जातीय छुवाछुतको मुद्दा सबै सचेत नागरिकले उठाउनु पर्ने- अध्यक्ष मानवहादुर नेपाली

सल्यान । ०७१ कात्तिक ३ गते
जातीय छुवाछुतको मुद्दा दलितले मात्र उठाउन पर्ने विषय नभई सबै सचेत नागरिकले उठाउनु पर्ने विषय भएको राष्ट्रिय दलित आयोगका अध्यक्ष मानवहादुर नेपालीले एक कार्यक्रममा बताएका छन् ।जिल्ला सदरमुकाम खंलगामा राष्ट्रिय दलित आयोगद्वारा कात्तिक २ गते आयोजित जातीय विभेद तथा छुवाछुत कसुर र सजाय ऐन २०६८ को विशेषता र कार्यान्वयनका चुनौति विषयक अन्तरक्रिया कार्यक्रममा नेपालीले यस्तो धारणा राखेका हुन् ।

"दलितको मुद्दा दलितले र महिलाको मुद्दा महिलाले मात्रै वकालत गर्नुपर्छ भन्ने होइन यो देशको सबै सचेत नागरिकले उठान गर्नुपर्ने विषय भएकाले सबै सरोकारवाला निकाय जिम्मेवार भएर लाग्नु पर्छउनले भने ।
कार्यक्रममा प्रमुख अथिति जिल्ला न्यायधीश शिशिरराज ढकालले जातीय विभेद सम्बन्धी घटनाहरू गाँउमै मिल्ने भएकाले पीडितले न्याय र पीडकले सजाय पाउन नसकेको बताए । 

कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी दिनेश भट्टराईसल्यानका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यसल्यानका स्थानीय विकास अधिकारी हरीप्रसाद दाहालजिविस रुकुमका  ललित वुढाजिल्ला प्रहरी कार्यालय दाङका एसएसपी खिनुप्रसाद आचार्यजिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी अरुणप्रसाद शाहनेपाली कांग्रेसका केन्द्रीय सदस्य डिल्लीराज रेग्मी लगायत स्थानीय राजनीतिक दलदलित अधिकारकर्मीसल्यान जिल्लाका कार्यालय प्रमुख तथा प्रतिनिधिपत्रकारकानुन व्यवसायी लगायतको सहभागीता रहेको थियो ।

No comments:

Post a Comment