आफनै देशमा मनग्गे आम्दानी गर्न सकिन्छ- सोमबहादुर सार्की

बालकृष्ण सुवेदी, गल्कोट , चैत १२ -विभेद बिरुद्ध अभियान। आफुले बैदेशिक रोजगारीकाक्रममा विदेशी भूमिमा खलखली बगाएको पसिनाको अनुभूति गर्दै गल्कोट हटियाका एक युवकले आफनै जन्मस्थलोमा व्यावसायिक तरकारी खेती र बङ्गुरपालन व्यवसाय गरेर मासिक लाखौ आम्दानी गर्न सफल भएका मात्र छैनन् गर्नसके आफनै देशमा मनग्गे आम्दानी गर्न सकिन्छ भन्ने सन्देश कामको खोजीमा विदेशिने युवाहरुलाई प्रवाह समेत गरेका छन् ।युवा अवस्थाको अमूल्य नौ वर्ष मलेसिया र साउदी अरबमा पसिना बगाएका हटिया–८ चमुवाका ४१ वर्षीय सोमबहादुर सार्कीले गाउँमै तरकारी र बङ्गुरको पाठा बेचेर मासिक रु ४ लाख सम्म आम्दानी गरिरहेका छन् । तरकारी तथा बङ्गुरका पाठापाठी बिक्री र जिपबाट समेत गरी रु चार लाखको हाराहारी मासिक आम्दानी हुने गरेको सार्कीले धौलाश्रीलाई बताए । गरे स्वदेशमै छ मनग्गे आम्दानी. भन्छन- चमुवाका सोमबहादुर !
४ वर्ष साउदी र ५ वर्ष मलेसियामा कमाएको रु ४ लाख ७० हजारले हटियामा किनेको १६ रोपनी जग्गामा तरकारी खेती र बङ्गुर पालेका सार्कीले दैनिक रु २० देखि २५ हजारसम्म आम्दानी गर्ने गरेको बताए । नौ वर्ष अगाडि विदेशबाट फर्किएर उनले बंगुर पालन र तरकारी खेती सुरु गरेका थिए ।
विदेशमा कठोर परिश्रम गर्दा जम्मा १० हजार सम्म कमाई हुने गरेकोमा अहिले आफ्नै ब्यवसायबाट मनग्गे आम्दानी गर्न सफल भएको कृषक सार्कीको भनाई छ ।
छोराछोरीको ३० रुपयाँ परीक्षा शुल्कसमेत तिर्न नसकेको तितो अनुभव बोकेर विदेश गएका सार्कीले पैसा कमाएपछि नेपालमै केही गर्नुपर्छ भन्ने भावनाका कारण अर्जुन फार्म हाउस सञ्चालनमा ल्याएका छन्। सुरुका दिनमा वैदेशिक रोजगारी छोडेर बङ्गुर पालेको देखेर सबैले होच्याउने गर्थे, विदेशमा गरिखान नसकेर यो उमेरमा नेपालमा भुल्ने उपाय गरेको छ भनेर कुरासमेत काट्ने गर्थे, तर अहिले मेरै सिको गर्न थालेका छन, यो देख्दा खुसी लाग्छ,” सार्कीले भने ।
सार्कीको फार्ममा अहिले ६ ओटा टनेलमा गोलभेडा ,अन्य तरकारी र ल्यान ड्रसे र एर्क सायर प्रजातिका पाँच माउ बङ्गुर र तिनका २० वटा वर्णशङ्कर प्रजातिका पाठापाठी रहेका छन्। तरकारी र बंगुरको आम्दानीबाट उहाँले एक पिक अप जिप सहित ३ ओटा जिप किनेको बताए ।
आफूूले उत्पादन गरेको तरकारीको हटिया बजारमा बिक्री वितरण गर्ने गरेको बताउने सार्की यही पेसालाई जीवनभर निरन्तरता दिने सोचमा छन्। तरकारी टमाटर बजारसम्म पु-याउन एउटा पिकअप जिप अन्य २ जिप भने गल्कोटमा लोकल यातायातको लागी सञ्चालन गरेको उनले जानकारी दिए ।

No comments:

Post a Comment