नया संविधानमा दलित अधिकार र संघर्षका स्वरुपहरु - एम.एल.नेपाली

१३ असोज, विभेद बिरुद्ध अभियान  ।  हामी दलित उत्पीडिहरु त हजारौ समस्याको सामना गर्ने हैसियत राखेर दलित आन्दोलनमा लागेको हो । जातीय छुवाछूतको युगिन दासत्वबाट मुक्त हुनलाई हामी हजारबार होईन एकबार गौरबशाली मृत्यूबरण गर्न खोजी रहेका छौ । हामी त दलित आन्दोलनमा नै शाहदत प्राप्त गर्न खोजेका छौ । त्याग, तपस्या र बलिदान द्धारा छूवाछूतको शोषणको बिरासतलाई दलित आन्दोलनका हामी बिद्रोही शक्तिले हल्लाउने, आधिबेहरी र तुफानी संघर्षले शोषणलाई मेटने आँट गर्न चाहन्छौ । हामी, दलित त छूवाछूतको संघर्षमा जन्मीएको लडाकुदस्ता हौ । हामी भोगेका पीडाको मात्राले अरुभन्दा बलियो, जुझारु, आत्मबल र शक्तिशाली मनोभाब भएको हुनै पर्र्छ । हामी त दलित मुक्तिमा लाग्दा सबै किसीमका लडाईलाई झेल्ने, ब्यहोर्ने उसैमा समरपित हुने भनेर लागेका हो । नेपाली समाज सामन्तबादी राज्य संरचनाबाट ध्वस्त भई सकेको छैन, त्यसैले यसका सोच र व्यवहारहरु सामन्त ठालुहरुको निर्देशनमा दलित उत्पीडितलाई दमन गर्न चलिरहन्छन । अहिले नेपाली समाजको राजनैतिक स्वरुपलाई हेर्दा क्रान्तिका समरभूमिबाट आएका गैरदलित नेताहरु दलित उत्पीडित जनताको मुद्धामा संविधानमा अडान लिन सकेनन । उनीहरुमा आफनै जातिवादी पक्षधरता,अवसरवादी चेतनाले गर्दा आफनै जात र आफनै वर्गको पक्षपोषण संविधानमा भटाभट निर्णय गरिरहेका छन । थारु, दलित, मधेशीहरुका विषयमा निर्णय गर्न चाहेनन । नेपाली राजनैतिक क्रान्तिको विभिन्न मोडहरुमा यही प्रतिकृयावादी व्यवहार भयोसत्ताबाट । अहिले पनि दलित आन्दोलकहरुले आफनो अधिकार संविधान विधेयकमा दफावार छलफल होस र पारित गरियोस भनि संशोधन प्रस्ताव दर्ता गराउदा दलित सवालमा नेपाली काग्रेस, एमाले र एमाओवादीका शिर्षनेताहरुले धम्की निर्दैशन दिईरहेका छन । यो धम्कीलाई खप्न नसकेर एमालेका सभासद जीतु गौतम दर्जी र दलबहादुर सुनारले आफनो संशोधन प्रस्ताव फिर्ता लिएका छन । अहिले सम्म काग्रेस एमाओवादी तथा अन्य दलका करीव बाकी १३ जना सभासदहरुले आफनो संशोधन प्रस्ताव फिर्ता लिएका छैनन । पार्टी सत्ताको निरकुंशताको सामाना गरिरहेका छन , त्यो कति बेला सम्म उच्च मनोबलका साथ टिक्ने हो, दलित सभासदलाई पार्टीसत्ताले कुन कुन हथकण्डा लगाएर गलाउने हो त्यो हेर्न वाकी छ ।
हामीले बुझन जरुरी छ, उत्पीडित, दलित, गरीब निम्न वर्गबाट सभासद भएर आएका दलितहरुले संविधानमा आफना हक स्थापित गर्न अडान र साहसका साथ दलितको स्वाभिमानलाई जीवित राख्न पहल गर्नै पर्छ । अव दलित मुक्ति आन्दोलनमा क्रान्तिचेत, परिबर्तनको आस्था, उच्च नैतिकताको साथ दलित संघर्षलाई घनिभूतरुपमा उठाउनै पर्छ । अहिले दलितलाई नयाँ संविधानमा न्यायोचित अधिकार स्थापित गर्न नदिने सत्तारुढवर्ग हाम्रो दृष्टिमा महान वर्गशत्रु तथा जातीय छुवाछूतलाई स्थापित गर्न खोज्ने दुश्मन हो भन्छौ हामी । किनकी उसले सबै ६० लाख निर्दोष दलित जनता र देशका लागि बलिदान गर्ने दलित यौद्धाहरुलाई सत्तामा स्थापित हुनवाट घृणा, अपमान तिरस्कृत, बहिस्कृत र बञ्चित गर्दैछ, । तर यो संविधानमा दलित अधिकार स्थापित गर्न दलित यौद्धाहरुबाट एउटा सँयुक्त आन्दोलनको छालमय संघर्षको पहल भएको छ । तर त्यसलाई सफलतामा पु¥याउन बाँकी छ । प्रतिकृयाबादी सत्ताका नायकहरुले दलितमुक्तिका एजेण्डा संविधानमा राख्नबाट निषेध गर्न ह्वीप, दवाव डर धम्की दिईरहेका छन, अहिले उनीहरु षढयन्त्रमा केही सफल भएको देखिन्छ तर त्यो पूर्ण होईन त्यसको विरुद्ध हामीले निर्मम प्रहार गर्नु पर्छ । दलित सभासदलाई दलितमुक्तिको लागि अवरोध खडा गर्न सत्ताले पद, नाम सम्मान, प्रतिष्ठाको अवसरको ललिपप देखाएका छन । हामी अव त्यसका विरुद्ध आफनो मनोभावनालाई सुदृढ,बलियो बनाउन आत्मसंघर्ष, अन्तरसंघर्ष र वर्गसंघर्षको भिषण प्रकृयाबाट विकास गर्ने हो । यि प्रतिकृयावादी शक्ति विरुद्ध सामना गर्दै आफनो बिरुदको कठोर मनोबैत्रानिक हमलालाई रोक्दै जुन संयुक्त संशोधनन प्रस्ताव दर्ता भएको छ त्यो अव संविधान विधेयकमा दफावार छलफलद्धारा दलित एजेण्डा संविधानमा स्थापित गर्न दिने या गर्न नदिने शक्ति दुश्मण र मित्रशक्तिको पहिचान गर्दै अन्तिम लडाई रडनु पर्छ ।
पीछडिएको सामन्ती सत्ताको एकजातीय कमाण्ड र यसको राज्यसंरचना प्रकारान्तले नयाँ संविधानमा कायम भई सक्यो । राज्यको यो निरकुंश शक्तिलाई भक्ताउन पहल गर्ने थारु, दलित जनजाति मधेशीलाई राज्यको दमनद्धारा निस्तेज पार्दैछ । सामान्त ठालुहरुको अभिजात वर्गिय शासन प्रणाली, ठालु सँस्कृति अन्त्य गर्न शासकहरुले सहजरुपले दिने अवस्था देखिदैन । अव आन्दोलनरत सवै शक्तिले दलित उत्पीडित तथा सीमान्तकृत सवै जनताको जुझारु मनोभाबलाई संगठित गर्दै सत्तारुढवर्गलाई गलाउने, थकाउने झुकाउने स्तरको अलि ठूलो संघर्षको कार्यक्रम गर्नु जरुरी भएको छ । दलित उत्पीडित सीमान्तकृत सबै जनतालाई मुक्त गर्ने असिम र अमिट संघर्ष नथाकेर निरन्तर लाग्नु पर्ने भएकोछ । हामी उत्पीडित दलित, सीमान्तकृत वर्गको आफनो बिशाल रक्त स्नानले नै निरकुश सामन्ती राजतन्त्रको पर्खाल भक्ताउन सफल भएकै हो । अब महान बर्गसंघर्षका भिषण क्रान्तिका प्रकृयाबाट नै दलित उत्पीडित तथा सिमान्तकृत वर्गका न्यायोचित मागहरु पुरा गर्नु पर्ने अवस्था सृजना हुदै गएको देखिन्छ । छूवाछूत अन्त्यको सवालमा वर्ग संघर्ष प्रधान हो तर हाम्रो समाजमा बर्गिय मुक्तिले मात्र जातिय मुक्ति हुदैन, त्यसको लागि हामीले बर्गिय मुक्ति र जातीय मुक्तिका दुई प्रवर्गलाई उचित संयोजन गर्दै आम रुपान्तरणयुक्त संघर्ष गर्नु जरुरी भएको प्रतिति हुन्छ । त्यसको लागि अन्यायपूर्ण आदत्तका सवैखाले सत्ताहरु निर्मूल गर्ने पूर्णयुद्ध ( टोटल वार) सग जोडेर समाज रुपान्तरणको आन्दोलनलाई अघि बढाउनुु पर्छ ।
दलित हामीले लामो समय देखि हारको जिन्दगी व्यहोरेर आईरहेका छौ । यहि हारको कारणले हाम्रो अस्तित्व स्थापित हुन सकिरहेको छैन । दलितको ईतिहास एकतरह पराजयको लामो ईतिहास बनेको छ । तर अव यो संविधान लेखनको प्रकृयामा हामी बढि आट र साहसका साथ आफनो अधिकारलाई स्थापित गर्नु जरुरी छ । नेपाली समाज यहाँ शासक वर्ग छूवाछूतलाई कुनै न कुनै रुपमा जीवित राख्ने पछौटे सोच र प्रतिकृयावादी चेतनाबाट ग्रस्ति छ । समाज परिवर्तन भएको छ दलितको समस्या छैन भन्दै हिडेता पनि वास्तवमा जातीय भेदभाव तथा छूवाछूतको पीडा समाप्त नभएको कुरा साँचो हो । दलितहरुले देशको स्वतन्त्रताको लागि आफनो जीबनलाई बलिदान गरेका छन । तर दलित दलितलाई सत्तामा स्थान सुरक्षित गर्नको लागि देशको सिङगो सामाजिक ढाँचामा दलितहरु कहाँ संवोधन भएका छ र ? चालु जातीय छुवाछूतको संरचना कायम गर्दा शासकलाई सत्तामा आफू स्थिर भईरहने मौका रहन्छ । त्यसकारण शासकहरुको लागि आफू शासन सत्तामा यस आरम गर्न पाईरहने हुदाँ जातीय भेदभाव जीवितरहनु बहुत अनुकल हुन्छ । यसलै उनीहरु यस्तो सुन्दर अवस्थालाई उ गुमाउन चाहदैनन । यसको अर्थ उनीहरु दलितलाई सत्तामा स्थापित गर्ने जोखिम लिनै चाहदैनन् । दलितलाई आफू समान बनाउने, छुवाछूतलाई मेटाउने तथा पछौटे समाजलाई बदल्ने खतरा भरसक सत्ताले लिन चाहदैन । त्यसको लागि सामन्ती एकाधिकारबाद र निरकुशतन्त्रको लामो ईतिहास बोकेको जातीय छूवाछूत र भेदभावलाई पूर्णरुपमा समाजवाट मुक्त गर्न दलित एक पटक आफै विस्फोटित भएर लडनु पर्छ ।

त्यसलै अहिले संविधान लेखनमा सबै प्रकृयावाट दलितलाई मुक्त गर्नको लागि हामीले चलाउने आन्दोलन र संघर्षमा समरपित हुदै अजय, अपराजित भएर न्यायोचित निस्कर्षमा पुग्नै पर्छ । सत्ताको यो अन्याय पूर्ण व्यवहारले अहिले दलित मुक्ति आन्दोलन प्रति केही क्षण भए पनि अवरोध खडा गर्न खोज्छ, तर त्यसलाई समाजको विकास क्रमले ध्वस्त पारेर लिन्छ । पुरानोको विरुद्ध नयाँको संरचना, ध्वस र पुननिर्माण विकासका सावैभौम नियमहरु हुन , जस्ले हजारौ जनताको महान बलिदानबाट प्राप्तगरेको संविधानसभामा दलित जनताको सचेत आवाज स्थापित गर्न कसैले रोक्न सक्दैन । यस्ता शासक वर्गले गरेका अन्यायपूर्ण व्यवहारले दलित मुक्तिको अधुरा बाटाहरुलाई सच्याउन निर्देशन गर्छ, बल दिन्छ हामीलाई । शासकवर्गको यस्तो निरंकुश बिचार,व्यवहारले संघर्षको सुदृढीकरण कामको उचित पद्धति, जुझारुपन र दलित आन्दोलकहरुमा झन एकताबद्ध भएर व्यवहारबाट ज्ञान शिक्दै आन्दोलनलाई जनपक्षधर बनाएर सफल हुनेवाटो सिकाउछ । यसबाट दलित आन्दोलकहरुमा दलित मुक्तिको क्रान्तिचेत, विपलव्वी आस्था आन्दोलन प्रति जुझारुमनोभावको जन्मदिन्छ, जस्ले दलितलाई मुक्त गर्ने सच्चाईहरु प्रतिविम्बित गर्छ । तर सहजरुपमा यि उच्चतम व्यवहार आउन सक्दैन त्यसको लागि हामीले प्रतिकृयावादी शक्ति संग रहेका शत्रुतापूर्ण अन्तरविरोधबाट दलित मुक्तिका सुत्रहरुलाई विन्यास गर्दै आन्दोलनलाई अवरोध खडा गर्ने शक्तिका विरुद्ध विस्फोटित भएर प्रतिरोधपूर्ण संघर्ष गर्दै अघि बढनु पर्छ । ईति

No comments:

Post a Comment