सर्लाहीमा दलित समुदायको प्रदर्शन

सर्लाही ,भदौ २२, विभेद विरुद्ध अभियान । सर्लाहीको बरहथवामा संयुक्त दलित संघर्ष समितिले संविधानमा आरक्षण सहितका माग राख्दै झाँकी प्रदर्शन गरेका छन्।
जातीय पहिचान झल्किने समान नागंलो, दउरी तथा बाजागाजासहित गाउँ गाउँबाट आएका दलितहरुले बरहथवामा प्रदर्शन गरेका हुन्। संविधानमा दलितलाई आरक्षण सहितको २० सुत्रीय माग राख्दै आन्दोलित सयुक्त संघर्ष समितिले बुधबार बरहधवामा प्रदर्शन गरेको हो। 
दलितको सामनुपातिक प्रतिनिधित्व, आरक्षण्को माग गर्दै संयुक्त संघर्ष समिति आन्दोति भएका हुन्।

No comments:

Post a Comment