दलित र गैरदलित सहभोज गर्दै छुवाछुत मुक्त गाबिस घोषणा

बालकृष्ण सुबेदी ,गल्कोट २०७१ असोज २४ । जिल्लाको हटिया गाउँ बिकास समितिलाई आज एक कार्यक्रमका बिच पुर्ण छुवाछुत मुक्त गाबिस घोषणा गरिएको हो ।
उत्पिडित दलित समुदायको संजाल हटियाले आयोजना गरेको छुवाछुत मुक्त गाबिस घोषणा तथा सहभोज कार्यक्रममा बोल्दै सभासद नरबहादुर थापा मगरले अब समाजमा रहेको जातिय बिभेद जस्तो जगन्य अपराजको अन्त्य गरि समुन्मत समाजको दिशातर्फ अघि बढ्न गाग्रह गरे । जातिय भेदभाब गर्नेलाई कानुन बमोजिम सजाय दिलाउन सबै दलित अधिकारकर्मि एकजुट हुनुपर्ने पनि सभासद थापाको भनाई थियो ।कार्यक्रममा एनेकपा माओबादीका जिल्ला अध्यक्ष तिलक उप्रेति ,पृथ्बी उमाबि हरिचौरका स्रोतब्यक्ति दिनेस पन्त ,जातिय समता समाज बाग्लुङका अध्यक्ष खड्क बिक ,महिला जागरण केन्द्र हटियाकी अध्यक्ष मञ्जु शर्मा ,पुनराबेदन बार ईकाई बाग्लुङका सदस्य राधाकृष्ण ज्ञवाली ,आधिबासी जनजाती महासंघ बाग्लुङका कोषाध्यक्ष बमबहादुर गुरुङ ,दलित सेबा संघका हर्कमान बिक ,घुम्टे दलित संजालका ओम सुनार लगाएतले मन्तब्य राखेका थिए ।

कार्यक्रमको अबसरमा दलित समुदायका सदस्य र गैरदलित समुदाय बिच सहभोजको आयोजना गरिएको थियो ।कायक्रम पुर्ब दलित अधिकारकर्मि ,बिभिन्न संघसँस्थाका प्रतिनिधी ,राजनैतिक दलका प्रतिनिधी ,पत्रकार ,पञ्चेबाजाको टोली लगाएतको उपस्थितीमा हटिया बजारमा र्याली जातिय बिभेद बिरुद्द र्याली निकालिएको थियो ।
कार्यक्रम उत्पिडित दलित समुदायको संजाल हटियाका अध्यक्ष डिलबहादुर परियारको अध्यक्षतामा सम्पन्न भएको थियो ।
source: ईबागलुङ

No comments:

Post a Comment