कथित दलित समुदायको पेशामा गैरदलित समुदाय आर्कषित

साजन परियार,पर्वत -असोज ११, विभेद विरुद्ध अभियान । पुख्यौली पेशावाट जीविका चलाउँदै आएका पर्वतका दलित समुदायका व्यक्तिहरुको पेशा सङकटमा पर्ने थालेको छ । दलितहरुले गदै आएको पुख्याली पेशामा गैर दलित समुदायको प्रवेश भएपछि प्रतिस्पर्धा गर्न नसक्दा दलित समुदायको पेशा सङकटमा परेको हो । गैरदलित समुदाय आर्थिक रुपमा सक्षम भएका कारण दलितले प्रतिस्पर्धा गर्न नसकेको कुश्मा बजारमा सिलाई व्यवसाय गदै आएका दलित समुदायको स्थानियवासी बताउँछन । गैर दलित समुदायको सवैभन्दा बढि आकर्षण सिलाई कार्यमा रहेको उनीहरुको भनाई छ ।
दलित समुदायको परम्परागत पेशामा अतिक्रमण भएकाले दलितले कसरी जीविका चलाउने भन्ने सवाल उत्पन्न भएको छ । आत्मनिर्भर बनाउने भन्दै घरेलु तथा साना उद्योग कार्यालय ,सिप विकास तालिम केन्द् र गैससले पुख्यौली पेसा भएका दलितको पेसालाई आधुनिकी करण गर्नुको बदला अन्य समुदायको सीप सिकाएर दलितको रोजिरोटी खोसेको आरोप दलित समुदायले आरोप लगाएको छ ।
दमाई समुदायको सिलाईको कार्यबाहेक सार्कीको जुत्ता सिलाउने ,वादीको माटो भाँडाकुँडा बनाउने काम समेत सङकटमा परेका छ । दमाई समुदायकाले शुभकार्यमा बजाउँदै आएको बाजा बजाउने कार्यसमेत अतिक्रमणको चपेटामा परेको छ ।पेसाको अतिक्रमण सँगै संस्कृतिसँग जोडिएका छलिया हुड्के नृत्यसमेत लोप हुने अवस्थामा पुगेको छ ।
विभिन्न स्वदेशी तथा विदेशी उत्पादनका विम्डी ,चुरोटका कारण वादी समुदायले बनाउँदै आएको माटोेका सूल्पा ,हुक्का विस्थापनमा परेपछि उनीहरुको पेशाा खोसिएको बताइएको छ । पेसा विमुख भएपछि वादी समुदायसग मागेर खानु सिवाय  कुनै विकल्प वाँकी नरहेको पम्फे दमाई बताउनुहुन्छ । सरकारले सीप भएका दलितलाई पलायन हुनवाट रोक्न सरकारी योजना ल्याइनुपर्ने उहाँको कथन छ ।

No comments:

Post a Comment