दलित कोटामा देउवा समूहका उम्मेदवार निर्वाचित

२९ फागुन, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यको आरक्षण कोटामा सभापति शेरबहादुर देउवा समूहको बहुमत आएको छ । यससँगै केन्द्रीय कार्यसमितिमा नै देउवा समूहको बहमुत हुने सम्भावना बनेको छ ।
शनिबार अबेरसम्ममा आरक्षणतर्फ सबै परिणाम आएको छ । २२ आरक्षण केन्द्रीय सदस्यमा देउवा प्यानलबाट १४ देउवा प्यानलका उम्मेदवार विजयी भएका छन् भने रामचन्द्र पौडेल समूहबाट ७ जना छन् । जनजातिमा एक केन्द्रीय सदस्य दुबै प्यानलबाहेकबाट आएका छन् ।
अब खुलातर्फ २५ र प्रदेश अन्तरगत १४ केन्द्रीय सदस्यको मत परिणाम आउन बाँकी छ । सार्वजनिक

भएको मत परिणाम र भइरहेको मत गणनाको रुझान हेर्दा निर्वाचित केन्द्रीय समितिमा देउवा प्यानलको बहुमत पुग्ने सम्भावना देखिएको छ ।
दलित कोटामा देउवा चार, पौडेल एक
दलितको पुरुषतर्फ जीवन परियार, मानबहादुर विश्वकर्मा र मीन विश्वकर्मा विजयी भएका छन् । परियारले १४८१ मत पाएका छन् । दोस्रो स्थानमा रहेर केन्द्रीय सदस्यमा निर्वाचित मानबहादुर विश्वकर्माले १४०२ र तेस्रो स्थानमा रहेका मीनले १३१३ मत पाएका छन् ।
परियार रामचन्द्र पौडेल प्यानलका हुन भने मानबहादुर र मीन दुबै देउवा प्यानलका हुन् । लामो समय संस्थापन समूहमा रहेका मानबहादुर यो पटक देउवा क्याम्पमा गएका थिए ।
महिलातर्फ भने लक्ष्मी परियार र सुजाता परियार विजयी भएका छन् । लक्ष्मी परियारले १५१९ र सुजाता परियारले १५०२ मत पाएकी छन् । दुबै देउवा समूहका उम्मेदवार निर्वाचित भएका छन् ।

नेपाली काँग्रेसको मिती २०७२ फागुन २०-२४ काठमाडौं मा सम्पन्न १३ औँ महाधिबेशनमा दलित आरक्षण तर्फको केन्द्रीय सदस्य मा निर्वाचित हुनु भएको मा मानानीय जीवन परियारज्यु, मानानिय मान बहादुर बिश्वकर्मा ज्यु , मानानिय मीन बिश्वकर्माज्यु, लक्ष्मी परियार ज्यु र मानानिय सुजता परियारज्यु लाई alldalit.blogspot.com का तर्फ हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु !!!-गोपाल सिवा (एडमिन) 

No comments:

Post a Comment