सामाजिक कुरीति र जातीय बिभेद लाई गीत संगीत मार्फत प्रस्तुत

काठमाडौं ,१२ असोज, विभेद बिरुद्ध अभियान ।  भारतको मेघालयको सिलोङमा जन्मिएर म्याग्दी जिल्ला भकिम्ली गाबिस २ मा बाल्यकाल पूरा गरेका बिनोद बिस्वकर्माले चरम जातीय बिभेदलाई गीत संगीत मार्फत प्रस्तुत गरेका छन । “जो जलेको छ उसलाई मात्र थाहा हुन्छ जलनको पीडा । कल्पना गर्नेहरुलाई के थाहा जसरी अचानोको चोट खुकुरीलाई थाहा हुन्छ ।‘’ बिबिध संस्कृति र रितीरिवाजले भरिपूर्ण हाम्रो नेपाली समाज जति मनमोहक छ त्यति नै सामाजिक कुरीति, अशिक्षा, धार्मिक रितिरिवाज, पुरानो रूडीबादी परम्पराले त्यति नै ग्रसित छ ।

दलित एकता, हक, हित र जातीय भेदभाव विरुद्धको निम्ति जन चेतना फैलाउने उदेश्यले “अब बन्ने संविधानमा दलित हरुको हक हितलाई सुनिस्चित गर्नका साथै बर्षौ देखि नेपाली समाजमा जरो गाडेर बसेको जातीय छुवाछुत निर्मुल पार्नका लागि सम्पुर्ण दलितहरु एक हौ” भन्दै सँगितको माध्यमबाट सम्बंधित निकायलाई खबरदारी गर्दै कलाकार बिनोद बिस्वकर्माको लोक दोहोरी गीति एल्बम “छुवाछुत प्रथाको अन्त्य” नामक गीति एल्बम बजारमा आई सकेको छ ।
युगले कोल्टे फेरि सकेको छ तर विडम्बना नेपाली समाजमा भने हिजोका केही सामान्त बादीहरुले बनाएको एउटा अमानवीय सामाजिक व्यवस्थाले नै निरन्तरता पाई रहेको छ । शिक्षित वर्गहरुले नै पौराणिक कुरिती कुसंस्कारहरुलाई पालन पोषण गरी रहेको पाइन्छ । अँध्यारो समाजको कुरितिहरुलाई चिरेर एउटा सुन्दर र उज्ज्वल समतामुलक समाजको परिकल्पनामा यस गितले महत्वपूर्ण स्थान ओगटने पुर्ण बिस्वास बिनोद बिस्वकर्माको छ | आफुले भोगेका तितामिठा अनुभव अनुभुतिहरुलाई संगाल्दै जाने क्रममा अन्धो र अँध्यारो समाजमा ज्ञानको ज्योती छर्नको निम्ति सांगीतक क्षेत्रबाट पनि मानवीय भेदभाव एक अपराध हो भनेर समाजमा सकारात्मक सन्देश पुगोस भन्ने हेतुले सरल शब्दहरुलाई हृदयस्पर्शी भावमा ढालेर समाजको यथार्थ चित्रण गरेका छन रचनामा ।
बाबु इन्द्रबीर बिश्वकर्मा र आमा मनमाया बिस्वकर्माको कोखबाट २०४५ सालमा जेठो पुत्रका रुपमा जन्मेका उनले स्नातक सम्मको अध्ययन गरेका छन १ भाई र तिन बहिनीका दाई घरको आर्थिक अवस्था सुधार गर्न भनी बिगत ४ बर्ष देखि बिदेशिएका (कतार र दुबई) ऊनि सानै उमेर देखि बन पाखा उकाली ओराली मेलापातमा गित गाउथे भने प्राथमिक बिधालय देखि नै विद्यालय स्तरिय कार्यक्रमहरुमा स्टेजमा गित गाउन सुरु गरेका थिए त्यसै गरि माध्यामिक तहको शिक्षा अध्यनको क्रम देखि विभिन्न माबि स्तरिय एकल लोक गित तथा दोहोरी गीत प्रतियोगिताहरुमा भाग लिदै विभिन्न मेला महोत्सबहरुमा एकल लोक गित तथा दोहोरी प्रस्तुत गर्दै धेरै ठाउमा पुरस्कार जितेका छन भने गाउनको अलवा सामान्य सबै बाध्यबादन हरु पनि बजाउछन ।विभिन्न मेला महोत्सबहरूमा गित गाउदा गाउदै हिडेका उनले २०७० असोज महिनामा पहिलो एल्बम “भमरालाई रश” लाई बजारमा ल्याएर सांगीतिक यात्रा सुरु गरे पहिलो गीतबाटै धेरै श्रोताहरुको मन जित्न सफल भए र सबैको हौसला र प्रेरणा मिल्दै गयो अहिले सम्म आफ्नो ४ वटा एल्बम ‘’भमरालाई रस”, ‘’हासी हासी जाउ”, ‘’पन्छे बाजाको गीति एल्बम भेना साली सँगै नाच्ने हो” र पछिल्लो समयमा “छुवाछुत प्रथाको अन्त्य” हुन भने लय/शब्द सृजना गरि १ दर्जन जति गीतहरु सृजना गरेका छन सबै गित हरुमा आफै शब्द लय स्वर दिएका छन । “छुवाछुत प्रथाको अन्त्य” गितलाई हिम सम्झौता डिजिटल प्रा.लि. ले बजारमा ल्याएको हो ।
यो गितको मुख्य भाब भनेको अब बन्ने संविधानमा आफ्नो हक र हित सुनिस्चित गर्नको लागि सम्पुर्ण दलितहरु एक भएर लड्नु पर्छ र दलितहरुले हिजो देशको लागि हजारौले बलिदान दिए यति बेला देसमा संविधान घोषणा हुन लागेको बेला अबको संविधानमा दलितका हक अधिकारका कुरा हरु लेखिनु पर्छ अझै पानीका धारा छुन दिइदैंन इनार छुन दिईदैन मठ, मन्दिर प्रबेशमा रोक लगाइन्छ राज्यले कानुन बनाए पनी लागु गर्न सकेको छैन त्यसैले आफ्नो अधिकारको निम्ति आफै लड्नु पर्छ राज्यका हरेक क्षेत्रमा दलितको सहभागिता हुनु पर्छ भन्दै खबरदारी समेत गरिएको छ गीत एकदमै समय सान्दर्भिक भएकोले गीतको म्यूजिक भिडियो तयार पार्न समय लाग्ने भएकोले अहिले अडियो मात्र बजारमा ल्याएको सर्जक बिनोदले भनेका छन । समय सान्दर्भिक र सामाजिक रुपमा उत्कृष्ट यो गीतले मानवीय भेदभाव जस्तो कुप्रथालाई हटाउन सिङ्गो देशलाई नै सकारात्मक सन्देश दिने देखिएकाले म्यूजिक भिडियो तयार पार्न बिभिन्न दलित संघ संस्थाले सम्म सहयोग गर्ने बचन दिएका ऊनि बताउछन ।

बिनोद बिस्वकर्मा र शान्ता बर्देवाको स्वरमा रहेको गीतको शब्द तथा लय सङ्कलन आफैले गरेका छन यो गीत लाई अहिले को चर्चित म्युजिक कम्पनी हिम सम्झौता म्युजिक कम्पनीले बजारमा ल्याएको हो भने www.freenepalisong.com मा गएर सुन्न वा डाउनलोड गर्न सकिने छ । सम्पुर्ण दलित दाजु भाइ दिदी बहिनीहरुबाट राम्रो सल्लाह सुझाब र आशीर्वाद पाएको ऊनि सुनाउछन । ऊनि भन्छन लाग्छ यो गीत सुनी सके पछि सबैले मन पराउनु हुने छ मेरो यो मेहनत र सृजनालाई माया गरि दिनु हुने छ । र मैले फेरि पनि यस्ता गीत गाउन पाउने छु ।

No comments:

Post a Comment