एम्बुलेन्सबाट थुतेर प्रदर्शनकारीले गरे असइ बिकको हत्या

भाद्र २५, २०७२-विभेद विरुद्ध अभियान । शुक्रबार बिहान महोत्तरीको जलेश्वरमा प्रदर्शनकारीको आक्रमणबाट घाइतेभएका सशस्त्र प्रहरीका असइ थमनबहादुर विकको उपचार लागि लैजादै गर्दा बाटोमै हत्या भएको छ ।
जलेश्वरमा आज बिहान प्रदर्शनकारीको कुटाइबाट घाइते भएका विकको थप उपचारको लागि जनकपुर अस्पताल लैजाँदै गर्दा बाटोमा एम्बुलेन्सबाट थुतेर अान्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले असईको निसंस हत्या गरेका छन्। जलेश्वर दरबन्दी भएका सशस्त्र प्रहरीका असई थमनबहादुर विश्वकर्मालाई आन्दोलनकारीले लखेटी लखेटी खुकुरी, भाला प्रहार गरेर हत्या गरेका हुन्। सशस्त्र प्रहरीका एसपी वीरेन्द्रबहादुर पाण्डेले घटनाको पुष्टि गरेका छन्।
विश्वकर्मा शुक्रबार बिहान हेटौंडाबाट संयुक्त राष्ट्रसंघको परीक्षामा सहभागी भएर फर्केका थिए। असई  थमन विकको घर बाँकेको कन्चनपुर- ६ मा हो। उनी २०५६ सालमा नेपाल प्रहरीमा भर्ति भएका थिए । २०५८ सालमा सशस्त्र प्रहरी गठन भएपछि उनी सशस्त्रपट्टि आएका थिए। ३ वर्षअघि मात्र उनी असईमा बढुवा भएका थिए। गाडीबाट बर्दिबास झरेका उनी त्यहाँ रहेको सशस्त्रको बनौटा बेसक्याम्प पसे। उनी त्यहाँबाट साइकलमा लिफ्ट लिएर जलेश्वर आइपुगे। त्यहाँसम्म आउन साइकलमा उनलाई आधा घन्टा लागेको थियो।विहान सादा पोशाकमा आफ्नै कामले जलेश्वरमा निक्लिएका असई बिकलाई आन्दोलनकारीले कुटेर गम्भीर घाइते बनाएका थिए । घाइते बिकलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएकोमा स्थिति चिन्ताजनक हुँदै गएपछि थप उपचारका लागि एम्बुलेन्समा राखेर जनकपुर लैजाने क्रममा बाटोमा हत्या भएको प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले जानकारी दिए ।
जलेश्वर अस्पतालको एम्बुलेन्सबाट जनकपुर अस्पतालमा विकलाई एम्बुलेन्समा लगेको खबर पाएपछि प्रदर्शनकारीले बाटोमा कुरेर एम्बुलेन्स कब्जामा लिएका थिए । उनीहरुले विकलाई एम्बुलेन्सबाट झिकेर सडकबाट ३ सय मिटर पर धान खेतमा लागेर भाटाले हानेर हत्या गरेको एसपिले घटनास्थलबाट जानकारी दिएका छन् । उनका अनुसार प्रदर्शनकारीले एम्बुलेन्स समेत जलाएका छन् । विकको शव वरपर भाटा र वियरको बोत्तल फेला परेको पनि उनले बताए ।विकसँगै गएका सादा पोशाकका कुरुवा र एम्बुलेन्स चालक सम्पर्कबिहीन छन् ।

No comments:

Post a Comment