छोराको निधन पछि बुहारीको कन्यादान गर्ने लक्ष्मी नेपालीलाई नागरिक अभिनन्दन

गुल्मी ,फागुन २९, बिभेद विरुद्ध अभियान ।बिधवा बुहारीलाई छोरी सरह कन्यादान गरेर घरबाट धुमधामका साथ बिबाह गराई दिएकी गुल्मीकी एक महिलालाई नागरिक अभिनन्दन गरिएको छ । अमर कल्याण महिला विकास बहुउदेश्य सहरकारीको संयोजनमा जिल्लाका सात वटा संस्थाले उनलाई तम्घासमा एक कार्यक्रम गरेर अभिनन्दन गरेका हुन् । छोराको निधन पछि बुहारीको उज्वल भविष्यको कामना गर्दै कन्यादान गरेकी तम्घास बाघमारेकी लक्ष्मी नेपालीलाई नागरिक अभिनन्दन गरिएको हो । उनीसँगै उनका पति इश्वरीलाई पनि सम्मान गरिएको थियो ।
सांसद कमला विश्वकर्मा र प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले लक्ष्मीका पति पत्नीलाई अभिनन्दन गरे । सांसद विश्वकर्माले गुल्मीबाट राम्रो कामको सुरुवात भएको र यहाँका महिलाहरु निकै उत्साहित भएको बताउनु भयो । उहाँले हिम्मतका साथ बुहारीलाई कन्यादान गरेपछि देशविदेशमा राम्रो सन्देश गएको सांसद बिश्वकर्माको भनाई छ । विश्वकर्माले बिवाह गरेको छोटो समयमै बिधवा बनेका बुहारीहरुलाई लक्ष्मीले जस्तै अर्को घरबारको लागि वातावरण बनाइदिनुपर्ने बताइन् ।
चार बर्ष अघि बुहारी उषाको लक्ष्मीले घरबाटै कन्यादन गरेकी थिइन् । छोराको बिबाह गरेको एक बर्षमै छोराको निधन भएपछि उनले बुहारीको कन्यादान गरेकी हुन् । धुर्कोट रजस्थलका आशिषकुमार नेपाली र उषाको दामत्य जीवन अहिले निकै सुन्तर ढंगबाट अघि बढेको छ । छोरोको मृत्यु पछि कलिलै उमेरकी बुहारीको भविष्य प्रति चिन्ता लागेर घरबाटै छोरी समान बिबाह गरिदिएकी सासु लक्ष्मी नेपालीले बताउनु भयो । सोही कार्यक्रममा उपस्थित भएकी उषाले अहिले आफूहरुको दामत्य जीवन राम्रोसँग चलिरहेको प्रतिक्रिया दिइन् । श्रीमान कतारमा हुनुहुन्छ, बाबु जन्मिएको र आफु र आफनो परिवार पनि खुसी रहेको बताउनु भयो । उनले श्रीमानको मृत्युपछि अर्को घरबारका लागि वातावरण बनाइदिने सासु ससुरा र घरपरिवारलाई धन्यबाद समेत ज्ञापन गरेको  खवर खवरवाणीमा प्रकाशित छ 

No comments:

Post a Comment