जातले मात्रै केही नहुँदो रहेछ - यमुना अर्याल

काठमाडौं, १० असोज, विभेद बिरुद्ध अभियान ।  समाजको निर्माण गर्ने सवालमा मानिसको काम हेरेर सोही अनुसार चार बर्ण ३६ जातिको निर्माण भएको सुन्न पाइन्छ । कतिसम्म सत्य हो वा असत्य हो त्यो कुरामा स्पष्ट हुन इतिहासकै अध्ययन गर्नुपर्ने हुन्छ । कुरा जाति र कामबाट शुरु गरौ । पहिले भनिन्थ्यो ब्राहृमणको छोरो भएपछि ज्ञानध्यानमा बढी समय दिनुपर्छ, पूजापाठ जे भएपनि पर्ढाई लेखाईको क्षेत्रमा उपल्लो दर्जाको जात मानिएको ब्राहृमण जातिलाई नै सबैले  पुज्ने गर्थे । ब्राह्रमणलाई खुसी पार्नु भनेको भगवान नै खुसी हुनु हो भन्ने मान्यता थियो । पढाइलेखाई गर्न जान्ने भएकोले नै ब्राहमण जाति सबैभन्दा उपल्लो दर्जाको जाति हुन गएको होला । काम हेरेर सोही अनुरुपका जातिको विकास गर्ने क्रममा ब्राहम्ण निकै माथिल्लो दर्जामा पुग्यो । 

दर्जा नै उपल्लो स्तरको भएपछि उसका हरेक गतिविधि पनि सोही अनुरुपका हुन थाले । बाह्रमण जाति भन्दा तल्लो स्तरका जातजातिले अन्य काम पाए जुन उपल्लो जातको अर्थात ब्राहमण जातिले गर्न सुहाउँदैन्थ्यो । यसैगरी विभिन्न तह र तप्कामा जातिको विकास भयो । अहिले समय निकै फेरिएको छ । कुन जातिले के खान हुने के खान नुहने भन्ने पनि रीति बस्यो । त्यसैले भन्ने गरिन्छ जातले पाएको हो उसको लागि यो हदसम्म चल्छ । पहिले बाहुनको छोरोले कुखुराको मासु सम्म खाँदैन्थे, विहान ननुहाइकन चिया पनि खाने चलन थिएन, भट्टीमा जाने परिपाटी थिएन, बेद् पुराणका ठेली बोकेर पूजापाठमा मग्न हुन्थे ।  एक किसिमले समाजमा अनुशासित सौम्य र पढेलेखेको बर्ग भनेर पनि कहलिएको थियो । 

समयको दौरानसँगै जातिको ब्यवहारमा पनि परिवर्तन आयो । विगतका सबै कुरामा एकाएक क्रमभंगताको स्वरुप देखा पर्‍यो । अहिले कुनै दलित समुदायको छोराले ज्ञान ध्यानको कुरा गर्ला तर बाहुनको छोराले विर्सिसक्यो । कथित तल्लो जात भनिएकाहरुले कतिसम्म विकास निर्माण गरेका छन तर उपल्लो जात भनेर नाक फुल्याउनेहरुका हैसियत निकै गिरेको छ । अहिले त भन्ने गरिन्छ अहिलेका बाहुन जतिको सडेको जाति हुनै छैन रे । कारण स्पष्टै छ, पहिले खाने क्रममा पनि जातिको पहिचन हुन्थ्यो अहिले त्यस्तो छैन । कुनै बाहुनको छोराले जाँड रक्सीको स्वाद लिएको छैन भनी भेटाउन कठिन छ अहिले । कामको आधारमा जातीको निर्माण गर्ने हो भने पनि अहिले बाहुन समुदाय आझेलमा परेको छ । बाहिर बाहिर निकै ठूला गफ गर्ने तर घरमा नछुने भएकी महिलालाई तल्लो स्तरको ब्यहार गरेपनि बाहुनको घरमा छोरा जति बाहुन छोरी बुहारी र आमाहरु दलितकै कोटामा परेन र ? बाहुनको घरमा दलितको गन्ध छ भने दलित भनेर समाजले तल्लो दर्जामा राखेका वर्गको स्तर कहाँ होला - आरक्षण र अवसरले गर्दा अहिले दलित भनिएका वर्गको स्तरोन्ती भएको छ केहीहदसम्म । तर कथित माथिल्लो बर्ग मानिएको बाहुन क्षेत्रीको दशा लागेको छ । जातले मात्रै केही नहुँदो रहेछ भन्ने भान पर्न थालिसकेको छ । यस्तै अवस्था हो भने कुनै दिन बाहुन क्षेत्रीलाई पनि आरक्षणको गन्ध सुघाउनुपर्ने बेला आउन सक्छ । 

छाऊपडीको नाममा महिलामाथि माथिल्लो जात भनिएकाहरुले गर्ने व्यवहारको कहाली लाग्दो विलौना सुन्ने फुर्सद कसैलाई छैन । केही बुँदा यहाँ आकलन गरौँ । महिलाहरुको जैविक संरचनाको कारण निश्चित उमेर समूह विच प्राकृतिक रुपमा हुने मासिक धर्मलाई विषय बनाई मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलका विशेष गरी कालिकोट, डडेल्धुरा,दैलेख, हुम्ला, जुम्ला, अछाम, बाजुरा, डोटी, बझाङ आदि पहाडी जिल्लाहरुमा सामाजिक विकृतिको रुपमा रहेको छाउपडी प्रथा महिलाहरुको स्वास्थ्य र सुरक्षा सम्वन्धी अधिकारको हनन हो  भन्ने ठहर गर्दै सर्वोच्च अदालतको मिति २०६२ साल वैशाख १९ गतेको आदेशानुसार छाउपडी प्रथा उन्मुलन निर्देशिका, २०६४ बन्यो । सुदूरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलका कतिपय जिल्लाहरुमा केटीहरुले पहिलो मासिकधर्म (रजस्वला) हुदा ११-१५ दिन सम्म, त्यसपछिका मासिकधर्मका बेला अरु केटीहरुले ५ दिन सम्म र विवाहिता महिलाले ४ दिन सम्म छाउपडिमा बस्नु पर्ने, सार्वजनिक स्थान -धारो, बाटो, विद्यालय आदि) प्रयोग र प्रवेशमा बन्देज लगाउने तथा पोषणयुक्त खाने कुरा (दूध, दही,घ्यू, आदि) खान नदिने मान्यताका कारण महिला तथा बालिका बिरुद्ध हुने भेदभावपूर्ण व्यवहार, महिला बिरुद्धको हिंसा र निजहरुको स्वास्थ्यमा समेत गम्भिर असर पर्ने भएकोले यस्तो कुप्रथाको उन्मुलन गरी समतामूलक समाजको स्थापना गर्ने उद्देश्य यो निर्देशिकाको रहेको छ । निर्देशिकामा उल्लेख गरिए पनि छाउपडी प्रथाकै कारण वर्षेनी दर्जनौँ महिलाले अनाहकमा ज्यान गुमाइरहेका छन । 

छाउपडी प्रथामा गरिने  भेदभावपूर्ण व्यवहारको अन्त्यकोलागि सम्मानित सर्वोच्च अदालतबाट मिति २०६२ साल वैशाख १९ गते निम्नानुसार फैसला गर्‍यो, जसमा महिलालाई छाउपडी गोठमा पठाउने प्रथालाई प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले कुरिती घोषणा गर्नु पर्ने, त्यस्तै स्वास्थ्य मन्त्रालयले चिकित्सकहरु समेत भएको एक अध्ययन समिति बनाई यस प्रथाबाट महिला र बालबालिकामा पर्ने असर र समाधानका उपायको पहिचान गर्नुपर्ने, छाउपडी प्रथा विरुद्ध सार्वजनिक चेतना जगाउन स्थानीय विकास मन्त्रालयले स्थानीय निकाय परिचालन गर्नु पर्ने, एवम  महिला वालवालिका मन्त्रालयले महिलामाथि हुने यस प्रकारको विभेद अन्त्य गर्न निर्देशिका बनाई जारी गर्नु पर्ने कुरा उल्लेख छ । निर्देशिकामा उल्लेख भएर के गर्नु ? मानिसको प्रवतिमा उल्लेख भएर लागू नभएसम्म । 

जातिपातिको आधारमा अहम गर्नुभन्दा पनि काम र ब्यहारको आधारमा आफूलाई चिन्ने बानी गरौँ । बाहुनका छोरीले कपडा सिलाउँदा उनीहरुलाई के भन्ने ? विकको छोराले बेद् पढ्दा उसलाई के भन्ने ? बाहुनको छोराले श्रीमती महिनावारी हुँदा गोठमा लगेर राख्छ र चरम कष्ट दिन्छ भने उसलाई के भन्ने ? बाहुनको छोरो भन्छ भट्टी पसेपछि रित्याउन बेर लगाउँदैन भने उसलाई के भन्ने ? यी विषयमा बेलैमा बिचार गर्नु जरुरी छ । बिगतमा जे भएपनि अवको परम्परा हामीले बसाल्ने हो त्यो परम्परा विगतको जस्तो जातिको आधारमा होइन की कामको आधारमा । बाहुन भित्रका दलितको बारेमा कसैले कुरा निकाल्दैन । किनकी जहीतही बाहुन समुदायको बोलवाला छ । तर अव यी विषयमा पनि बहस पैरवी गर्नुपर्ने हो की ?

No comments:

Post a Comment