाई धेरै नै फाइदा हुनेछ । त्यसकारण हाम्रो आन्दोलनका उपलब्धिलाई अन्तराष्ट्रियकरण गर्नुपर्छ । यो विषय हाम्रो कार्यदिशाको अब अर्को अंग बन्नुपर्छ ।
चार , हामीले हाम्रो संगठनको संरचनालाई नयाँ ढंगले विकास गर्नु जरुरी छ । नेपालमा एक प्रतिशत भन्दा बढी जनसंख्या भएका दलित चार समूहमा छन् । कामी, दमाई, सार्की चमार । त्यसपछि एक प्रतिशत भन्दा कम भएका समूहहरुको संख्या यति धेरै कम छ कि जनसंख्याको अन्तर धेरै ठूलो देखिन्छ । यो स्थितिमा संगठनको संरचनामा समेत दलित भित्रका सबै जात समूहको सम्मानजनक उपस्थिति हुने गरी संगठनात्मक संरचना विकास नगर्ने हो भने अब जातजातका संगठन खुल्दै जाने र फुट हुने खतरा छ । एक प्रतिशत भन्दा बढी भएकामा पनि समस्या छ ।
आफ्नो आफ्नो जातको संंगठन खोलेर दलित आन्दोलन फुटतर्फ जाने खतरा छ । अर्को कुरा, नेपालमा अब दलित पार्टी खुल्ने लहर आउनेवाला छ । क्षेत्रीय पार्टी र राष्ट्रियस्तरको पार्टी । यी कुरालाई हल गर्नका लागि राजनीतिक संगठनमा नयाँ विकासको जरुरी छ ।
विश्वकर्माको संख्या पाँच प्रतिशत पुगिसकेको छ । अरुको दुई पनि पुगेको छैन । त्यहाँ पनि ठूलो खाडल छ । सबैले सबैलाई आशंका गर्ने अवस्था छ । सानो जनसंख्या भएकाले अब ठूलो जनसंख्या भएकाले उपलब्धि खाइदिने हो कि हामीलाई नदिने हो कि, संगठनमा सधै उनीहरु मात्र हालीमुहाली गर्छन् भन्ने मनोविज्ञान विकास हुँदैछ । यस मनोविज्ञानले आफ्नो आफ्नो जातको संंगठन खोलेर दलित आन्दोलन फुटतर्फ जाने खतरा छ । अर्को कुरा, नेपालमा अब दलित पार्टी खुल्ने लहर आउनेवाला छ । क्षेत्रीय पार्टी र राष्ट्रियस्तरको पार्टी । यी कुरालाई हल गर्नका लागि राजनीतिक संगठनमा नयाँ विकासको जरुरी छ ।
पार्टी गठन गर्ने सन्दर्भ भनौ, जातवाला पार्टीले कसलाई फाइदा हुन्छ ? त्यो जातको सबैभन्दा धनीलाई फाइदा हुन्छ । किनभने जात भनेको विचार होइन । विचार नभए पनि त्यो जातको भइसकेपछि नेता हुन पाउने हुन्छ । नेता हुने भनेकै सबैभन्दा धनी र चलाख नै हो । योगदान, वैचारिक स्तर ,संघर्षमा निरन्तरता आदि कुरा नभएपनि जातको नाममा खुलेको पार्टीमा दलित हुने वितिक्कै जस्तो पदमा पुग्न योग्य मानिन्छ । जसको कारणले नेता हुन त्यस्तो पार्टीमा सम्पतिले निर्णायक भूमिका खेल्दछ जुन कुरा आम दलितको हितमा हुँदैन भनी सजिलै बुझ्न सकिन्छ ।
अर्को कुरा ,१३ प्रतिशत दलित नै दलित पार्टीमा लागे भने सांसद कति जना भन्दा १३ प्रतिशत नै आउछन् । १३ प्रतिशतको सरकार बन्दैन । अर्कोसँग मिल्नै पर्छ । १३ प्रतिशत दलित एउटा पार्टीमा पनि लाग्दैनन् किनकी दलित विचारसहितको मान्छे हो । विचारसहितको मान्छे आफ्नो विचार मिल्ने ठाउँमा जान्छ । भनेपछि जसरी पनि अरु पार्टीसँग मिलेर नै सरकार बनाउनुपर्ने भएपछि हामीले दलित पार्टी बनाउन जाने कि अरु सबै पार्टीमा हस्तक्षेप गर्दै जाने त ? भन्दा सबै पार्टीमा हस्तक्षेप गर्दै जाने लाइन नै ठिक हुन्छ ।
एक ठाउँ बसेर नलडी पनि भएको छैन । हामी कमजोर हुने खतरा बढी छ । यो दुवै खतराबाट जोगिन हामीले संगठनको स्वरुपमा विकास गर्नु जरुरी छ ।
जातको संगठन बनाउदा दुई घाटा छन् । एउटा जातहरुका बीचमा हरेको फाटो झन् गहिरिने खतारा हुन्छ । अर्को हाम्रो शक्ति क्षय हुने खतरा छ । एउटा बैठक गरे हुने ठाउँमा जातको पनि बैठक, संगठनको पनि बैठक गर्दा हाम्रो शक्ति क्षय हुन्छ । एक ठाउँ बसेर नलडी पनि भएको छैन । हामी कमजोर हुने खतरा बढी छ । यो दुवै खतराबाट जोगिन हामीले संगठनको स्वरुपमा विकास गर्नु जरुरी छ ।
दलित भित्रका जातले कुनै पनि समिति बनाउदा आफ्नो समूदायको न्यायोचित प्रतिनिधित्व हुनेगरी संगठनात्मक नीति विकास गरिनुपर्छ । मधेसको दलित, दलित संगठनमा कहिल्यै अध्यक्ष हुनै नपाउने स्थिति छ । अरुको दिमाग मधेसको नेतृत्व तर्फ जादै जादैन किन ? यो भइराखेको छ । पुरुषले पाए पछि पुरुषले खाने रहेछ । दिनै पर्छ भनेर लेख्यो भने मात्र महिलालाई दिनेरहेछ नत्र नदिने रहेछ । घुमाउदै लगेर पुरुषले खाने रहेछ ।
त्यसैगरी पहाडले पनि घुमाउदै लगेर मधेसको भाग खाइदिदो रहेछ । त्यसैले हामीले संगठनको संरचना विकास गर्दा नै दलित मध्येको ३४ प्रतिशत रहेको मधेशी दलितले पनि संगठनमा स्वत न्यायोचित पद र संख्या पाउने गरी अब संगठनको नीतिमा विकास गर्नै पर्दछ । मधेसका दलितले प्रष्ट बुझोस पहाडले मात्र सबै खानेवाला छैन । त्यो संगठनमा फलानो फलानो पद मेरो निम्ती सुनिश्चित छ । मधेसलाई त्यो संगठनमा सम्बोधन हुन्छ भन्ने प्रष्ट देख्नुपर्छ । दलित भित्रको हलखोरले देख्नु पर्छ कि यो पार्टीको दलित संगठनमा लागें भने प्रत्येक समितिमा मेरो अनुहार पनि सम्मानित हुने वाला छ ।
यसरी संगठनलाई हामीले संरचनामै नयाँ ढंगले विकास गर्नुपर्छ । हामीले हाम्रो संगठनलाई एकताबद्ध गरेरै छाड्छौँ भन्ने प्रतिबद्धता व्यक्त गर्नुपर्छ । पार्टीको नाममा भड्किन दिदैनौँ । जातको नाममा भड्किन दिदैनौँ । हामी सबै रमाएर एउटै कमिटिमा बस्न सक्ने अवस्था सिर्जना गर्न सक्छौ भन्ने कुरा जसरी पनि हामीले प्रमाणित गर्नुपर्छ । यो काम गैर दलित ‘महान’ नेताले पनि गर्न सक्दैनन् । किनकी गैर दलित नेताले यो कुरा बुझ्दै बुझ्दैनन् । कामी र दलितको बीचमा के छ ? कामी र सार्कीको बीचमा के छ ? मधेस र पहाडका दलितका बीचमा के छ ? भन्ने कुरा हामीलाई मात्र थाहा छ । जंगबहादुरले खडा गरेको पर्खाल हामीले भत्काउन थाल्नुपर्छ ।
हाम्रो अर्जुनदृष्टि राजनीतिक पार्टी हामी कब्जा गर्न सक्छौँ कि सक्दैनौँ ? राजनीतिक पार्टी भित्र हैसियतदार नेता कार्यकर्ता भएर जान सक्छौँ कि सक्दैनौँ । त्यस कुरामा हाम्रो भविष्य छ । त्यही कुरामा नेपाली दलित आन्दोलनको अन्तिम भविष्य निर्धारित छ ।
दलित आन्दोलनमा अहिलेसम्म के महान उपलब्धि भएको छ त ! भनेर हे¥यो भने दलित आन्दोलन राजनीतिक आन्दोलन भएको छ । यो ठूलो कुरा हो । बहुदलीय व्यवस्था अब संसारभर हुने वाला छ । नभएका देशमा पनि हुने छ । बहुदलीय व्यवस्थामा राजनीतिक दलभित्रबाट हस्तक्षेप गर्ने कुरा सबैभन्दा महत्वपूर्ण छ । किनकी संविधान दलले लागु गर्छ । सरकार दलले बनाउछ । संसदमा दलकै प्रतिनिधि हुन्छ । चुनावमा दल नै विजय र पराजित दल नै हुन्छ । हाम्रो अर्जुनदृष्टि राजनीतिक पार्टी हामी कब्जा गर्न सक्छौँ कि सक्दैनौँ ? राजनीतिक पार्टी भित्र हैसियतदार नेता कार्यकर्ता भएर जान सक्छौँ कि सक्दैनौँ । त्यस कुरामा हाम्रो भविष्य छ । त्यही कुरामा नेपाली दलित आन्दोलनको अन्तिम भविष्य निर्धारित छ । त्यसकारण राजनीतिक पार्टीबाट अलग हुने कुरा छोडौँ । राजनीतिक रुपमा तपाईंलाई मन परेको पार्टीमा जानुहोस् केही फरक पर्दैन । कुनै पार्टी मन पर्दैन तपाईं आफै सबै समुदाय अटाउने अर्को पार्टी बनाउनुहोस् केही फरक पर्दैन । तर, राजनीतिक आन्दोलन र राजनीतिक पार्टीमा तपाईंले कति हस्तक्षेप गर्नु हुन्छ भन्ने कुराले नै आगामी दिनको समाजवादी यात्रामा दलितको भविष्य कहाँ हुन्छ भन्ने कुरा निर्धारण गर्दछ ।
लेखक आहुतिले २१ मार्चमा वल्र्ड टे«ड सेन्टरमा आयोजित कार्यक्रममा व्यक्त गरेको विचारको सम्पादित अंश
- SOURCE:-dalitonline
No comments:
Post a Comment