समाज भनेको सम्बन्धहरूको जालो हो । व्यक्ति, परिवार, नाता गोता, छरछिमेक तथा समुदाय–समुदाय बीच एकआपसमा साँस्कृतिक, धार्मीक, आर्थिक तथा राजनैतिक अन्तरसम्बन्ध रहेर सामाजिक संरचनाको निमार्ण हुन्छ । एक समुदाय अर्को समुदायसँग सामाजिक जालोमा बाधिएको हुन्छ । हरेक समुदायले आफ्नो विकास र समृद्धि आफु रहेको समाजभित्रै बसेर खोज्ने हो । समाज भित्रैबाट अवसरहरु खोज्दै गर्दा के हामीले भोगीरहेको समाजले सबै जात जातिलाई समान अवसर प्राप्त गर्ने मौकाप्रदान गरेको छ त ? जब मानिसको जन्म हुन्छ न उसले कुनै सम्बन्धहरु लिएर आएको हुन्छ नत कुनै विभेदनै, न त्यो दलित भएर जन्मन्छ न त पण्डित नै । जन्मेपछि मात्रै उसलाई नयाँ सामाजिक बातावरणमा हुर्काउन थालिन्छ । त्यही बातावरण वा सम्बन्धले नै सामाजिक÷साँस्कृतिक संरचनाको रुप लिन्छ र सोही अनुसारको ब्यवहार गर्न निर्देशित गर्दछ । यसरी सम्बन्ध प्रदान गर्ने र परिभाषीत गर्ने हाम्रो सामाजिक संरचना कस्तो छ त ? त्यो संरचनाको बारेमा विश्लेषण गर्न जरुरी छ ।
यतिबेला एउटा मान्छे भनेर परिभाषित गरिएको मान्छेलाई अमान्छे वा दलित बनाउने सामाजिक संरचनाको बहस शुरु गर्ने कि नगर्ने भन्ने प्रश्न नेपाली समाजमा उभिएको छ ? यसको अर्थ यो हैन कि सँरचनाको बारेमा बहस नै भएको छैन भन्ने हैन । बहसहरु भएका छन् । तर ति बहसहरु हामी र हाम्रो समाजलाई परिर्वतन गर्ने सन्र्दभमा प्रयाप्त छन् कि छैनन् । विभेदलाई परिवारका जेष्ठ सदस्य र समाजका साँस्कृतिक मुल्य र विश्वासहरु सँग जोड्ने नाममा हामी आफैसँग जोडीरहेका त छैनौ ? राजनैतिक पार्टीको जिम्मेवार नेतृत्वले विभेदको विरुद्ध अभिब्यक्ति दिदै गर्दा आफ्ना बृद्ध आमा बाऊको ब्यक्तिगत स्वतन्त्रताको सवाललाई जोड्दछ । बृद्ध बृद्धाहरुलाई दोस थोपरेर आफु मख्ख परिरहेको अवस्था हामी देखीरहेका छौ । समाजमा रहेका सानादेखि ठुला अवयवहरु हरेकलाई विभेदकारी बनाई राख्ने मुख्य संरचना ‘वर्णव्यवस्था’ नै हो ? यसले जुठो र चोखो, उचो र निचो र छुने र नछुनेको बिचको सृङखला निमार्ण गरिरहेको छ । कुनै जात र वर्गको स्र्वपुर्तिका लागि नियन्त्रित कार्यक्रमहरु सँचालनमा रहेका छन् । सहभोज, चुलेभोज, सार्वजनिक चियापान तथा निश्चित सार्वजनिक स्थानहरुमा यस्ता सस्ता कार्यक्रमहरु चलाईन्छ । यस्ता कार्यक्रमहरु यतिकैमा अन्त हुन्छन्, या मुख्य सवालहरु तर्फको यात्रामा लाग्दछन् । प्रश्नहरु सृजना भएका छन् । प्रजातान्त्रिक आन्दोलन भन्दा पुरानो ईतिहास बोकेको छ दलित आन्दोलनले । बागलुङगका सर्वजीत विश्वकर्माले बागलुङगबाट सँचालन गरेको दलित आन्दोलन अहिले शुष्त गतिमा देखिन्छ । पञ्चायती शासनको बेलामै कालिका मन्दिर परिसरमा सँचालित साँस्कृतिक कार्यक्रममा उपल्लो जातका भनाउदाले ….दाई …..रे, गाईको मासु माया नमारे गित गाउदा, दलित युवाहरुले मरणसन्न हुने गरि आक्रमण गरेको स्थान हो बागलुङ । तर अहिले बागलुङगमा महायज्ञ लगाईयो दलितहरुले महायज्ञमा लाखौ रकम सहयोग पनि गरे तर प्रसाद खादा दलितहरुलाई छुट्टै लाईनमा राखेर ख्वाईयो । नजिकैको जिल्ला पर्वतमा आन्तरिक छुवाछुतको सवाललाई लिएर भएको घटनामा राजेश नेपालीको हत्यानै भयो । अब मुल्याँकन गरौ सरकारी तथा गैरसरकारी क्षेत्रबाट समानता र मानव अधिकारको लागि गरिएको लगानी कहाँ थन्किएको छ ?
दलित आन्दोलन जातिय छुवाछुतले निम्त्याएका परिणामहरुमाथि अभियान चलाएर पहेँलिएका पातहरु झा¥दै मख्ख पर्ने कि, यसका कारणहरुमा पसेर जरा काट्ने, दलित आन्दोलन स्पष्ट हुन जरुरी छ । जब के गर्ने भन्ने स्पष्टता आउँछ तत्पश्चात त्यो मूख्य सामाजिक संरचना ‘हिन्दु वर्णव्यवस्था’ को गहिरो पहिचान र अध्ययन हुन जरुरी छ । जसले सदियौ देखि छुवाछुतलाई आफ्नो सँस्कार र संस्कृतिको रुपमा विकास गरिरह्यो । यस्तो सामाजिक संरचनालाई टिकाई राख्ने हिन्दुवर्णाश्रम ब्यवस्थाको बारेमा हाम्रा मतहरु के हुन् ? । वर्णाश्रम ब्यवस्थालाई हेर्ने दृष्टिकोण दलित अभियानकर्मी भनिएकाहरुको कस्तो हो ? यहीँबाटै दलित आन्दोलनका साझा सवालहरु खोतल्ने प्रयास हुनेछ । जसले यो ब्यवस्थालाई भत्काउने दृष्टीकोण राख्दछ उनीहरु सबै दलित आन्दोलनका अभियानकर्मी बन्न सक्दछन् । जो राख्दैनन् ति पहेँलिएका पातहरु मै अल्झीरहनेछन् । त्यसैले आजको साझा आवश्यकता पहेँलै पातमा अल्झने कि वा त्यस्ता पातहरु निर्माण गर्ने संरचनालाई( वर्णव्यवस्था) ध्वंश गर्ने भन्ने हो ।
एक जना मेरा प्रगतिशील मित्रले हामीसँगै उनको घरमा जाँदा बाहिरै राखेर खुवाए । कारण हामीसँग दलित साथी हुनुहुन्थ्यो । अनि भने, मैले जातव्यवस्था नमानेर के गर्नु घरका वृद्ध बा आमाले मान्दैमान्दैनन्, छरछिमेकी उस्तै । उदेक लाग्छ त्यस्ता प्रगतिशील भनिने काँग्रेस, कम्यूनिष्टका कार्यकता देखेर जो वर्णाश्रम ब्यवस्थाको विरुद्ध केही बोल्दैनन्, पुर्खालाई दोष दिन्छन् र परिवर्तनप्रतिको आफ्नो जिम्मेवारी हजुरबा हजुआमामाथि पन्छाउँछन् । अझ, पुर्खादेखि मानि आएको भन्दै ब्यक्तिगत स्वतन्त्रताको मसला मिसाएर, बृद्ध हजुर आमा हजुर बाहरुलाई विभेदको दोष थुपारी बस्दछन् । के जातापात र छुवाछूत प्रगतिशील भन्दै उम्कने र गैससलाई परियोजना बाँड्ने विषयबस्तु मात्रै हो र ? यस्ता विषयमा दलित आन्दोलनले गम्भीर ध्यान दिन जरुरी छ । हिन्दु वर्णाश्रम ब्यवस्था भित्रको जात प्रथा र श्रम विभाजन प्रणालीको विरुद्ध लड्ने आन्तरिक इच्छा शक्ति दलित आन्दोलनसँग कति छ ? आन्दोलनका सहयात्री भनिएकाहरुले साच्चिकै दलित आन्दोलनमा एक दुई ईट्टा थपिरहेका छन् या फेरी केहि प्रतिवेदनका धड्डा तयार पारिरहेका छन् ? भिडमा उठाईने दलितका सवालहरुलाई भिड देखि अलग गर्नु पर्दछ । पसलेको जस्तो लेनदेनको सवाल बनाईनु हुदैन जातियविभेदलाई । ग्राहकको र पसलेको जस्तो सम्बन्ध हुनु हुदैन । यसले नै दलित आन्दोलनलाई साझा सवालहरुलाई सम्पूर्ण रुपमा दिशानिर्देश गर्छ ।
हिन्दु बर्णाश्रम ब्यवस्थाले तयार पारेको नेपाली समाजको चरित्र नै अन्यायपूर्ण र विभेदसहितको छ । जसले समाजमा असामन शक्ति सम्बन्धको निमार्ण गरिरहेको छ । यसरी अन्यायपूर्ण शक्ति सम्बन्धको बलमा टिकेको संरचनाको विरुद्धको लडाई समानताको लडाईबाट जित्न सम्भव छ त ? देखिने घटनाहरुमाथि केन्द्रित रहेर आन्दोलन गरिरहेका छौ कि, अमान्छे निमार्ण गर्ने सँरचना विरुद्ध आन्दोनलन केन्द्रीत गरिरहेका छौ ? वा सचेतता पुर्वक र नियतबस नै अधिकार कर्मी बनिरहेका छौ या संयोगले अधिकारकर्मी बनिरहेका छौ ? यस्ता प्रश्न प्रत्येक अधिकारकर्मीहरुले आफैभित्र तेस्रयाउन जरुरी छ । किनकि आन्दोलनले सचेततापूर्वक यथास्थिति सँंरचनामाथि औला ठड्याउँदछ । के हामी यो यथास्थिति वा पुरानो संरचनाको विरुद्ध औँला ठड्याइरहेका छौँ वा मलजल ?
केही ब्यक्तिहरु (दलित र गैरदलित) दुबैमा वैचारिक स्पष्टता रहेको पाइन्छ । जहाँ त्यस्तो छ त्यहाँ छुवाछुत विरुद्धको अभियान साझा सवाल बनिरहेको छ । हुनुपर्ने साझा सवाल केही व्यक्तिहरुमा भन्दापनि राजनैतिक पार्टीहरुमा हो । तर, नेपालका अधिकाँस राजनैतिक पार्टीहरु दलित आन्दोलनको सवालमा बैचारिक अस्पष्टतामा रुमल्लिरहेका छन् । व्यवहारिक रुपमा त उनीहरु दलित मुद्दालाई सरकार र शक्ति आर्जन गर्ने सिँढी तथा भ¥याङ मात्रै बनाउँदै आइरहेका छन् र बनाउँदै छन् ।
यसरी नियतबस प्रर्दशन गरिएका समान ब्यवहारहरुमाथि अब प्रश्न गर्नुपर्दछ । केवल दलितको घरमा बसेर खाने तर आफ्नोमाचाहिँ नलैजाने, मन्दिर प्रवेश गर्ने, सहभोज गर्नेजस्ता सुधारबादी कार्यक्रम मात्रैले अब दलित आन्दोलनालाई फाइदा पु¥याउँदैन बरु अलमल र विचलित मात्रै बनाउँछ । हजुर आमालाई विभेदको दोष लगाएर घुमाउरो पारामा विभेद गर्ने पारिवारिक संस्कारको विरुद्ध कसरी अभियान चलाउने ? समस्या हामीले सृजना गर्ने दोष अर्कोलाई लगाउने विथितीबाट कसरी उम्कने ? अब, टुप्पोमा मात्रै होइन समाजमा तिब्र अन्तर ल्याउने र तहगत श्रेणी तयार गर्ने वर्णव्यवस्थाकै विरुद्ध निशाना प्रहार गरिनुपर्दछ । जतिबेला मानव समाज माथि लागेको छुवाछुतको कलंकलाई दलित समुदायको मात्रै होइन भन्ने भ्रमबाट हामी सबै उम्कन्छौ तब मात्रै हिन्दु वर्णव्यवस्था विरुद्धको हाम्रो लडाई साझा बन्दछ ।
Buddhithapamagar@gmail.com
No comments:
Post a Comment