दलित समुदायका बस्तीमै पुगी अभिभावकहरु संग अन्तरक्रिया

गुल्मी, असोज ११, विभेद विरुद्ध अभियान । दलित विद्यार्थीहरुको विद्यालयमा उपस्थिति न्यून हुन थालेपछि सदरमुकामको एक बिद्यालयले दलित बस्तीमै पुगी अभिभावकहरु संग अन्तरक्रिया गर्न थालेको छ । सिद्घबाबा उमावि तम्घासले विद्यालयमा भर्ना भएका दलित विद्यार्थीहरुको निरन्तरता र टिकाउपनमा समस्या आएपछि उक्त कार्यक्रम सञ्चालन गर्न थालेको हो । विद्यालयमा दलित विद्यार्थीको उपस्थिति न्यून हुनु र सिकाइ उपलब्धीमा समेत न्यूनता आउन थालेपछि दलित बस्तीमै छलफललाई अगाडि बढाइएको प्राचार्य डोरबिक्रम श्रीसले जानकारी दिए । उनले बिद्यालयको यो कार्यक्रमले केही सुधार ल्याउने आशा व्यक्त गरे ।
अन्तरक्रिया कार्यक्रममा अभिभावकहरुले आफ्ना बालबालिकाहरुलाई पर्याप्त समय दिन नसकेको र चासो समेत नराखेकोले यस्तो समस्या आएको बताएका थिए । बालबालिकाहरुको पढाइलाई मध्येनजर राखेर विद्यालयले गरेको कामप्रति अभिभावकहरुले खुशी व्यक्त गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलबहादुर थापाको नेतृत्वमा जिल्ला शिक्षा कार्यलय गुल्मीका विद्यालय निरिक्षक दिपक भण्डारी, झविलाल वि.क., अभिभावक छन्दबहादुर पहराई, नेपाल दलित संघका अध्यक्ष झविन्द्र वि.क., यमबहादुर वि.क. लगायतको टोलीले दलित बस्तीमा पुगी अन्तरक्रिया गरेको बिद्यालयले जनाएको छ ।

No comments:

Post a Comment