बहुजन शक्ति पार्टीका अध्यक्ष बिश्वेन्द्र पासवान तिन दिनदेखि आमरण अनसनमा

काठमाण्डु, २४ भदौ,  विभेद विरुद्ध अभियान ।– आफ्ना माग सम्बोधन नभएको भन्दै बहुजन शक्ति पार्टीका अध्यक्ष बिश्वेन्द्र पासवान तिन दिनदेखि आमरण अनसनमा बसेका छन् ।
नयाँ बानेश्वरस्थित एभरेष्ट होटल अगाडि सडक छेउमा आमरण पासवान २२ गतेदेखि अनसन बसिरहेका छन् ।अब बन्ने संविधानमा आदिबासी जनजातिलाई ३७ प्रतिशत आरक्षण हुनुपर्ने, दलितलाई १४ प्रतिशत आरक्षण हुनु पर्ने, पिछडा वर्गलाई १५ प्रतिशत आरक्षण र मुस्लिम समुदायलाई १० प्रतिशत आरक्षणको व्यवस्था सुनिश्चित गर्नुपर्ने उनको माग छ
पहिलो दिन अनसन मात्रै बसेका सभासद पासवान मंगलबारबाट आमरण अनसनमा बसेको पासवानले बताए ।पासवानले माग पूरा नभएसम्म अनसन जारी राख्ने बताए उनले कुनै पनि विकल्प बाँकी नभए पछि बानेश्वरमा अनसन बस्न बाध्य भएको बताए ।
तिन दिन देखि बानेश्वर सडकमा अनरसनमा रहेका पासवानलाई भेटन सरकारि मन्त्रीहरू, सरकारी पक्ष र पार्टी नेताहरु अहिलेसम्म कोहि न आएको पासवानले बताए ।

No comments:

Post a Comment