पत्रकार लक्ष्मी दर्नाललाइ स्व.उमा सिंह पत्रकारिता पुरस्कार २०७१ दिने निर्णय

भदौ २०, विभेद विरुद्ध अभियान 
सञ्चारिका समूहले सञ्चारिका समानता पुरस्कार हिमाल खबरपत्रिकामा प्रकाशित ‘बलात्कारी उम्काउने कानुनी छिद्र’ रिर्पाेटका लागि पत्रकार तुफान न्यौपाने र मीना शर्मालाई दिने भएको छ ।
न्यौपाने र शर्माले उक्त रिर्पाेट २० पुस २०७१ मा लेखेका थिए । नेपाल पत्रकार महासङ्घका अध्यक्ष महेन्द्र विष्ट, सञ्चारिका समूहका पूर्वअध्यक्ष तथा घटना र विचार साप्ताहिकका सम्पादक बबिता बस्नेत र राष्ट्रिय समाचार समिति ९रासस०का महाप्रबन्धक निर्मला आचार्य रहेको पुरस्कार छनोट समितिले यस्तो निर्णय गरेको थियो ।
सबै पुरस्कार आगामी २१ भदौमा काठमाडौँमा हुने छैंटौ महाधिवेशन तथा १९ औँ वार्षिकोत्सवको उद्घाटन समारोहमा प्रदान गरिने महासचिव नितु पण्डितले बताइन् ।यसैगरी ‘स्व.उमा सिंह पत्रकारिता पुरस्कार २०७१’ औजार राष्ट्रिय दैनिक सुनसरीमा कार्यरत लक्ष्मी दर्नाललाई दिने निर्णय गरिएको छ । यसैगरी ‘सञ्चारिका प्रोत्साहन पुरस्कार’ रेडियो नेपालकी पत्रकार शोभा भट्टराई र तराई टेलिभिजनकी पत्रकार प्रियङ्का पाण्डेलाई प्रदान गर्ने निर्णय गरिएको छ ।

No comments:

Post a Comment