घरायशी विवादमा सुनारले आफ्नै बाबुको घाँटी रेटी हत्या गरे


धादिङ, असोज २२ गते । घरायशी विवादका कारण धादिङ भुमेस्थान गाविस वडा नं ३ इजाराका धु्रवबहादुर सुनारले मंगलबार बेलुकी आफ्नै बाबुको घाँटी रेटी हत्या गरेका छन् । 
धादिङ भुमेस्थान सुनारगाउँमा छोरा धु्रवबहादुर सुनारले आफ्नै बाबु ५५ बर्षिय कृष्णबहादुर सुनारको घाँटी रेटी हत्या गरेका हुन् । आफ्नै छोराले श्रीमानको हत्या गरेको दृश्य खप्न नसकेपछि ५० बर्षिया श्रीमती बृन्दा सुनार र बृन्दाकी २३ बर्षिया छोरी बट्टाईले पनि संगै विष सेवन गरी आत्महत्याको प्रयास गरेका छन् । असोज २१ गते मंगलवार सांझ ६ वजे तिर घरमा कोही नभएको वेला पारी ध्रुवले वावुलाई चक्कुले घाँटी रेटी हत्या गरेको खुल्न आएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक प्रेमवन्धु पोखरेलले बताउनु भयो । बाबुको हत्या पछि भाग्दै गरेका ३२ बर्षिय धु्रवलाई स्थानीयको सहयोगमा मंगलवार राति नै प्रहरीले नियन्त्रणमा लिएको छ ।
परिवारका सबैले सँगै दशैँ मनाएका थिए । घटना भएको केही क्षण अगाडि मात्र पनि परिवारका सवैजना एकै ठाउँमा बसेर टिकाटालो गरेर छुटेका थिए । छुटेको तुरुन्तै घाँटीरेटी हत्या भएको दृष्य देखेपछि कृष्णवहादुरको श्रीमती वृन्दा र छोरी बट्टाईले घरमा राखिएको विषादी सेवन गरेको प्रहरीले जानकारी दिएको छ । बिषादी सेवनवाट गम्भिर हुन पुगेका आमा छोरीलाई तुरुन्तै उपचारका लागि काठमाडौं पठाईएको थियो । उनीहरु मध्ये वृन्दाको अवस्था चिन्ताजनक रहेको परिवारजनले जानकारी दिएको छ । वृन्दालाई वीर अस्पतालमा आइसियूमा राखेर उपचार भइरहेको छ भने छोरीको अवस्था भने सामान्य हुंदै गएको पनि प्रहरीले जनाएको छ । कृष्णवहादुरको शव पनि पोष्टमार्टमका लागि शिक्षण अस्पताल लगिएको छ । 
मंगलवार दिउँसो दशैंको टिका लगाउन छोरी बट्टाई श्रीमान सहित माइत आएकी थिइन । छोरी ज्वाईलाई टिका लगाई ५ बजे तिर कोठामा सुत्न गएका कृष्णवहादुरलाई घरमा मानिसको चहलपल घटेपछि छोरा धु्रवले कोठामा पसि चक्कुले घाँटी रेटी हत्या गरेको प्रारम्भिक अनुसन्धानवाट खुलेको पनि प्रहरी निरिक्षक पौडेलले जानकारी दिनुभयो । कोठामा सुतिरेहका कृष्णवहादुरको हत्या भएको देखेपछि परिवारका सदस्यहरुले गाउंलेहरुसंग गुहार मागेका थिए । 

No comments:

Post a Comment