पत्रकार प्रेम नेपाली सराङकोट खोज पत्रकारिता पुरस्कारबाट सम्मानित

पोखरा,भाद्र ३१, विभेद विरुद्ध अभियान । ब्यवसायीकता, खोजमुलक र अनुसन्धानमुलक पत्रकारितामा सक्रिय रहेर समाज रुपान्तरणमा पत्रकारिताको माध्यमबाट योगदान पु–याउने क्रियाशित पत्रकारलाई प्रदान गर्ने उदेस्यले सराङकोट साप्ताहिकद्धारा गतबर्ष स्थापना गरिएको सराङकोट खोज पत्रकारिता पुरस्कारबाट पत्रकार प्रेम नेपाली सम्मानित भएका छन् ।साप्ताहिकको सातौं बार्षिकोत्सवको अवसरमा मंगलबार पोखरामा आयोजित कार्यक्रममा नेपालीलाई कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राउतले पुरस्कार प्रदान गरेका हुन् ।
पुरस्कारको लागि गठित प्रतिभा छनौट समितिले नेपालीलाई पुरस्कार प्रदान गर्न सिफारिसअनुसा नेपालीलाई सो पुरस्कार प्रदान गरिएको हो । सराङ्गकोट साप्ताहिक पत्रिकाद्धारा स्थापित पुरस्कारको राशी ५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ ।खोजमुलक समाचारमा रुचि राख्ने, निडर र कृयाशिल पत्रकारका रुपमा नेपालीलाई सम्मान गर्न सिफारिस गरिएको प्रतिभा छनौट समितिका संयोजक राज बहादुर गुरुङ्गले बताए ।
सम्मानपछि बोल्दै पत्रकार नेपालीले पुरस्कारले आफुलाई अझ सशक्त र खोजमूलक पत्रकारिता गर्ने हौसला मिलेको बताए । नेपालीले आफुले पाएको पुरस्कारबापत्को रकममा त्यती नै रकम थप गरेर वृद्धवृद्धाहरुका लागि सहयोग गर्ने घोषणा गरेका छन् ।
२०५७ सालबाट पत्रकारीतामा निरन्तर कृयाशिल उनले तत्कालीन अबस्थामा पोखरेली राष्ट्रिय दैनिकबाट उनले पत्रकारीता सुरु गरेका थिए । उनले नेपाली जनमत राष्ट्रिय दैनिक, गगन, पोखरापत्र कान्तिपुर दैनिकमा पनि काम गरिसकेका छन् ।यसअघि कान्तिपुर पब्लिकेशनमा आबद्ध पत्रकार नेपाली पछिल्लो समय अन्नपूर्ण पोष्टको पोखरा ब्युरो प्रमुखका रुपमा कार्यरत छन् ।

No comments:

Post a Comment