कास्कीमा रहेका दलितहरु दलित एकता सञ्जाल नेपालमा संगठित


पोखरा, २६ फागुन , विभेद बिरुद्ध अभियानकास्कीमा रहेका दलितहरु दलित एकता सञ्जाल, नेपालमा संगठित भएका छन् । सञ्जालको पहलमा बुधबार पोखरामा सम्पन्न भेलाले रमेश विश्वकर्माको संयोजकत्वमा ३७  सदस्यीय तदर्थ समिति गठन गरेको जानकारी कमला गहतराज ले दिनु भएको छ  ।

तदर्थ समिती कास्की जिल्ला समितिको सदस्यहरुमा समयोजक रमेश बिक , सदस्यहरुमा कमला गहतराज, दीपक परियार, सर्मिला नेपाली , भोज ब गायक , चक्र प्रसाद बिक, भिम ब सुनार, राम ब सुनार, सरोज बिक(क), दीपक नेपाली ,आर्य बिक, अर्जुन सुनार, मनोज बिक, सपना बिक, मोहन घताने, नारायण सुनार, जीवन खाती, शुशिला बिक, शोभा परियार , सम्झना परियार , उमेश परियार ,सुमित्रा परियार,मनोज वि.क., चेत ब.नेपाली,दिपक श्रीपाली, दिपक श्रीपाली, शान्ति बि.क.,लक्ष्मी सुनार,जमुना सुनार,रश्मि परियार ,समिक्षा बि.क.अनिता बि.क.,सुनिता परियार ,अनिता सुनार, विशाल नेपाली , सागर सुनार, करुणा सुनार,सराेज बि. क.रहेका छन् । 

त्यस्तै गरि दलित एकता संजाल महिला ससक्तिकरण अभियान जिल्ला समिति कास्कीकाे गठन संयोजक - कमला गहतराज, सह-संयोजक - समिक्षा बि.क., सदस्य - शान्ति सुनार,रश्मि परियार ,सुशीला बि.क.शाेभा परियार , सुमित्रा परियार,लक्ष्मी सुनार,शर्मिला नेपाली , सुनिता परियार, करुणा सुनार,अनिता बि.क.,अनिता सुनार सदस्यीय रहेका छन् । 

आजको कार्यक्रम भेलामा गठन भएको तदर्थ समितिले यहि मार्च २१ (चैत ८) अर्थात अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसका दिन दशौ हजार दलित समुदायका प्रतिनिधत्व सहित दलित एकता सञ्जाल, कास्की जिल्ला बृहत भेला गर्ने जानकारी दिएको छ । उक्त भेलाले सञ्जालको जिल्ला नेतृत्व चयन गर्ने बताइएको छ ।

बुधबार पृथ्वीनारायण क्याम्पसको हलमा आयोजित प्रशिक्षण तथा तदर्थ समिति गठन कार्यक्रममा सञ्जालका आईसीसी सदस्य दधिराम परियारको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै परियारले शिक्षा, स्वास्थ्य, आर्थिक सहयोग र समाजसेवाको माध्यमबाट दलितको उत्थान गर्नु सञ्जालको उद्देश्य रहेको बताए । उनले सञ्जालकै अगुवाईमा नवलपरासीको मध्यविन्दुमा अनाथ दलित बालबालिकाहरुका लागि छात्रावाससहितको विद्यालय निर्माणको तयारी भइरहेको जानकारी दिए । 

दलित युवा सञ्जालका महासचिव भीमबहादुर विक ‘क्षितिज’ ले नयाँ संविधानबाट दलित समुदायले प्राप्त गरेको उपलब्धीहरुको उपयोगको आन्दोलन गर्नुपर्ने बताए । नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका ४ नम्बर प्रदेश संयोजक समेत रहेका क्षितिजले दलितहरुमाथि भएको उत्पीडनको क्षतिपूर्ति स्वरुप अझै २० वर्ष अहिले पाइरहेको भन्दा १० प्रतिशत थप अधिकार दिइनुपर्ने धारणा राखे । 
कार्यक्रममा नेपाल उत्पीडित जातीय मुक्ति समाजका गण्डकी अञ्चल कमिटी सदस्य चिनबहादुर विक, दलित शक्ति नेपालका ४ नं प्रदेश संयोजक शम्भु खाती परियार, नयाँ शक्ति अभियानका रिम बस्याल, मिजार समाज नेपालका अध्यक्ष होम नेपाली, क्रान्तिकारी पत्रकार संघ, कास्कीका संयोजक दीपक परियार, जातीय समता समाजका अध्यक्ष होम विश्वकर्मा, दलित एकता युवा क्लव, ढिकुरपोखरीका अध्यक्ष सुरज विश्वकर्मा, संचारकर्मी लक्ष्मी सुनार, सञ्जालकी लमजुङ कोषाध्यक्ष माया रामदाम, शिक्षक दीपक दर्जी, महिला सशक्तिकरण समाज, तनहुँकी सह–संयोजक दुर्गा गोतामे नेपाली, अधिकारकर्मी कमला गहतराज  लगायतले बोलेको खबर बलेनी मासिकले सामाजिक संजालमा उदृत गर्दै लेखेको छ । 

No comments:

Post a Comment