आन्दोलनका लागि राजधानीमा दलितहरुको वृहत भेलाको तयारी


२०७२ भदौ २२ गते,  विभेद बिरुद्ध अभियान  । नयाँ संविधानमा दलित समुदायका ९ सुत्रिय माग सम्वोधनको माग गर्दै, संयुक्त दलित आन्दोलन नेपालले आज घोषित चौथो चरणको आन्दोलनका कार्यक्रम विरोध र्यालीको आयोजना गरेको छ ।
राजधानीको ववरमहलदेखी सुरु भएको र्याली वानेश्वरमा पुगेर सभामा परिणत भएको थियो ।
सभालाई सम्वोधन गर्दै, दलित नेताहरुले मुख्य राजनीतिक पार्टी र शिर्ष नेताहरुले दलित समुदायको सवाललाई वेवास्ता गरेको वताए ।
शान्तिपुर्ण रुपमा आयोजित धर्ना, जुलुशहरुलाई सरकार र राजनीतिक दलहरुले उपेक्षा गरेर परम्परावादी र यथास्थितीवादी चरित्र देखाएको आरोप लगाए ।
आज चौथौ चरणको आन्दोलनको अन्तिम सभालाई सम्वोधन गर्दै, दलित अधिकारकर्मी तथा पुर्व सभासद विनोद पहाडीले संयुक्त दलित आन्दोलन नेपालले अहिलेसम्म शान्तिपुर्ण ढंगले गर्दै आएको चरण वद्ध आन्दोलनलाई राज्यले वेवास्ता गरेको आरोप लगाउनुभयो ।
उहाँले मुख्य ३ वटा राजनीतिक पार्टीहले अहिले सम्मका आन्दोलनबाट दलितका सवाललाई ध्यान नदिएकाले अव अर्काे चरणको आन्दोलनका लागि राजधानीमा दलितहरुको वृहत भेलाको तयारी गरेको वताउनुभयो ।
संयुक्त दलित आन्दोलन नेपालका संयोजक दिल वहादुर विश्वकर्मा,ले मुख्य ३ दलले दलितका मुद्धालाई वेवास्था गरेकोमा आक्रोश व्यक्त गर्नुभयो ।
आन्दोलनकै विचबाट वोल्दै पुर्व सभासद सम्भुहजारा पासवान, राष्ट्रिय महिला आयोगकी पुर्व सदस्य धनकुमारी सुुनार, फोरम लोकतान्त्रिकका केन्द्रिय सदस्य हस्त वहादुर सुनार , दलित अधिकारकर्मीहरु दिपक विश्वकर्मा, उपेन्द्र छटुन्जेल, टिकाराम दियाली, भक्त विश्वकर्मा, नारायण परिश्रमी, सेवल राम, पदम विश्वकर्मा, गणेश तिरुवा, दुर्गा विश्वकर्मा राम नेपाली लगाएतका दलित अधिकारकर्मीहरुले दलितका अधिकार मस्यौदामा सम्वोधनमा नगरिएको र राज्यको पुनर्संचनाको ऐतिहासिक घडीमा दलित अधिकारलाई कुण्ठित गरीएकाले त्यसका विरुद्ध अव सवै दलितहरु गोलवन्द भएर संघर्षमा उत्रनुको विकल्प नभएको वताउनुभयो ।
नेपाली काँग्रेस, नेकपा एमाले, एनेकपा एमाओवादी, राष्ट्रिय जनमोर्चा, नेकपा माओवादी एवं मधेशवादी पार्टी, नेकपा संयुक्त , नेकपा माले, नेकपा एकिकृत लगाएतका दलित संगठन नागरिक समाज, र दलित अधिकार संघर्ष समितीको संयुत्त मोर्चा संयुत्त दलित आन्दोलन नेपालका नामवाट आन्दोलन जारी छ ।

साभार :- जागरण मिडिया 

No comments:

Post a Comment