हेटौंडामा आयोजित पन्चेबाजा प्रतियोगितामा भर्‍याङकाली प्रथम

हेटौंडा, फागुन २९ – हेटौंडामा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा जिल्ला पर्यटन विकास समितिले पन्चेबाजा प्रतियोगिता आयोजना गरेको इमेज खवर मा समाचार छ  ।



प्रतियोगितामा मकवानपुरका विभिन्न पन्चेबाजा समूह सहभागी भएका थिए ।प्रतियोगितामा भर्‍याङकाली नौमती पन्चेबाजा समूह प्रथम, मनकामना नौमती पन्चेबाजा समूह द्वितीय र हाडीखोला नौमती पन्चेबाजा समूहतृतीय भए भने कालीबने नौमती पन्चेबाजा समूहलाई सान्त्वना पुरस्कार प्रदान गरियो ।



प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, द्वितीयलाई ३० हजार, तृतीयलाई २० हजार र १० हजार रुपैयाँको सान्त्वना पुरस्कार प्रदान गरिएको थियो ।

No comments:

Post a Comment