२१ मार्चमा दलित एकता संञ्जालले जातिय विभेद विरुद्धको दिवस मनाउदै

लक्ष्मी सुनार - चैत,३  पोखरा ,  विभेद बिरुद्ध अभियान । दलित एकता सञ्जाल कास्कीले २१ मार्च अर्थात ५१ औं जातिय विभेद विरुद्धको दिवस भव्यताका साथ मनाउने भएको छ । सञ्जालले नेपालमा जातिय विभेद गर्न नपाउने कानुन बनाएपनि त्यो व्यवहारमा लागु हुन नसकेको भन्दै पटक पटक दलितहरु हिँसामा परेकोले त्यसको विरुद्धमा उठ्न सम्पूर्ण सचेत नागरिकलाई अनुरोध गरेको छ ।
दक्षिण अफ्रिकामा सन् १९५९ मा साप भिल्ले शहरमा गोराजातिको रङग विभेदका विरुद्ध आन्दोलनमा उत्रिएका ६९ जना कालाजातिको हत्या गरिएको सम्झनामा हरेक बर्ष मार्च २१ मा यो दिवस मनाउने गरिएको छ । नेपालले पनि सन् १९७१ मा महासन्धीको अनुमोदन गरिसकेको छ ।
आगामी मार्च २१ अर्थात चैत ८ गते अन्तराष्ट्रिय जातिय विभेद विरुद्धको दिवसका दिन सञ्जालले विहान ११ बजे विभिन्न झाँकी सहितको ¥याली पोखरा सभागृहचोकबाट सुरु भई न्युरोड हुदै चिप्लेढुङगाको मानवअधिकार चोकमा पुगेर कोण सभामा गर्नेे कार्यक्रम रहेको कार्यक्रम संयोजक एवं दलित एकता सञ्जाल कास्कीका संयोजक रमेश विकले जानकारी दिनु भयो । कार्यक्रम सफल बनाउन आज सञ्जाल कास्कीका संयोजक विकको अध्यक्षतामा बसेको बैठकले विभिन्न उपसमिति समेत गठन गरेको छ ।
जसमध्ये प्रचारप्रसार उपसमिति संयोजकमा कमला गहतराज, मञ्च व्यवस्थापन उपसमिति संयोजकमा सरोज विक,आर्थीक उपसमिति संयोजकमा मोहन घताने,सांस्कृतिक उपसमिति संयोजकमा नारायण सुनार,अतिथि सत्कार उपसमिति संयोजकमा लक्ष्मी सुनार, स्वयम्सेवक उपसमिति संयोजकमा राम विकलाई चयन गरेको छ । सञ्जालले कार्यक्रममा उपस्थित हुन कास्कीमा क्रियाशिल सम्पूर्ण दलित संघसंस्था,पत्रकार, मानवअधिकारकर्मी लगायत सवैमा अपिल समेत गरेको छ ।

No comments:

Post a Comment