मकवानपुरको मनहरी गाबिस ब्यबहारिक रुपमै जातीय छुवाछूतमुक्त गाबिस हुने

युक्तलाल बिस्वकर्मा -मकवानपुर, विभेद बिरुद्ध अभियान- ८ चैत्र २०७२ । 
मकवानपुर जिल्लाको पश्चिमी भेगमा अबस्थित मनहरी गाबिस ब्यबहारिक रुपमै अब जातीय छुवाछूतमुक्त गाबिस हुने भएको छ । आज मनहरी बजारमा स्ट्रोम फाउन्डेसन सामुदायिक बिकास केन्द्र नेपालको सम्बाद किशोर किशोरी र एनिमेट सन्जाल मनहरीको सहकार्यमाब्यबहारिक रुपमा छुवाछूत मुक्त गाबिस घोषणा अभियान मुल समितिको आयोजनामा संचालित शुभारम्भ कार्यक्रममा सो कुराको जानकारी गराइएको हो ।
 दलित समुदायको मौलिक पन्चे बाजा सहित हजारौंको संख्यामा रहेका मनहरीबासीहरुले बजार परिक्रमा गरि कार्यक्रम सभामा परिणत भएको थियो । मकवानपुर जिल्ला क्षेत्र नम्बर ४ का माननीय साम्सद राजाराम स्याङतानले एक भब्य समारोहका बिच रिबन काटी अभियानको शुभारम्भ गर्नु भएको हो । प्रमुख अतिथि स्याङतानले जातीय छुवाछूतलाई बिद्यमान कानुनले अन्त्य गरेको भएता पनि यस्को व्यबहारीक कार्यान्वयनमा समस्या भएकोले यस किसिमको कार्यक्रमले महत्त्वपूर्ण सहयोग पुर्याउने कुरा बताउदै मनहरी ब्यबहारिक रुपले छुवाछूतमुक्त हुनु भनेको देशका अन्य गाबिसका लागि अनुकरणीय हुने कुरा  बताउदै आयोजकलाई धन्यवाद दिनुभयो ।
 कार्यक्रममा स्थानीय बिकास अधिकारी लक्षमण बिक्रम थापा एकीकृत नेकपा माओबादीका ओम घलान नेपाली काङ्ग्रेस जिल्ला सचिब बुद्ध लामा नेकपा एमाले मकवानपुरकि अध्यक्ष मुनु सिग्देल नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सदस्य युक्तलाल बिश्वकर्मा नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य जंग बहादुर बिश्वकर्मा दलित बर्ग उत्थान जिल्ला समन्वय समितिका पुर्ब उपाध्यक्ष लिलाराज सुनार नेपाल दलित संघका जिल्ला अध्यक्ष मिलन परियार लगायतले अभियान सफलता शुभकामना व्यक्त गर्नुभएको थियो ।अभियानका सन्चार सयोजक पत्रकार शिबकुमार कासीले कार्यक्रमको बिषयमा प्रकाशपार्दै आगन्तुक सहभागी सबैलाई स्वागत गर्नुभएको थियो ।गाबिस सचिब मीनराज कोइरालाको अध्यक्षता संचालित  कार्यक्रम एनिमेटर एबम दलित अभियन्ता कमल कुमार बिश्वकर्माले संचालन गर्नुभएको थियो । अभियान १०० दिनको हुनेछ ।उक्त अबधिभर मनहरी गाबिस प्रत्यक वडा टोलमा गई चेतनामूलक कार्यक्रम गरि छुवाछूतलाई ब्यबहारिक रुपमा अन्त्यका लागि परिणाममुखी बनाईने छ र मनहरीलाई ब्यबहारिक रुपामा जातीय छुवाछूतमुक्त गाबिसको घोषणा ज्येष्ठ २१ गते सार्बजनिक कार्यक्रमकाबिच गरिनेछ ।उक्त कुराको जानकारी कार्यक्रममा गराइएको थियो । कार्यक्रममा उत्साहजनक सहभागीता रहेको थियो ।

No comments:

Post a Comment