दलित सवाल र संविधान निर्माण प्रकृया विषयक पूर्वाञ्चल स्तरीय छलफल

जागरण मिडिया सेन्टर यूएनडिपीको सहकार्यमा असोज ३० गते सिरहाको लहानमा मिडियामा दलित सवाल संविधान निर्माण प्रकृया विषयक पूर्वाञ्चल स्तरीय छलफल कार्यक्रम सम्पन्न भएको छलफलमा सहभागीहरुले राजनीतिक दलहरुको आफ्नो अडानका कारणले मुलुकमा संक्रमणकाल लम्बिंदै गएकाले सबै क्षेत्र प्रभावित भईरहेको चर्चा गर्दै त्यसका लागि सबैले जिम्मेबारीपूर्वक आफ्नो भूमिका खुल्नु पर्नेमा जोड दिएका थिए
नेपाल पत्रकार महासंघ सिरहा शाखाको स्थानीय समन्वयमा भएको छलफल कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथिको रुपमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गणेश लम्सालले प्रेस स्वतन्त्रता नागरिक अधिकारसँग पनि जोडिएकाले प्रेस स्वातन्त्रताको रक्षाका लागि सबै पक्ष संवेदनशील हुन आग्रह गर्नुभयो अधिकारबाट बञ्चित गरिएका समुदायको अधिकारको ग्यारेण्टीका लािग विशेष गरी मिडिया अधिकारको क्षेत्रमा काम गरिरहेकाहरुले राजनीतिक दलहरुलाई निरन्तर दवाव दिन जरुरी केन्द्रीय सदस्य लम्सालले भन्नुभयोत्यसका लागि महासंघ प्रतिबद्ध भएर काम गरिरहेको
कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै लम्सालले दलितहरुको समस्या छुवाछूत मात्र नभएर राजनीतिक, आर्थिक समस्या समेत रहेको औंल्याउँदै उहाँले नयाँ संविधानसमार्फत् दलितहरुलाई पनि राज्यको मूल प्रवालमा ल्याउन मिडियाले महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताउनु भयो नयाँ राजनीतिक व्यवस्थाको अनुभूति दलितहरुले पनि गर्न पाउनु पर्छउहाँले भन्नुभयोत्यसका लागि मिडियाले सहयोगी भूमिका खेल्न जरुरी
कार्यक्रममा यूएनडिपीको नेपालमा सहभागितामूलक संविधान निर्माण परियोजनाकी मिडिया अधिकृत रेणु क्षेत्रीले नेपालमा जनतानको चाहना अनुसारको संविधान निर्माणका लागि यूएनडिपीले सघाईरहेको चर्चा गर्दै त्यसका लागि मिडियासँग सहकार्य गरिरहेको बताउनु भयो जनताको अधिकारका लागि मिडियाले सशक्त भूमिका खेलेको उहाँले भन्नुभयो

छलफलको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रेस काउन्सिल नेपालका सदस्य चन्द्रदेव कामतीले अधिकारविहीनहरुको अधिकारको वकालत गर्दा मिडियाले आचारसंहिताको पालना गरे प्रेस स्वतन्त्रताका घटना न्यून हुने चर्चा गर्दै नेपालमा जारी संविधान निर्माण प्रकृयामा मिडियाले अधिकारविहीनहरुको हक अधिकारका लागि खवरदारी गरिरहनु पर्नेमा जोड दिनुभयो
छलफलको उद्घाटनपछि अधिवक्ता बसन्त अधिकारीले संविधानसभाबाट संविधान निर्माणको वर्तमान अवस्था (विगत संविधानसभाको कामको स्वामित्व नयाँ संविधानसभाका समितिहरुको काम कारबाही) को विषय केन्द्रित कार्यपत्र प्रस्तुत गर्दै छलफल चलाउनु भएको थियो त्यस्तै, दलित अधिकारकर्मी जे.वी. विश्वकर्माले नयाँ संविधान, दलित अधिकार संचारकर्मीको भूमिकाविषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो
कार्यपत्रको प्रस्तुतीपछि सप्तरीबाट बरिष्ठ पत्रकार वैद्यनाथ झा, झापाका पर्वत पोर्तेल, मोरङ्की इन्दिरा भट्टराई, उदयपुरकी बविता परियार सिरहाबाट जीवछ यादवले टिप्पणीसहित आफ्नो धारणा राख्नु भएको थियो

सिरहा, सप्तरी, उदयपुर, सुनसरी, मोरङ् झापाका गरी ४० जना सकृय पत्रकारहरुको सहभागिता रहेको छलफल कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष देवकुमार यादवले गर्नु भएको थियो भने संचालन मणिलाल विश्वकर्माले गर्नु भएको थियो छलफल कार्यक्रममा सहभागी पत्रकारहरुलाई स्वागत गर्दै कार्यक्रमको विषयमा जागरण मिडिया सेन्टरका कार्यक्रम प्रबन्धक राजेशचन्द्र मरासिनीले प्रष्ट्याउनु भएको थियो




No comments:

Post a Comment