शुस्माले आफु जिउदो हुदै सुरज र सुवासलाई बनाइन टुहुरो –सरोज उपरकोटी

भरतपुर,चैत ८ - विभेद बिरुद्ध अभियान÷टिनको छानो सानो कोठा यसमा बस्छन् सुरज उपरकोटी । सुरज १० वर्षको भए । उनी कक्षा तीनमा पढ्छन् । सोमबार उनको कोठामा हामी पुग्दा बिहानको नौ बजेको छ । उनलाई साहै्र भोक लागेको सुरज बताउ“छन् । तर उनको कोठामा न पकाउने वस्तु छ, न पकाएर दिने आमाबाबा छन् । एक्लो सुरज बिचल्लीमा परेका छन् । शुस्मा उपरकोटीले एक महिना अघि दोस्रो विवाह गरेर गएपछि उनको बिचल्ली भएको हो । जौबारी–५, गोरखा स्थायी घर भई हाल भरतपुर–११, गणेशथानमा कोठा भाडामा बस्दै आएका सुरजको आमामधेसी मूलका एक पुरुषस“ग दोस्रो विवाह गरी गएकी थिईन् ।
सो पुरुष स“गै घर बनाउने काम गर्दै आएकी सुरजकीे आमा सुस्मा एक महिना अघि आफूहरुलाई सुताएर राति भागेको सुरज बताउ“छन् । उनी भन्छन्–“हामी सुतेका थियौं, बाबा पनि घरमा हुनु हुन्नथ्यो, त्यहि बेलामा जानु भएछ, हामीले थाहा नै पाएनौं । ब्यु“झिएर हेर्दा आमा नभेटे पछि म धेरै रोए“ । आखिर आमाले हामीलाई स“धैका लागि छोडेर जानुभएको रहेछ ।” गत वैशाखको भुकम्पले घर भत्काए पछि चितवन आएर मजदुरी गरेर खाएको सुरजको परिवार लथांिलङ्ग भएको छ । कमाएर खान दिने मान्छेले नै छोडेर हिंडे पछि उनीहरुलाई बिहान बेलुकाको खानामा नै समस्या भएको सुरजका छिमेकी बताउ“छन् । सोमबार हामी पुग्दा पनि सुरजले चामल नभएकाले खान नपकाएको बताए । उनले भने–“खाना त पकाउ““थे“, तर चामल नै छैन् ।” सिद्धि बिनायक मावि बसेनीमा पढ्ने सुरजलाई आजकल त स्कुल जान पनि मन नलाग्ने गरेको बताए । खानाको ठेगान नै नभएको र अब केहि दिन पछिको आउन लागेको परीक्षाको परीक्षा शुल्क तिर्न नपाएकोले स्कुल जान मन नलाग्ने गरेको उनको भनाई छ । उनी थप्छन्–“स्कुल जाननी स्कुलका सरहरुले परीक्षा शुल्क माग्नुभएको छ म स“ग तिर्ने पैसा छैन् कसरीे स्कुलजाने ।” सुरज एक्लै त थिएनन् । उनी स“गै उनका बाबु चन्दबहादुर उपरकोटी(३५) र दाजु सुवास उपरकोटी(१३) बस्थे । तर आमाले दोस्रो विवाह गरेर हिंडे पछि ७ कक्षामा पढ्दै गरेका सुवास पढाई नै छाडेर गोरखा गए भने बाबु चन्द्रबहादुर पनि कोठामा खासै नबस्ने गरेको सुरज बताउ“छन् ।
सुरजकी बुझाईमा आमा शुस्माले उनीहरुलाई आफू जिउ“दै भएर पनि टुहुरो बनाएर गईन् । गह भरी आ“सु बनाएका सुरजले भने–“आमाकहा“ हुनुहुन्छ थाहा छैन्, आमा जता भए पनि हामी टुहुरो भयौं ।” अबको दिनमा आफूहरुले पढ्न नपाउने पनि सुरजले बताए । उनका अनुसार उनीहरु गरीब छन्, त्यस माथि पनि उनका बाबु चन्द्रबहादुर बिरामी छन् । कुनै सहयोगी मान्छेले पढाई दिए उनलाई पढेर ठूलो मान्छे हुने मन छ । चन्द्रबहादुरलाई हामीले पटक–पटक सम्पर्क गर्न खोज्दा मुश्किलले छोटो समय कुरा गर्ने मौका पायौ“ । त्यस क्रममा चन्द्रबहादुरले आफ्नो गप्ताङ्गमा समस्या भएको जानकारी दिए । उनले २ महिना अगाडि भरतपुरको चितवन मेडिकल कलेजमा पउचार गराएको र अझै बिमार ठिक नभएको बताए । आफू बिरामी भई रहेकै समयमा श्रीमतिले दोस्रो बिबाह गरेकोले छोराहरुको बिचल्ली हुनेमा उनी चिन्तित रहेको बताए । कुनै सहयोगी संस्थाहरु र व्यक्तिहरुलाई आफ्नो उपचार र छोराहरुको पढ्ने ईच्छा पुरा गर्ने वातावरण मिलाई दिन उनले सबैमा अनुरोध गरेका छन् ।
यसैबिच भरतपुर–११, गणेशथान नै बस्ने हिरा बहादुर गुरुङ्ग(३८)की श्रीमति उमागुरुङ्ग(३६)ले पनि २ लाख रुपैया“ सहित दोस्रो विवाह गरेकी हिराले बताए । उमाले नेपालगञ्ज घर बताउने गरेको सुमन वि.क. स“ग एक महिना अगाडि विवाह गरेको परिवार स्रोत बताउ“छ । सुमन केहि वर्ष देखि हिराकै परिवारको संरक्षणमा बस्दै आएको हिराको भनाई छ । लाकुरीबोट–६, गोरखा स्थायीघर भई ६ वर्ष देखि गणेशथानमा ५ जनाको परिवार भाडामा बस्दै आएको गुरुङ्गले बताए । हिराका १ छोरा तथा ११ र १५ वर्षका २ छोरीहरु रहेका छन् । छोराको पनि एक वर्ष अगाडि विवाह भई सकेको थियो । तीनबर्ष मलेसियामा बसेर आएका हिराले श्रीमति उमाले साथी संगतको कारणले धोका दिएको बताए । उमा गणेशथानमा नै सानो होटल चलाएर बस्थिन् । करिब २ दशक साथ दिएकी श्रीमतिले धोकादिएर २ लाखलिएर दोस्रो विवाह गरे पछि आपूm पिडित भएको गुरुङ्गको दुखेसो छ ।

No comments:

Post a Comment