आज दलित संजालको पूर्वाञ्चल भेला सुनसरीको ईटहरीमा हुँदै


नारायण रपाल विश्वकर्मा (बहराईन),  विभेद बिरुद्ध अभियान , फागुण २९ । “दलित एकता आजको आवश्यकता छुवाछुत मुक्त समाज निर्माणको लागि सम्पूर्ण नेपालीहरुको सहभागिता” भन्ने मूल नाराका साथ प्रवाशबाट स्थापित दलित एकता संजाल नेपाल ले भोली पूर्व सुनसरी को ईटहरी मा पूर्वाञ्चल भेला आयोजना गर्ने भएको छ । 

संस्थापक मध्यका एक समेत रहेका दलित एकता संजाल नेपाल अन्तरराष्ट्रिय समन्वय समिती का महासचिब निर बहादुर सुनार को प्रमुख आतिथ्य मा आज मिती मार्च १२ , २०१६ का दिन ईटहरी महानगरपालिका को सभाहल मा हुने ऎतिहासिक पुर्बान्चाल स्तरीय प्रतिनिधि भेला तथा प्रशिक्षण कार्यक्रम को सम्पूर्ण तयारी पुरा भएको आयोजक पुर्वान्चल प्रबास समन्वय समीती का संयोजक समेत रहेका आईसिसी अभियन्ता रमेश लामगादे ले जानकारी दिएका छन ।
संसार भरी छरिएर रहेका दलित समुदाय का नेपाली हरु लाई एकताबद्द पार्दै जातिय भेदभाब का बिरुद्ध समाजीक जनचेतना फैलाउदै दलित उत्थान, हकअधिकार र बिकास का लागि प्रवास बाट २०७० श्रावण ७ गतेबाट (२२ जुलाई २०१३) स्थापित भएको दलित एकता संजाल नेपाल मा संसार भरी बाटै दलित समुदाय हरु एकताबद्ध हुँदै प्रवास का बिभिन्न देस हरु का साथ नेपालका बिभिन्न जिल्ला र गाबिसमा दलित एकता संजाल गठन भईसकेको छ । 
सोही क्रम मा पूर्व का जिल्ला, गाँउ हरुमा संजाल बिस्तार गरेर जातिय बिभेद को अन्त्य गर्दै समाज मा छुवाछुत मुक्त गर्ने महान उदेस्य पूर्वाञ्चल भेला को मुख्य उदेस्य रहेको संजाल को महिला शसक्तिकरण अभियान कि संयोजक समेत रहेकी आईसिस अभियन्ता दुर्गा नेपाली ले जानकारी दिएकी छन । 
नेपाल को पूर्वाञ्चल बाट प्रदेसिएका संजाल आ आबद्ध अभियन्ता हरुको बिशेष पहल मा सम्पन्न हुन गईरहेको यस भेला संजाल को लागि कोसेढुँगा साबित हुने दलित एकता संजाल नेपाल आईसिसी का संयोजक खडक गैरे (सार्की) ले आसावादी रहेको विश्वाश ब्यक्त गरेका छन ।
भेला लाई संजाल आईसीसी का महासचिव नीर बहादुर सुनार, कोषाध्यक्ष बिष्णु सागर धमला, महिला सशक्तीकरण कि संयोजक दुर्गा नेपाली, कार्यक्रम संयोजक तथा आईसीसी अभियन्ता रमेश लामगादे, आईसिसी अभियन्ता हरु परेक बिस्वकर्मा, सीता बिस्वकर्मा लगायत ले सम्बोधन गर्नु हुने जानकारी दिदै पुर्वान्चल प्रबास समन्वय समीती अर्का सदस्य तथा संजाल साउदी अरब का अध्यक्ष समेत रहनु भएका आईसिसी अभियन्ता माधव सिवा ले संजाल लाई माया गर्ने सम्पूर्ण अभियन्ता हरु, दलित अधिकार कर्मी, बुद्धिजिबी, ब्यवसायी, राजनीतिज्ञ, पत्रकार लगायत पायक पर्ने सबैलाई ऎतिहासिक पुर्बान्चाल स्तरीय प्रतिनिधि भेला तथा प्रशिक्षण कार्यक्रम मा उपस्थित भई कार्यक्रम लाई सब्य र भब्यता का साथ सफल बनाई दलित एकता मा सहभागी बन्न मिडिया मार्फत अनुरोध गरेका छन ।

No comments:

Post a Comment