दलित एकता संजाल कुवेतको दोस्रो बार्षिक उत्सव तथा तेस्रो साधारण सभा सम्पन्न

कुबेत , चैत्र १३, विभेद बिरुद्ध अभियान  – मार्च २५ तारिख शुक्रबारका दिन कुबेतको मुर्गफ स्थित गुलसन होटलमा दलित एकता संजाल कुवेतको दोस्रो बार्षिक उत्सव तथा तेस्रो साधारण सभा सम्पन्न भएको छ । दलित एकता संजाल आइसिसि सद्स्य एव समाजसेवी माया बिकको प्रमुख आतिथ्य तथा जनसम्पर्क समिति कुबेतका कार्यबाहक अध्यक्ष बिष्णु परियार, सहित कृष्ण बिक , अनिल रसाइली एव शिव बिस्वकर्मा विशेष अतिथि रहेको यस बार्षिक उत्सव कार्यक्रमको सभापतित्व दलित एकता संजाल कुवेतका वर्तमान अध्यक्ष आश बहादुर नेपालीले गरेका थिए । संजालका महासचिब जीवन सुनारले संचालन गरेको यस कार्यक्रममा दलित एकता संजाल नेपाल आइसिसि सयोजक तथा सस्थापक अध्यक्ष अन्त राष्ट्रिय समन्वय समितिका खडक गैरे सार्कीले पठाएको कार्यक्रम सफलताको सुभकमाना पढेर सुनाइएको थियो । त्यस्तै गरि कार्यक्रम सफताको लागि सस्थापक तथा आइसिसि सल्लाहाकार नारायण रपाल बिस्वकर्मा ,दलित एकता संजाल कतारका दितिय उपाध्यक्ष एव आइसिसि सदस्य प्रकाश घिमिरे ,दलित एकता संजाल बहराइन राष्ट्रिय समन्वय समितिका अध्य्क्ष पदम बिस्वकर्मा, दलित एकता संजाल मलेशिया एव आइसिसि सदस्य जनक महरा , दलित एकता संजाल युएइका बोनोद कुमार गोतामे , दलित एकता संजाल एनसिसि साउदीका माधव शिवा र सचिव खिर बहादुर परियारको सुभकामाना पढेर सुनाइएको उक्त कार्यक्रममा प्रमुख आतिथी , विशेष अतिथिहरु एव सभापतिको सामूहिक दिपजलन गरेर कार्यक्रम सुरु गरेका थिए।
2016-03-25 (1)कार्यक्रमको सुरुवात संगै प्रदिप नेपालीले स्वागत मन्तब्य राखेका थिए भने संजालका महासचिब जीवन सुनारले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।कार्यक्रममा संजालका सदस्य राजन बाबु परियारले संजालको बारेमा थप स्पस्ट पारेका थिए भने अध्यक्ष आस बा.नेपालीले दुई बर्षमा संजालले गरेका गतिविधिहरु,समस्या र चुनौतीहरु सहित बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए । दुई बर्षको एक कार्यकाल अवधी भित्र दलित एकता संजाल कुवेतका तर्फ बाट नेपालमा अनिस खालिङलाई मृत्यु दण्डबाट बचाउ अभियान ,साउदीमा मृत्यु दण्ड पाएकी शोभा परियारको परिवार लाइ राहत देखि मृगौला पिडित निम बहादुर सुनार सहित अन्य धेरै मानवीय सहयोग र बाढी पहिरो भूकम्प जस्ता दैविक प्रकोपमा गरि ने.रु ४६३१३२/- सहयोग रकम जम्मा पठाएको बताउदै अध्यक्ष नेपालीले उक्त रकम संजाल कुवेतका कार्यसमितिका पदाधिकारीहरुको अगुवाइमा प्रत्यक्ष सहयोग गरेको समेत जानकारी दिए ।कार्यक्रममा अध्यक्ष नेपालीले बोल्दै कुवैतका संघ संस्थाहरुसंग हातेमालो गर्दै हरेक क्रियाकलापहरुमा साथ दिदै एक्यबधता जनाउदै लगभग २००/-दिनार तदनुसा2016-03-25 (10)र नेपाली ७०/७२ हजार रुपैया समेत सहयोग गरेको जानकारी दिदै अब संजाल लाइ दलित समुदायको अपनत्व र स्वामित्वका लागि सार्थक, सबल एव प्रभावकारी बनाउन नयाँ शिराबाट आफुहरु लागि पर्ने समेत बताए ।
कार्यक्रमको दोस्रो चरणमा दोस्रो बार्षिक उत्सव तथा तेस्रो साधारण सभाले आश बहादुर नेपालीलाई एकता संजाल कुवेतको कार्यसमितिको पुन:अध्यक्षमा निर्विरोध चयन गरेको छ । सभाले संजाल कुवेत कार्यसमितिको उपाध्यक्षमा बिर बिक्रम सुनार , गम बहादुर सुनार , माया बिक र महासचिवमा जीवन सुनारलाई चयन गरेको छ भने सचिवमा राजन बाबु परियार कोषाध्यक्षमा कृष्ण सुनार सहकोषाध्यक्षमा दुर्गा बिक र युवा सयोजकमा पूर्ण सिंह सिके चयन भएका छन् । शिवा बिस्वकर्मा सस्थापक तथा संरक्षक रहेको दलित एकता संजाल कुवेतको बरिस्ठ सलाहाकारमा बिष्णु परियार र हितकाजी चन्दर रहेका छन् भने सलाहाकारमा कृष्ण बिक , रमेश नेपाली , सन्तोष सुनार, दम प्रकाश बस्याल , गोपाल सिवा , सोम रसाइली , भुमा रसाइली एव अनिल रसाइली रहेका छन । ११ सदस्यहरुमध्ये ५ सदस्य पछि थप्ने गरि तत्काल गुप्त गैरे , धन बहादुर बस्याल , ओंम सुनार, रामु गोतामे , सरस्वती बिक र सुक लाइ दलित एकता संजाल कुवेतको कार्यसमिति सदस्यमा समेत चयन गरिएको छ ।त्यस्तै गरि संजाल कुबेत पत्रकार विभागमा प्रदिप नेपाली , रमण नेपाली -संजाल कुबेत सम्पर्क सयोजकमा छविराम सुनार ,संजाल महिला शाशक्तिकरणको सयोजकमा सरस्वती बराल, उपसयोजकमा लक्ष्मी परियार – संजाल कुबेत सास्कृतिक परिवार प्रमुखमा कृष्ण बिक , इपप्रमुखमा गुप्ता गैरे एव सदश्यमा सुक्मति बिक चयन गरिएको छ ।2016-03-25 (2)2016-03-25 (3)
संजाल कुबेतमा रहेर उल्लेख्य भूमिका खेल्ने भुमा रसाइली , दुर्गा बिक , प्रदिप नेपाली , माया बिक , दम प्रकाश बस्याल , सरस्वती बिक , रमेश नेपाली र लक्ष्मी परियार लाइ सम्मान पत्र र खादा ओडाएर सम्मान गरिएको यस कार्यक्रममा सोम रसाइली , रमेश नेपाली , छविराम सुनार , दुर्गा बहादुर परियार , गोपाल शिवा र बिर बिक्रम सुनार सहित संजालका बिभिन्न व्यक्तिले नवनिर्वाचित समितिलाई शुभकामना दिदै आफ्नो भनाइहरु राखेका थिए भने कार्यक्रममा मनोरन्जनात्मक गित-संगितले रौनकता थपेको थियो।
नवनिर्वाचित समितिलाई शुभकामना दिदै प्रमुख अतिथि माया बिकले दलित समुदायको सामाजिक न्याय, सम्मानित जीवन र उज्ज्वल भविष्यका लागि सवै क्षेत्रमा दलित समुदायको2016-03-25 (5) सशक्तीकरण, प्रतिनिधित्व र सहभागिताको लागि आफुहरु पनि जाग्नु पर्ने लाग्नु पर्ने बिचार व्यक्त गरेकि थिइन । साथै बरिस्ठ सलाहाकार समेत रहेका विशेष अतिथि बिष्णु परियारले विश्वभरी छरिएर रहेका दलित समुदायहरुलाइ एक्यबद्ध गरि जातिय विभेद र छुवाछूत उन्मुलन एवं दलित समुदायको बिकास सहित समता मुलक समाज निर्माण गर्न अब ढिला नगरी लाग्नु पर्ने बताएका थिए ।

No comments:

Post a Comment