गुल्मीलाई छुवाछुत मुक्त जिल्ला घोषणा गराउन दलित मुक्ती मोर्चाले नेतृत्व लिने

प्रेम सुनार, गुल्मी ,फाल्गुन २३ , विभेद बिरुद अभियान । एकिकृत नेकपा माओवादी निकट नेपाल राष्ट्रिय दलित मुक्ती मेर्चा गुल्मीले यस जिल्लालाई छुवाछुत मुक्त जिल्ला घोषणाका लागि संवन्धीत निकायलाई दवाव दिने अन्दोलनको नेतृत्व लिने जनाएको छ । मोर्चाले जिल्ला सम्मेलन तयारीका लागि सदरमुकमा तम्घासमा आयोजना गरेको बैठक तथा प्रशिक्षण कार्यक्रममा नेताहरुले जोडतोडका साथ यो विषयलाई उठाउन गरेका थिए ।एकिकृत नेकपा माओवादीका जिल्ला अधयक्ष सुदर्शन वरालले खुल्ला दिशमुक्त जिल्ला घोषणा गर्ने जिल्ला विकास समितिले किन छुवाछुत मुक्त जिल्ला घोषणाको झन महतवपुर्ण कदम उठाउन सक्दैन् ? भने र प्रश्न गरे ।प्रशिक्षणमा सहभागी दलित नेताहरुलाई उनले प्रति प्रश्न गर्दै भने–‘ तपाईहरुले के हेरेर बस्नु भएको छ ? के यो विषय कुनै पार्टीले उठाई दिने हो कि तपाईहरु दलित नेताहरुले उठाउने हो ?’एकै साथ गाविसलाई छुवाछुत मुक्त गाविस घोषणा गर्न नसकिएला तर एउटा टोलबाट छुृवाछुत मुक्त गाउँ घोषणा गरौं , त्यसले सिङ्गो गाविस घोषणा गर्ने उत्साह मिल्ने छ । यसरी टोल, गाविस हुँदै सिङ्गो जिल्ला छुवाछुत मुक्त घोषणाका लागि दवाव दिन अन्य राजनैतिक दलका दलित संगठनहरुसंग सहकार्य गरेर जिल्ला विकास समितिलाई दवाव दिन मोर्चाले अगुवाई गर्नु पर्ने अध्यक्ष वरालको सुझाव थियो ।
उनले नयाँ संविधानले जातिय छुवाछुत प्रथा वर्जित गरी सकेको छ भने सरकारी निकाय त्यसको कार्यन्वयनका लागि लाग्दैन भने दलितहरुले ति निकाय घेराउ गरेर पनि कार्यन्वयन गराउनु पर्ने धारणा राखेका थिए । यो देशका पहिलो र असली सर्वहार दलित समुदाय क्रान्तिकारी स्प्रीडका साथ आफुहरुलाई नयाँ संविधानले दिएको अधिकार स्थापित गर्न चरणवद्ध आन्दोलन छेड्न दलित समुदाय टोल टोल , गाउँ गाउँबाट उठे एमाओवादीले साथ दिने अध्यक्ष वरालले प्रतिवद्धता जनाए । छुवाछुत मुक्त जिल्ला घोषणाको विषय अध्यक्ष वरालले उठान गर्दा कार्यक्रम स्थल तम्घासको वाल मन्दिर सभाहलमा दलित नेताहरुले तालि पिटेर उक्त आन्दोलन चर्काउने प्रतिवद्धता जनाएका थिए ।
उनिहरुले उक्त आन्दोलनका लागि अन्य राजनैतिक दलका दलित संगठनहरु संग पनि छलफल चलाउने बताएका थिए ।‘दलितहरुको उत्थानका लागि वर्षेनी गाविसमा रकम छुट्टिन छ तर रकमले दलितहरु हिड्ने वाटो भन्दै रकम मोटरबाटोमा पारी दिन्छन के त्यो बाटोमा अरु जाती वा अर्को जिल्लाको मान्छे हिड्दैन् ?’ यस्तो प्रश्न गर्दै अध्यक्ष वरालले भने –‘यसर्थ दलितका लागि आएको रकम जालझेल गरेर अन्य विकास निर्माणमा राख्न दिनबाट रोक्नु होस् ।’ त्यसका अलवा दलित भित्र पनि विभेद , छुवाछुत , विकृति विसंगती विरुद्ध समेत दलित मुक्ती मोर्चाले आन्दोलनको नेतृत्व लिन वरालले निर्देशन दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथी एकिकृत नेकपा माओवादीका केन्द्रिय सदस्य दिनेश पन्थीले पनि अव संविधानबाट प्राप्त अधिकार प्राप्तीका लागि दलित समुदायले हस्तक्षेपकारी भुमिका निभाउनु पर्नेमा जोड दिएका थिए । त्यस्तै प्रशिक्षणका लागि केन्द्रबाट खटिएका ५ नम्वर प्रादेशिक कमिटीका सह–ईन्चार्ज राजेन्द्र बिश्वकर्माले क्रान्तिको भट्टीबाट खारिदै आएको एमाओवादीको दलित संगठन नेपाल राष्ट्रिय मुक्ती मोर्चाले दलितहरुको मुक्ती अन्दोलनको नेतृत्व गर्न अन्य राजनैतिक दलका दलित संगठन संग हातेमालो गरेर अगाडी बढ्न निर्देशन दिएका थिए । बैठकले बैशाख ४ गते दलितहरुको वाहुल्य रहेको गाविस बढागाउँमा भव्य रुपमा नेपाल राष्ट्रिय दलित मुक्ती मोर्चाको जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ ।
त्यसका लागि एमाओवादीका जिल्ला सदस्य धर्म बिश्वकर्माको संयोजकत्वमा ५१ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरिएको छ । समितिले विभिन्न उप समिति समेत गठन गरेको छ । प्रशिक्षण कार्यक्रममा नेपाल राष्ट्रिय मुक्ती मेर्चाकी केन्द्रिय सदस्य उमा बिक, एमाओवादीका जिल्ला कोषाध्यक्ष ज्ञानकुमार बुढा, क्रान्तिकारी पत्रकार संघक केन्द्रिय आयोजक समितिका सदस्य प्रेम सुनार , सोही संगठन पाल्पाका सचिव कृष्ण दर्नाल लगायतको आतित्यता थियो ।आयोजक समिति संयोजक धर्म विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दुर्गा विश्वकर्माको स्वागत मन्तव्य र टिका विश्वकर्माको सञ्चालन रहेको गुल्मी न्युजमा खबर छ  ।

No comments:

Post a Comment