आफूहरुले कुसंस्कार पालेर विभेद गर्न पुगेको भन्दै वृद्ध थापामगरले माफी मागे

तनहुँ,  फागुन २८- विभेद विरुद्ध अभियान  । विवाहको बेला खसी काट्ने क्रममा जातिय कारण देखाउदै दलितहरुलाई विभेद गर्ने क्यामिन ७ का पदमबहादुरु थापामगर, लमजुङको दुईपिप्ले बस्ने ४५ बर्षीय बासु राना र ५० बर्षीय रणबहादुर थापामगरले शुक्रबार माफी मागेका छन् । आफूहरुले कुसंस्कार पालेर विभेद गर्न पुगेको भन्दै उनीहरुले ईलाका प्रहरी कार्यालय शिसाघाटमा माफी मागेका हुन् । 
फागुन २० गते विहिबारका दिन बहिनीको विवाह कार्यक्रममा पदमबहादुरले दुईपिप्लेका बासु र रणबहादुरको उक्सावटमा खसी काट्न आएका स्थानीय दलितहरु सम्शेरबहादुर विक, चित्रबहादुर विक र सुकराम विकलाई जातिय विभेद गरेका थिए । बासु एमाओवादीका स्थानीय नेता समेत हुन् । अघिल्लो दिन आफू सहितका अन्य दलितहरुले काटेको मासु पदमबहादुर परिवारले घर भित्र हुलेपनि उक्त दिन बासु र रणबहादुरको उक्सावटमा पदमबहादुरले आफूहरुलाई विभेद गरी अपमान गरेको शम्सेरबहादुरले बताए ।
 आगामी दिनमा गल्ती नदोहोरिने भन्दै उनीहरुले माफी मागेपछि आफूहरुले एक पटकलाई माफि दिएको उनले बताए । आफूहरुले अञ्जानमा जातिय विभेद गरेकोले अवदेखि गल्ती नगर्ने भन्दै उनीहरुले प्रहरी सहायक निरिक्षक सिताराम श्रेष्ठ, कांग्रेस जिल्ला सदस्य केशबहादुर सुनार र अधिवक्ता अमृतबहादुर नेपाली र दलित अधिकारकर्मी टेकबहादुर विकको रोहबरमा माफी मागेका थिए । दुवै पक्ष्ँ एकै समाजमा मिलेर बस्नु पर्ने भएकोले सद्भावको बाताबरण सृजना गर्नु नै आफूहरुको उद्वेश्य भएको कांग्रेस जिल्ला सदस्य सुनारले बताए । छुवाछुत र जातिय विभेदलाई अंलागेकै कारण समाजले प्रगती गर्न नसकेको उनले बताए । 

No comments:

Post a Comment