म पशु कि मलाई अछुत बनाउने जमात पशु ??? - अनुप नेपाली अशोक

१० चैत,विभेद बिरुद्ध अभियान - जन्मने विधि उस्तै छ रगत पनि रातै छ रङ्ग उस्तै छ धर्म सस्कार जन्म देखि मृत्यु सम्म एउटै छ अनि फेरि किन विभेद तिम्रो किचिला परेको आँखा ले किन देख्दैन सम्मान मान्छे लाई मान्छे कति गर्छौ विभेद ?? हामी त्यसै गरिब भएको हैनौ अशिक्षित भएको हैनौ भुमिहिन भएको हैनौ तिमिहरु ले बनाएको हौं ।बिधालय जान बन्चित गरेर रोकेयौ ,भैंसी पाल्दा दूध नकिनेर रोकेयौ धारा पधेरा मन्दिर मा रोकेयौ सरकार देखि गाउँ गाउँ टोल टोल मा विभेद छ ।

भर्खरै आएको राजकुमार ह्यारी लाई सबैले भेट्न् सफल भए गाउँ गाउँ पुगे तर दलितको घर दलित बस्ती मा पुगेन् कारण उनको चाहाना नभएर हैन तीन लाई बाटो देखाउने ले बाटो तर्काउछ्न् ।दलित ले चलाएको होटेल होम स्टे चल्दैन्न राजकुमार आउँदा होस् वा सामान्य गोरो रङ्ग भएको ब्यक्ति गाउँ प्रवेश गर्न साथ हुरुकै भएर छोरी बुहारी नै दिउला जस्तो गर्छन् ।

गाउँ गाउँ मा पुग्छन् पर्यटक स्वागत गर्दा नौमती पन्चे बाजा बजाउने को घरमा कोहि बाँस बस्दैन्न खुकुरी को गाथा गाएर नथाक्नेहरु खुकुरी बनाउने को बस्तीमा कहिलै पुग्दैन् कारण भोक ले ब्याकुल भएर सिनो खाना बसेको गिद ले जस्तो मै हु हाती जत्रो जात भन्नेहरु ले आफनो घर तर्फ वा उनिहरु को आफन्त को घरमा पुर्याउछ्न् अरु त छोडौ दलितको लागि नै भनेर कार्यक्रम लिएर आउनेहरु पनि उनिहरु को पन्जा बाट फुस्कन पाउदैन्#भर्ती हुन जाउ जात मिल्दैन ठाँउ हुदैन ,सरकारी जागिर खान पनि जात मिल्दैन घुस खुवाउने शक्ति छैन राजनीति मा पहुँच पुग्दैन ।उफ्फ्फ्फ कस्तो मेरो जात चारै तिर बाट हेपिएको चेपिएको जात कति सानो हात कहि नपुग्ने कहि नचल्ने ???

No comments:

Post a Comment