संयुक्त दलित आन्दोलन नेपालका चौथो चरणको आन्दोलन सुरु

२०७२ भदौ १८, विभेद बिरुद अभियान  ।
संयुक्त दलित आन्दोलन नेपालका तर्फबाट चौथो चरणको आन्दोलन सार्वजनिक भएको छ  । जस अनुसार भदौ १५ गतेदेखि १७ गतेसम्म सभासद तथा दलित आन्दोलनका शिर्ष नेताहरुसंग छलफल, १८ गते देशभरि ध्यानाकर्षण सभा, १९ गते सभामुखलाई ५ हस्ताक्षर हस्तान्तरण गर्ने र २२ गते खबरदारी सभा गर्ने कार्यक्रम रहेको छ ।  घोषित कार्यक्रम अनुसार  संयुक्त दलित आन्दोलन नेपालले आज ववरमहलदेखी वानेश्वर सम्म मौन जुलुश निकालेको छ । ववरमहलदेखी सुरु भएको मौन जुलुश वानेश्वर गई समापन भएको थियो ।


त्यस्तै गरि संयुक्त दलित राजनीतिक संघर्ष समितिले चौंथो चरणको आन्दोलनको कार्यक्रम भदौ १५ देखि २५ गते सम्म सार्वजनीक गरेको एव भदौ २१ र २६ गतेसम्म विभिन्न जिल्ला बन्दका कार्यक्रमहरु रहेको कपोकल्पित समाचारहरु प्रकाशीत गरि  सयुक्त दलित आन्दोलनलाई भाँड्न खोज्ने र संविधान निर्माण हुन नदिने तत्वहरुबाट भ्रामक समाचार प्रकाशीत भएको हुनाले त्यस प्रति सजग रहन समेत आग्रह गरिएको छ  ।संयुक्त दलित आन्दोलनमा बन्द तथा अराजकता फैलाउने खालका कुनै कार्यक्रमहरु नभएको एव संयुक्त दलित राजनीतिक दलित संघर्ष समिति १६ बुंदे सहमतिका हस्ताक्षरकर्ता दलहरु सहित अन्य राजनितक दलहरुका भातृ संगठन तथा नागरिक समाज सहितको संयुक्त आन्दोलन रहेको संयुक्त दलित आन्दोलनमा आबद्ध मुक्ति समाज नेपालका महासचिव, गणेश विश्वकर्माले आफ्नो सामाजिक संजाल मार्फत जानकारी दिनु भएको छ  ।

No comments:

Post a Comment