दलित एकता सञ्जाल नेपालको पूर्वाञ्चल स्तरीय भेला सम्पन्न


इटहरी,चैत्र १३  , विभेद बिरुद्ध अभियान  -मुलुकबाहिर ।मका लागि गएका दलितहरुले आफ्नो कमाईबाट केहि रकम आपत विपतच र दुःखमा परेका नेपालीहरुलाई छुट्याई दलित एकता सञ्जाल नेपालले सहयोगी भूमिका निर्वाह गर्दै आएको छ । 

समाजिक सञ्जाल फेसबुकमार्फत् उक्त संस्थाको गत दुई वर्ष अघि स्थापना भएको हो । सञ्जाल हालै समाज कल्याण परिषद् आवद्धता र काठमाण्डौं जिल्ला प्रशासन कार्यालयमा समेत दर्ता भएको छ । सञ्जालमा आवद्ध दलित युवाहरुले खाडी, यूरोप तथा विश्वका विभिन्न मुलुकमा सञ्जालको विस्तार गर्दै नेपालको पूर्व क्षेत्रमा समेत आइपुगेको छ । फागुन २९ गते सुनसरीको इटहरीमा पूर्वका १६ जिल्लाका दलित अधिकारकर्मी अगुवाहरुको भेला सम्पन्न गरेको छ । 
पूर्वाञ्चल स्तरीय भेलामा राप्रपा नेपालका नेता तथा नेपाल सरकारका स्थानीय विकास मन्त्री रामकुमार सुब्बा प्रमुख अतिथि रहनु भएको थियो । रमेश लामगादेको संयोजकत्वमा भएको सो भेलामा वरिष्ठ कलाकार मुरलीधर, सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाई, सञ्जालका महासचिव निरबहादुर सुनार लगायतका अतिथिहरु रहनु भएको थियो । 

सञ्जालले भुकम्पमा पीडितहरुलाई आठौं चरणसम्म राहत वितरण गरेको, रोगी विरामीलाई उपचारका लागि सहयोग गरेको, दुर्घटनामा परी अंगभंग भएका तथा मृत्यु भई बिचल्नीमा परेका आश्रित परिवारलाई आर्थिक, खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको, दलित विद्यार्थीलाई अध्ययनका लागि सरसहयोग गर्दै आएको सञ्जालका कोषाध्यक्ष तथा नेपाल संयोजक विष्णु धमलाले जानकारी दिनु भएको छ । 
सञ्जालले हालसम्म आर्थिक तथा जिन्सि गरी करोड बढिको सहयोग गर्दै आएको छ । सञ्जालले सहयोग सँगै दलित माथि भएका सम्पूर्ण अन्याय नेपालीहरुकै प्रयासबाट समाप्त पारी समतामुलक समाजको निर्माणमा “दलित एकता आजको आवश्यकता, छुवाछुत मुक्त समाज निर्माणको लागि सम्पूर्ण नेपालीको सहभागिता” भन्ने मुल नारा लिएको छ । 
सञ्जालबाट समाजमा रहेका गरिब दुःखीलाई गरेको सहयोगको प्रशंसा गर्दै समाज रुपान्तरणको अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सँधै तत्पर रहेको पूर्वाञ्चलका विभिन्न संघसंस्थाका प्रतिनिधीहरुले प्रतिबद्धता सहित शुभकामना दिएका छन् ।

महाप्रतिवाद साप्ताहिक बाट साभार 

No comments:

Post a Comment