चैत्र १६ , विभेद बिरुद्ध अभियान - जातीय छुवाछुत प्रथा सामाजिक कुरीति र अन्धविश्वासको परिचायक हो | सदियौ देखिको जातीय अपमान र पीडाको पीडाबोध हो | जसले मानवीय जीवनको आत्म स्वाभिमान माथि गम्भीर रुपले ठेस पुरयाउने काम गरेको छ | जातका आधारमा कोही छुत हुने कोही अछुत हुने | धर्म र संस्कारको पगरी गुथेर आफुलाई उच्च स्थानमा पदासिन गराउने अहंकारबादी सोच र चिन्तनले मानिस मानिस बिच विभेदको पर्खाल चुलिदै गयो | सानो र ठूलोको विभेद कथित जातीय छुवाछुत प्रथामा अत्यन्तै नीर्घिनी बन्दै गयो | जसका कारण मानब जाति र उसले सिर्जना गरेको सभ्यतालाई समेत दुस्प्रभाब र प्रदुषित पार्ने काम भएको छ | कला कौशल र सिर्जनाका धनि जसको श्रम र सिर्जनाले सामाजिक जीबनपध्दति एबम संरचना क्रियाशील ,परिष्कृत र जिबन्त छ | समाज शुसोभित र चलायमान छ | अझ भन्ने हो भने सामाजिक इज्जत र प्रतिष्ठा निरन्तर संचालित छ | तर समाजका निर्माता, भरणपोषणकर्ता र सृष्टि विधाताहरु क्रुर अमानवीय जातीय कुप्रथाको सिकार बन्न बाध्य छन् | प्रत्यक्ष वा अप्रत्यक्ष जानिदो वा नजानिदो ढंगवाट कुनै न कुनै रुपमा उत्पीडित दलित समुदायमाथि गरिने सम्पूर्ण खाले विभेदको अन्त्यको निम्ति जागरण र जागृतिका स्वरहरु घन्काई छुवाछुतको समुल अन्त्य गर्न गीत र संगीतको महत्वपूर्ण भूमिका रहेको हुन्छ |
दलित समुदायहरु स्वयमनै कला र सिर्जनाका खानी हुन् | संगीतका पारखी हुन् | सामाजिक रीतिथिति र संस्कृतिका हरेक बिधिबिधानमा उनीहरुको प्रत्यक्ष संलग्नता रहेको छ | जन्म देखि मृत्यु सम्मका मानवीय जीवनका हरेक आबश्यकताहरु दलित समुदायको सिप र कलासंग जोडिएका छन् | समाज संचालनको महत्वपूर्ण हिस्सा ओगटेका दलित समुदाय माथि जातीय छुवाछुत जस्तो अमानवीय क्रियाकलाप हुनु अत्यन्तै लाजमर्दो र घृणित कार्य हो | जातीय छुवाछ्त प्रथा समाजमा रहेसम्म समाजको उन्नति र प्रगति सम्भव छैन | देशलाई प्रगति र समृध्दीको दिशातर्फ अग्रसर गराउनु पर्ने बर्तमान सन्दर्भमा हामी बिचको बैरभाव र कटुताले हामी कति पछाडी धकेलिएका छौ भन्ने कुरा हामीले हाम्रो इतिहास र बिकसित राष्ट्रहरुको विकासक्रमको एतिहासिक पृष्ठभूमिको अध्यनबाट सहजै बुझ्न सक्छौ | अत हामी बिचको एकता र सद्भावले मात्र बिकासको अग्रतालाई प्राप्त गर्न सक्छौ |
जातीय छुवाछुतको अन्त्य गरि समतामुलक समाज निर्माणगर्ने उध्देश्यका साथ संगीतको माध्यमबाट चेतनाको अभिबृध्दी गर्ने उध्देश्यले संदेशमुलक गीतहरुको संगालो दलित आवाज दलितहरुको एकताको आवाज हो | यसलाई केहि बर्षबाट सार्वजनिक गरिएको थियो तर अपेक्षाकृत ढंगबाट यसको प्रचार प्रसार हुन सकेन | ढिलै भएपनि सबैमा संगीतको यो आवाज तरंगित भई जातीय छ्वाछुतका विरुध्दमा एकताबध्द हुन उत्प्रेरणा जागोस भन्ने अभिप्रायले गीतलाई सार्बजनिक गरिएको हो | यसले दलितहरुको समस्यालाई उजागर गर्ने र समाजको कुसंस्कारलाई जरैदेखि फ्याल्ने काम गरेको छ | चाहे गाउमा होस् चाहे शहरमा जहाँ सुकै हुने विभेद खासगरी जातीय छुवाछ्त अन्त्य गर्न गीतले संदेश प्रवाहित गरेको छ | यसै गीति एल्बमबाट देश बिदेशका घटनाहरु ...... यहाहरु समक्ष प्रस्तुत गरिएको छ | देश बिदेशका विभिन्न घटना र बिषयबस्तुका संदेशहरुलाई गाउका दुर दराजमा गई संदेश प्रवाह गर्ने काम गन्धर्व दाईहरु सामाजिक तिरस्कार भोग्न बाध्य छन् | उनीहरु सूचना र संचारका संवाहक हुन | सारंगी रेट्दै मधुर भाकामा गीत गाउँदा सबैका मन मुटु , खुसी र हर्षले चुम्छन अनि झुम्छन | खुसी र आनन्दको बर्षा हुन्छ | तर बिडम्बना कला र सिर्जनाका खानी उहांहरु माथी अपमान गरिन्छ र घृणा गरिन्छ | त्यसर्थ देश बिदेशका घटना सुनाउने उहाँहरुलाई जातीय छुवाछुत अन्त्यका लागि र अछुत भन्ने नामै मेटाउनका लागी आव्हान गरिएको छ | त्यसै गरि सरसफाइमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सफाई मजदुर माथी पनि ज्यादै अशोभनीय ढंगको ब्यबहार छ | यो व्यवहार पनि न्याय संगत छैन | त्यसर्थ हामी कल्पना गरौ सडकका गल्लि र चौकहरु सफा गर्न १ दिनमात्र ढिला गर्ने हो भने यहाँ कस्ता समस्याहरु देखा पर्छन होला ? त्यसर्थ उहाँहरु माथी जुन किसिमको अपमान छ यस्तो अपमान अब सहेर बस्ने होइन जुझारु एकताका साथ छुवाछुतको अन्त्य गर्न र अछुत भन्ने नामै मेटाउनका लागी एकजुट हुनुपर्ने संदेश पनि गीतले प्रदान गरेको छ
| यसैगरी गाउँघरका झुपडीमा आरन चलाई कृषिका महत्वपूर्ण सामग्रीका सिर्जनाकर्ता कामीदाई प्रति पनि यहाँ अपमान छ | उनीहरुले हसिया कुटो फाली लगायतका सामग्री नबनाउने हो भने कृषि ब्यबसायका साथै अन्य कार्यहरु संचालन हुन सक्दैन | त्यसैले उहाँहरुलाई पनि जातीय अपमानको विरुध्दमा एकजुट हुन् र अछुत भन्ने नामै मेटाउन गीतले अनुरोध गरेको छ | शुभ साइतको प्रतीकको रुपमा पन्चे बाजा बजाई साइतको शुभारम्भ गर्ने कलाका पारखी दमाई दाईहरु माथि पनि यस्तै खाले विभेद छ | अत राष्ट्रिय पोशाक दौरा सुरुवाल टोपी समेतका निर्माता समेतलाई पनि जातीय मुक्तिको अभियानमा लामबध्द हुन र अछुत भन्ने नामै मेटाउन जोडदार रुपमा आग्रह गरिएको छ | यहाँ जातीय छुवाछुत उल्लेखित जाती समुदायलाई मात्र होइन | सम्पूर्ण दलित समुदाय प्रति सामाजिक अपमान छ विभेद छ र तिरस्कार छ | सामाजिक रुपले हरेक क्षेत्रमा विभेदका घटनाहरु यथावत रुपले कायमै देखिन्छ | परिवर्तित समयमा शिक्षा र चेतनाका कारणले जातीय मुक्ति आन्दोलनमा सहभागिता बृध्दि पनि भएको छ | उत्पीडित दलित समुदायको आर्थिक सामाजिक शैक्षिक क्षेत्रमा केहि परिबर्तनका संकेतहरु पनि देखा पर्न थालेका छन | यो परिस्थितिमा जुन परिवर्तन हुनु पर्ने हो त्यो हुन सकेको छैन | राज्यले दलित समुदायको उत्थान र विकास गर्न जुन किसिमको तत्परता देखाउनु पर्ने हो त्यो खासै हुन सकेको छैन | राज्य व्यवस्था परिवर्तनको हरेक आन्दोलनमा उत्पीडित दलित समुदायको महत्वपूर्ण भूमिका रहेको छ तर व्यवस्था परिबर्तन संग संगै जुन किसिमको अपेक्षा हामीले गरेका हुन्छौ त्यो पूरा हुन सकेको छैन | बिभिन्न चरणमा भएका घोषणा र नियम कानुनहरु ब्यबहारिक रुपमा कार्यान्वयन हुन नसक्दा कागजी खोस्टाको रुपमा मात्र सिमित भएको छ | २०६२ / ०६३ को ऐतिहासिक जनक्रान्तिले राज्य व्यबस्था परिबर्तन भयो | राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना भई संबिधान सभाको दोस्रो निर्वाचनबाट नेपालको संबिधान २०७२ जारी भईसकेको छ | बहुप्रतिष्ठित संबिधानले नेपालका बिभिन्न जाति जनजाती पिछडा क्षेत्र सिमान्तकृत दलित महिला भूगोल सबैको अधिकारको प्रत्याभूत गरेको छ | अहिलेको संविधानले सबैको न्याय गरेको छ | दलित समुदायको सम्बन्धमा पनि राम्रो भएको विश्लेषण गरिन्छ | संबिधान राम्रो हुँदैमा त्यसको कार्यान्वयन पक्ष कमजोर भयो भने अधिकार सुनिश्चित हुन सक्दैन | हामीले बिगत बाट यही कुरा सिकेका छौ | त्यसैले अबको हाम्रो भूमिका पनि संबिधानलाई ब्यबहारिक कार्यान्वयनका लागि दवाब सिर्जना गर्ने र दलित अधिकारलाई सुनिश्चित गराउनु पर्दछ | यो देश हामी सबैको हो भन्ने महशुस सबैमा हुनु पर्यो | श्रमजीबी बर्गहरु परिश्रम गर्ने तर आफ्ना लागी नभईकन शोषक र सामन्तीका लागी भयो । जसका कारण धनि सधै धनि भईरहने गरिब सधै गरिब सधै गरिब भईरहने व्यवस्था कायम भईरह्यो | काम गर्ने कालु मकै खाने भालु भनेझैँ हुनु भएन | अब पालो काम गर्ने श्रमजीबीको हो | श्रमको उचित कदर गर्ने र श्रमलेनै देशलाई सिंगार्ने हो भने देश पनि साच्चै प्रगतितर्फ उन्मुख हुन्थ्यो | त्यसर्थ प्रगतिशील राज्यव्यवस्था कायम गर्नका लागी सबै खालका विभेदको अन्त्य हुनु पर्दछ | जातीय छुवाछुत त समुल रुपैमै अन्त्य हुनु पर्दछ | यसैका लागि यो सन्देशमुलक गीतको सिर्जना गरिएको हो | यस गीतले जागरण र जागृतिको लहर सिर्जना गर्न अबश्य मध्दत पुर्याउने छ | यस गीतलाई वृतचित्रको रुपमा चित्र संयोजन गर्नुहुने सुवास विश्वकर्मालाई धेरै धेरै धन्यवाद | साथै यो गीतको प्रचार प्रसारमा भूमिका निर्वाह गर्नुहुने आदरणीय पत्रकारहरु गोपाल सिवा, शान्तराम बिडारी, अग्नि चौलागाई प्रति पनि आभार व्यक्त गरिन्छ | यस गीतलाई आफ्ना शब्दद्वारा सिंगार्ने सावित्री बिश्वकर्मा मिठासपूर्ण स्वरकी धनि आभा मुकारुङ लगायत गीतलाई प्राबिधिक रुपले सहयोग गर्नुहुने सम्बध्द सबैमा साधुबाद | छुवाछुत प्रथाको समुल अन्त्य गरि समतामुलक समाज निर्माणमा यो गीत अबश्य पनि सफल हुनेछ र देश बिदेशका घटनाहरु सबै सुनाउनेलाई गाउँघरमा घुमी घुमी सारंगी रेट्नेलाई भन्दिनु है भन्दिनु सबै एक भई उठ्नलाई अछुत भन्ने नामै मेट्नलाई भन्ने गीतको बोललाई चरितार्थ बनाउन सक्छौ |
लेखक एबम प्रस्तुत गीतका संगीतकार युक्तलाल बिश्वकर्मा नेपाल उत्पीडित जातीय मुक्ति समाजको केन्द्रीय सदस्य हुनु हुन्छ
एक दशक अघि सिक्ने क्रममा सुरु भएको थियो मेरो ब्लग यात्रा ।एकोहोरो शैलीमा देश, समाज र व्यक्तिहरूबारे मन लाग्दो लेख्दै टास्दै आए ।सुरुवाती दिनमा त्यति साह्रो गम्भीरता र जिम्मेवारी बोध गरेर लेखिएन फेरी पनि बुद्धिले जति भ्यायो, जे मन लाग्यो उही लेख्दै आइयो । लेखाइमा उन्मुक्त र निर्धक्क उडियो । तर जब आफ्नै दाजुभाई दिदीबहिनी जातका कारण यत्रतत्र पिडित भएको देखे सुने पढे अनि त्यहि पीडाको, पिडितको लहरमा एकाकार भएर जाने बुझेको लेख्न थाले।
दलित समुदायको पिडा ,खुसि देखि आन्दोलन सँग मेरो अनौठो साइनो गाँसिएको छ, यो साइनोलाई म जिन्दगीभर बचाएर राख्न चाहन्छु। एक प्रकारले यो ब्लग मेरो र नेपाली दलित समुदायको साइनो नटुटोस भनेर मैले गरेको बिमा हो। दलित समुदायले भोग्नु परेका सामाजिक समस्या, उत्पीडन , ज्यादतीको बिरुद्दमा , विभेदको बिरुद्दमा आफुलाई मिसाउने सानो प्रयास हो ।दशक देखि मेरो ब्लगिङमा प्रत्यक्ष-परोक्ष साथ दिने अनि आलोचना र विरोधको स्वर उरालेर कुतकुत्याउने सबैलाई आभार !
गोपाल परियार शिवा
RECENTS-POSTS
1/random/post-list
NEWSLETTER
Get All The Latest Updates Delivered Straight Into Your Inbox For Free!
No comments:
Post a Comment