६४ दलित घरपरिवारलाइ गाविसले सेवा सुविधावाट वञ्चित गरेको आरोप

बैतडी । ०७२ असोज २ गते, विभेद बिरुद्ध अभियान ।तल्लादेही गाविस-३ का  ६४ घरपरिवारका दलित समुदायले आफ्नो समुदायलाई गाविसले सेवा सुविधावाट वञ्चित गराएको बताएको छ  ।
 परिषद्को निर्णय विपरीत गाविसले स्थानीय दलित समुदायका लागि शिक्षा, स्वास्थ्यलगायतका कुनै पनि क्षेत्रमा कार्यक्रम नगरेको भन्दै उनीहरू आक्रोसित भएका छन् ।

गाउँपरिषद्बाट विनियोजित गरेको रकम आफूहरूले नपाएको बताउँदै स्थानीय दलित समुदायले न्यायकालागि ०७२ भदौ ३१ गते जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गरेका छन् । गत आर्थिक वर्षमा गाविस परिषद्ले दलित समुदायमा स्वास्थ्यका क्षेत्रमा काम गर्न भनि ५१ हजार रकम  विनियोजन गरेको थियो ।

स्थानिय दलित समुदायलाई खुला दिशा मुक्त बनाउने योजना अनुसार गाउँपरिषद्ले शौचालय निर्माणका लागि ट्वाइलेट सिट खरिद गर्न खर्च रकम दिने भनिए पनि सो रकम गाविसले अन्यत्रै खर्चेको बताएको दलित अगुवाहरूले बताए । स्थानीय दले पार्कीकाअनुसार विनियोजित रकममा अनियमितता गरि अन्यत्रै काम लगाएको दावी गरे । गाविस सचिव डम्वरवहादुर विष्टको मिलोमतोमा उक्त रकम हिनामिना भएको र स्थानीय दलित समुदाय उल्टै मर्कामा परेको स्थानीय पार्कीले वताए ।

गाविस सचिव विष्टले दलित समुदायको लागि छुट्टाइएको रकम उपभोक्ता समिति अध्यक्ष धौले पार्कीलाई बुझाइ सकेको र त्यसमध्ये २० ओटा शौचालयका सिटहरू खरिद गरिसकेको र बाँकी निकट भविष्यमै उपलब्ध गराइने बताए दलितका लागि छुट्ट्याएको रकम हिनामिना गरिएको भन्दै ६४ जनाको हस्ताक्षर गरी प्रशासन कार्यालयमा उजुरी दर्ता गराए पछि त्यस विषयमा प्रशासनले आवश्यक अनुसन्धान गर्ने प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले वताए ।

No comments:

Post a Comment