पाठ्यक्रममा विभेद भएपछि समाज कहाँबाट परिवर्तन हुन्छ ?- रबिना बोहरा

 चैत १२ -विभेद बिरुद्ध अभियान,  दलित समुदाय भन्दा वित्तिकै नेपाली समुदायको दृष्टिकोण फरक हुन्छ । परिवर्तनशील सोचका साथ अगाडी बढिरहेको विकाशशिल समुदायमा अझै पनि छुवाछुत हट्न सकेको छैन । भेदभाव तथा छुवाछुतका कतिपय घटनाहरु हामी विभिन्न सञ्चार माध्यमहरुबाट अझै पनि सुन्न पाउछौँ । कतिपय अवस्थामा हामीहरु प्रति नै यस्तो व्यवहार गरिएको छ भने हामीहरुले नै छुवाछुत गरिरहेका छौँ ।
आखिर यो समाजमा कस्ले बनायो यो कुरिति ? अझै कहिले सम्म चल्ने हो छुवाछुत ? किन दलित समुदायले आनन्दको अनुभुती गर्न सक्दैनन् ? के यो सधैँका लागी हटेर जान सक्दैन ? यसको जवाफ कसै संग छैन । साँस्कृतिक हिसाबले समेत हेपिएका, दविएका र दवाइएका वास्तविक सर्वहारा, श्रमजीवि वर्ग पनि यिनै समुदाय हुन् । अर्थात हरेक हिसाबले र विविध कारणले पछाडी परेका र पारिएका शोषित उत्पीडित समुदाय हुन् दलित समुदाय ।
एक जातिको अर्कोजातिसँग समाजिक समानता छैन । धर्महरु बीचको समाजिक समानताको कुरै भएन् । यसरी समाजमा अझै पनि प्र्र्रत्यक्ष वा अप्र्र्रत्यक्ष रुपमा पानी चल्ने र नचल्ने चलअचल, उचनिच र ठूलो सानो बीचको जातिय र धार्मिक मेल छैन । यो कस्तो र कस्को संस्कार एवं संस्कृति हो ? यो गम्भीर र बुझनै पर्ने सवाल हो । यस्ता खाले विषय यतिवेला समाजिक चूनौतिको विषय वन्न गएको छ । यसलाई नतोडी वस्तुवादी नयाँ वैज्ञानिक समाजको कल्पना गर्न सकिदैन् । जातिय पेशा, सरसफाई र दलित भित्रको जातीय विभेद देखाएर वाहियात तर्क गुर्न र दलितमाथि जातिय विभेद लादीराख्नु पाखण्डिपना हो ।
बागलुङ स्थित एक विद्यालयमा अध्ययन गर्दै आएकी १० बर्षिय एन्जल सुनार ३ कक्षाको परिक्षा दिन विद्यालय गईन् । सामाजिक बिषयको परिक्षा दिन सुरु गर्दा उनले देखिन् कि पहिलो प्रश्नमा लेखिएको थियो ‘दलितहरुलाई अरु मानिसहरुले छुन हुदैँन भन्ने व्यवहार गर्छन्।’ यस्तै अर्को प्रश्न थियो ‘तिमि कुन समुदायबाट हौँ’ ? के ३ कक्षामा पढ्दै आएका बालबालिकालाई यस्तो प्रश्न गर्नु उचित हुन्छ ? बालबालिकाको मानसिकमा कस्तो असर पर्छ भन्ने बिषय अध्यापन गराउने शिक्षकहरुले पनि सोच्नु आवश्यक छ । तिमी कुन समुदायको हौँ भन्ने प्रश्नमा उनले जान्दा जान्दा पनि साथीहरुले नराम्रो व्यवहार गर्छ भन्ने कलिलो सोचले क्षेत्री लेखेको बताइन् । यति सानो उमेरमा पनि समाजले किन पाठ्यक्रमबाटै भेदभाव छुट्याइदियो ? मेघा प्रकाशनद्धारा लेखिएको कक्षा ३ को पाठ्यक्रममा नै नछुने, सानो जात भनेर लेख्दा समाजमा छुवाछुत कहाँबाट निर्मुल हुन्छ ?
यसै सन्दर्भमा उत्पिडित दलित समुदायको सञ्जाल बागलुङले मेघा पुस्तक प्रकाशन विरुद्ध पत्रकार सम्मेलनको आयोजना गरी घोर भर्सना गरेको छ । उनिहरुले पाठ्यक्रम फेर्नुपर्ने माग राख्दै जिल्ला शिक्षा कार्यालय, जिल्ला प्रशासन कार्यालय र राष्ट्रिय दलित आयोगमा उजुरी गर्ने बताएका छन्
अझैपनि राज्य र राजनीतिक दल यथास्थितिवादी सोच चिन्तन र प्रवृतिबाट माथी उठन सकेन भने समाजलाई असभ्यताबाट मुक्त गर्न सकिदैन । वरु विभेदका रुपहरु फेरिदै दोहोरिने खतरा रहिरहन्छ । यसमा राज्य, राजनीतिक दल र वौद्धिक वर्ग आजैदेखि लागीपरे तमामखाले समाजका विभेदजन्य विकृति र विसंगतिलाई अन्त्य गर्न सकिन्छ र त्यसका विरुद्ध नयाँ र सुन्दर समाजको कल्पना गर्न सकिन्छ ।

No comments:

Post a Comment