अनशनमा बसेका पासवान माथि हिन्दू राज्य समर्थकले गरे आक्रमण

भाद्र २७, २०७२,विभेद विरुद्ध अभियान ।- संविधान माग्दै आमरण अनशनमा बसेका बहुजन शक्ति पार्टी अध्यक्ष विश्वेन्द्र पासवानमाथि हिन्दू राज्य समर्थकले आक्रमण गर्दा शनिबार नयाँ बानेश्वर क्षेत्र तनावपूर्ण बन्यो ।
माइतीघरबाट हिन्दू राज्यको नारा लगाउँदै आएको समूहले ‘धर्मनिरपेक्षता कायम गर’ लिखित बोर्डसहित प्रदर्शनमा बसेका पासवान र उनका कार्यकर्तामाथि जाइलागेपछि सुरक्षाकर्मीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेका थिए ।
हिन्दूवादीको आक्रमणमा परी पासवानका कार्यकर्ता दिनेश परियार, गोकर्ण सुनार र शम्भु रसाइली घाइते भएको दलित अधिकारकर्मी तथा पूर्वसभासद् विनोद पहाडीले जानकारी दिए ।

No comments:

Post a Comment