सेप्टेम्बर २७ तारिखको दिन डा बिष्णु माया परियारलाई समर्पित गर्दै सम्मान

विजय थापा ,वाशिंगटन डिसी असोज १३,विभेद विरुद्ध अभियान । गोरखाको बिकट गाउँ ताक्लुंगको एक दलित परिवारमा जन्मिएकी बिष्णु माया परियार (मानार्थ-विद्यावारिधि) लाई गत सेप्टेम्बर २७ तारिख उनको सम्मानमा प्रोकेलेमेसन (घोषणा) गर्दै सेप्टेम्बर २७ तारिख दिन उनलाई समर्पित गर्दै सम्मान गरिएको छ ।
उनलाई अमेरिकाको केन्टकीको लुइज़भिलमा उक्त सम्मान गरिएको हो । महिला अधिकारकर्मी तथा समाज सेवी परियारलाई केन्टकीको लुइज़भिलका नगर प्रमुख ग्रेग ई फ़िशरले उनलाई दलित ,सिमान्तकृत ,बालबालिका तथा महिलाहरुको सेवामा अहम भूमिका निर्वाह गरेकोमा उक्त सम्मान गरेका हुन् ।
उक्त कार्यक्रममा नगर प्रमुखले सेप्टेम्बर २७ तारिखको दिन लाई डा बिष्णु माया परियार लाई समर्पण गरेको घोषणा गरेका थिए भने उनले नगर प्रमुख ग्रेग ई फ़िशर तथा शहरकी महिला परिषद टिनवार्ड पूघ ,लुईजभिल बिश्व बिद्यालयका प्राध्यापक करेन कजर ,मार्क होग तथा अन्यलाई धन्यबाद दिएकी छिन् ।
हाल समाज सेवी डा बिष्णु माया परियार बोस्टन छोडेर न्युजर्सीलाई कर्म थलो बनाएकी छिन् । उनले न्युजर्सीमा कारणको लागि महिला नामक गैर मुनाफा सामाजिक संस्थाको स्थापना गरेकी छिन् ।
परियारले न्युजर्सी शहरबाट बिभिन्न सामाजिक सेवा ,टिपीएस तथा भूकम्प पिडितहरुका लागि उनले गरेको योगदान र समर्पणको उच्च कदर गर्दै सेप्टेम्बर २७ तारिख दिवस नै उनको नाममा घोषणा गरिएको हो ।
उनि भूकम्प लगत्तै नेपाल पुगी करिब एक महिना नेपाल बसी आफ्नो गाउँ पुगी राहत ,आर्थिक सहयोग ,अन्य सहयोग तथा पुनर्निर्माणमा जुटी फर्केकी थिइन् ।
डा परियार सयुक्त राज्य अमेरिकाको बोस्टनस्थित इम्पावोर दलित वुमन अफ नेपाल (EDWON) कि संस्थापक अध्यक्ष हुन भने अमेरिकाको क्लार्क विश्वबिद्यालयबाट सामाजिक परिबर्तन र अन्तर रास्ट्रिय बिकासमा स्नातकोतर गरेकी छिन् ।
२०१३ मा बिष्णुमाया परियारलाई अमेरिकाको मासाचुसेट्स राज्यस्थित १०० बर्ष अगाडी स्थापंना भएको ख्याती प्राप्त “पाइन् मानोर कलेज”ले मानार्थ बिद्यावारिधी द्वारा सम्मान गरेको थियो । 
परियारले सन् १९९६ मा आफैले स्थापना गरेको सामाजिक संस्था “एड्वन “मार्फत महिला सशक्तिकरण सम्बन्धी नेपालका दलित र अन्य बिपन्न समुदायका महिलाहरुलाई उत्थान गर्दै आएकी छिन् ।उनि बिभिन्न संघ तथा संस्थाहरुका महिला बिषय सम्बन्धि बिभिन्न कार्यक्रमको प्रमुख संयोजक तथा वक्ताको रुपमा संलग्न भै रहेकी छिन् ।
नेपाली समाजमा रहेको छुवाछुत, भेदभाव, घरेलु हिंसा, महिला उत्थान र महिला शसक्तिकरण सम्बन्धि बिशेष भूमिका निर्वाह गर्दै आफ्नो अभियानमा निरन्तरता दिई रहेकी छिन् ।एड्वानले नेपालमा महिला शशक्तिकरण सम्बन्धी नेपालका दलित महिला,बालबालिका र अन्य बिपन्न समुदायका महिला र बालबालिका उत्थानका लागि बिद्यालय स्थापना तथा बिभिन्न कार्यक्रमहरु सन्चालन गर्दै आएको छ।
सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान गरे वापत उनलाई कदरस्वरुप ४ दर्जन भन्दा ज्यादा राष्ट्रिय र अन्तर रास्ट्रिय  पुरस्कार द्वारा उनि सम्मानित भै सकेकी छिन् ।

नारी दर्पण बाट

No comments:

Post a Comment