हजारौंको सहभागीता सहित असई थमनबहादुर विश्वकर्माको अन्त्येष्टि

नेपालगन्ज,भदौ २८, विभेद विरुद्ध अभियान –महोत्तरीमा आन्दोलनकारीले हत्या गरेका सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थमनबहादुर विश्वकर्माको अन्त्येष्टि गरिएको छ । स्थायी घर बाँके, कचनापुर–५ मदुईस्थित राप्तीघाटमा आइतबार दिउँसो हिन्दु परम्परा अनुसार उनको अन्त्येष्टि गरिएको हो।अन्त्येष्टिका क्रममा सशस्त्र प्रहरी टोलीले सलामी दिएको थियो भने अन्त्येष्टिमा हजारौंको सहभागीता थियो। सशस्त्र प्रहरी बागेश्वरी गण सम्शेरगन्जका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक मानबहादुर शाही, सिमा सुरक्षा कार्यालयका डिएसपी प्रकाश सुवेदीलगायत सुरक्षा अधिकारी पनि अन्त्येष्टिमा सहभागी भएका थिए। स्थानीय बासिन्दा तथा लक्ष्मी उच्च माध्यामिक विद्यालयका प्राचार्य रुद्रबहादुर डाँगीले विश्वकर्माको अन्त्येष्टिका क्रममा करिव ३ हजारको उपस्थिपित रहेको बताए ।

अन्त्येष्टि गर्नुअघि घरमा भेला भएका परिवार, आफन्त तथा गाउँलेहरुले थमनप्रति श्रदाञ्जली दिए । यस्तै नेपालगन्जस्थित सशस्त्र प्रहरी औद्योगिक गणमा बिहान सशस्त्र प्रहरी नौवस्ता तालिम केन्द्रका प्रमुख सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक गोपाल मिश्र, सिमा सुरक्षा कार्यालय महेन्द्रनगर बाँकेका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक सम्भु सुवेदीलगायत अधिकारीले श्रदाञ्जली दिएका थिए । सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक मिश्रले संगठनको झण्डा ओढाएका थिए ।

त्यसपछि सशस्त्र प्रहरी टोलीले स्थायी घर कचनापुर–५ मदुईमा थमनको शव पु¥याएको थियो । शनिबार नै थमनको अन्त्येष्टि गर्ने परिवारको इच्छा भएपनि समयमा शब नआउँदा स्थगित गरिएको थियो । सशस्त्र प्रहरीका अनुसार महोत्तरीबाट शनिबार बेलुका शवलाई हेलिकप्टरमार्फत चितवनसम्म ल्याइएको थियो। रातपरेपछि हेलिकप्टरमार्फत नेपालगन्जसम्म ल्याउन सम्भव हुँदा चितवनबाट स्थलमार्ग हुदै आइतबार बिहानपख नेपालगन्ज ल्याइएको हो।


हिन्दु संस्कार अनुसार थमनको काज किरिया गर्ने परिवारका नजिकका व्यक्ति समेत घरमा छैनन्। उनका ५ वर्षीय छोरा सुबोध नाबालक छन, भने अन्य तीन दाजुभाई रोजगारीका लागि विदेश गएका छन्। थमनका ठूला बुवाका छोरा मानसिंह विश्वकर्माले काज किरिया गरिरहेका छन् । पत्नी शोभा अहिले पनि बेहोस् छिन्। शव पुगेपछि बिहान गाउँमा रुवाबासी चलेको थियो। थमनले पढेको स्कुल लक्ष्मी उच्च माध्यामिक बिद्यालय मदुईले आइतबार शोक मनाउँदै पठन पाठन बन्द गरेको थियो। -

No comments:

Post a Comment