न्यायाधिशको श्रीमतीको कट्टु नधोएको आरोपमा दलित कर्मचारीमाथि कार्वाही

तमिलनाडु, फागुन २१, विभेद विरुद्ध अभियान   । तमिलनाडुको एउटा तल्लो तहको अदालतले कपडा न्यायाधिशको श्रीमतीका भित्री लुगा नधोएको आरोपमा अदालती नोट जारी गरेको छ । यो विषयमा न्यायिक कर्मचारी संघले हाइकोर्टमा अपील गर्ने बताएको छ ।
एक फेबु्रअरीका दिन दलित महिला कर्मचारीलाई जारी गरिएको नोटमा सत्यमंगलम कोर्टका सब अर्डिनेट जज डी सिल्भमले हस्ताक्षर गरेका छन् । अदालती नोटमा भनिएको छ– तपाईले जजको घरमा धुनका लागि राखिएको अन्तर्वस्त्र किन धुनु भएन ? तपाईले तिनलाई किन टाढा फ्याँक्नुभयो ? तपाईसँग यो बारेमा कुरा गर्दा तपाईले जज र तिनकी श्रीमतीसँग किन रुखो कुरा गर्नुभयो ? यो सबै आरोपमा तपाईलाई किन अनुशासनात्मक कार्वाही किन नगर्ने बारेमा सात दिनभित्र जवाफ दिनुहोला ।”
यो नोट पाएपछि दलित महिलाले जवाफ दिँदै भनेकी छिन्– म अबदेखि आफ्नो कामलाई लिएर सतर्क हुनेछु र आफ्नो काम राम्रो किसिमले गर्नेछु । ममाथि अनशासनात्मक कार्वाही नगर्न हुन प्रार्थना गर्दछु ।”
यस विषयमा तमलिनाडु न्यायिक कर्मचारी संघका महासचिव सेन्थील कुमालल मद्रास हाइकोर्टको रजिस्टार जनरलसामु अपील गर्ने बताए । मेमो जारी गर्ने जज टी सिल्भमले भने फाइल देखेपछि मात्रै भन्न सकिने भन्दै प्रतिक्रिया दिन मानेनन् ।
बसन्ती नाम गरेकी ती दलित महिलाका श्रीमान दीर्घ बिरामी भएका कारण उनले नै जजका घरमा गत मईदेखि काम गर्दै आएकी छिन् । उनी राती ७ बजेसम्म काम गर्छिन् । एक फेबु्रअरीका दिन जज की श्रीमती बसन्तीसँग अन्तर्वस्त्र धुनका लागि भनेपछि बसन्तीले मानिन् । त्यही दिन दिउँसो उनलाई अदालतबाट नोटिस पाइयो । 

No comments:

Post a Comment