घर परिवारको हेलाले गिता परियारलाई सिप सिकायो

ओखलढुंगा , भदौ २७, विभेद विरुद्ध अभियान – श्रीमान मलेसिया गएपछि ओखलढुंगाको दियाले २ की गीता परियारले घर सम्हाल्दै आएकि थिइन । २०६८ सालमा श्रीमान डम्बर परदेश लागेपछि परिवारका सदस्यसँग सम्बन्ध विग्रिन थाल्यो । परिवारका सदस्यले हेला गर्न थाले ।
घरमा पनि जेठानीले आगो लगाइदिईन् । घर जलेपछि गीताको विचल्ली भयो । सासु र श्रीमानले पनि राम्रो गरेनन् । परदेशबाटै नानाथरी गाली गर्दै श्रीमानले तत्काल घर छाड्न धम्की दिए । बसी नसक्नु बनाए । परिवारका सदस्यले झुटो कुरा लगाउँदा पनि डम्बरले पत्याएर हेला गरे । घर जलेपछि सम्पत्तिको नाममा दुई तीन पाटा पाखो बारी मात्रै रह्यो । त्यसपछि बालखा छोरो च्यापेर न्याय खोज्दै गीता सदरमुकाम आइन ।
न्यायको खोजीमा रहेकी गितालाई अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक र आमा समूहले सहयोग गरेर न्याय दिलाए । घर आगो लगाउने जेठानीलाई कारवाही पनि भयो । न्याय पाए पनि घर फर्किने अवस्था थिएन । यस्तो अवस्थापछि महिला तथा वालवालिका कार्यालयको आर्थिक सहयोगमा सदरमुकाममै कोठा भाडामा लिएर लुगा सिलाउने काम सुरु गरिन । श्रीमान विदेश गएको एक वर्षपछि नै उनको एक्लो संघर्ष गर्नुपर्यो ।
कपडा सिलाउने पेसाबाट गुजारा चल्न थाल्यो । बालखा छोरो च्यापेर न्याय खोज्दै सदरमुकाम आएकी गीताले छोरालाई बोर्डिङ स्कुलमा भर्ना गरिन । घर छाडे पनि विदेशमा भएका श्रीमानले फर्किएपछि साथ दिने विश्वास भने टुटेको थिएन । डम्बरले साहुको ऋण तिरे तर खर्च भने पठाएनन ।यसरि डम्बर अघिल्लो वर्ष विदेशबाट फर्किए तर गीतलाई वास्तै गरेनन । सास छउन्जेल साथ पाउला भन्ने आश एकोहोरो सावित भयो । डम्बरले फर्किएपछि साथ सहयोग गर्नुको साट्टो उल्टै झगडा गरे । प्रहरीले मिलापत्र त गरायो तर सम्बन्ध भने सुध्रिन सकेन । डम्बर अहिले फेरि मलेसिया पुगेका छन् । तर गिताको भरथेग केहिपनि छैन् ।
गीताको साहारा भन्नु नै त्यहि लुगा सिलाउने मेसिन बनेको छ । त्यहिबाट आमा छोराको ज्यान जेनतेन धानिएको छ । तर श्रीमानको साथ पाउने आश भने अझैं मरेको छैन ।

No comments:

Post a Comment