धौलागिरि आत्मनिर्भर वचत तथा ऋण सहकारीको एक दिने सहकारी शिक्षा

बागलुङ २०७२ भदौ १६, विभेद विरुद्ध अभियान  । दलित समुदायका व्यक्तिहरुले मिलेर सञ्चालन गरेको धौलागिरि आत्मनिर्भर वचत तथा ऋण सहकारी संस्थाका सञ्चालक, पदाधिकारी एवं सदस्य र कर्मचारीहरुलाई एक दिने सहकारी शिक्षा प्रदान गरिएको छ ।
कार्यक्रममा प्रशिक्षण दिदै राष्ट्रिय सहकारी बैँकका सञ्चालक रामबहादुर जि.सीले सहकारीले मुनाफा बढाउनका लागी संस्थाको कारोबार बढाउनुपर्ने बताए । पारदर्शिता सहकारीमा महत्वपुर्ण पाटो भएकाले आर्थिक क्षेत्रमा फड्को मार्नका लागी पारदर्शी कार्य गनुपर्ने जि.सीले बताए ।

वित्तिय सुचकांक, नीति नियम र योजना सहकारीको आवश्यकता भएको भन्दै देशको आर्थिक विकासमा सहकारीले ठुलो भुमिका खेल्ने बताए । कार्यक्रममा डिभिजन सहकारी कार्यालय बागलुङका दुर्वल राजभण्डारीले बचतलाई पहिलो प्राथमिकतामा राख्ने, नीति तथा कार्य विधिबाट निर्देशित एवं प्रशासनिक लागत कम खर्च गर्ने सहकारीका विशेषता भएको बताए ।
संस्थाको समग्र विकासमा सहकारी शिक्षाको महत्व र आवश्यकतालाई ध्यानमा राखेर प्रत्येक वर्ष सहकारी शिक्षा सञ्चालन गरिदै आएको संस्थाका अध्यक्ष बीरबहादुर किसानले बताए । कार्यक्रमको सञ्चालन लक्ष्मी बोहराले गरेका थिए ।

No comments:

Post a Comment