साझा उद्देश्य प्राप्तिका लागि एकजुट भएर काम गर्ने प्रतिवद्धता -राजेन्द्र ताम्राकार


काठमाडौं÷असोज ३०, दलित महिला अधिकारकर्मीले जुनसुकै पद्धति र व्यवस्थामा आधारित भएर काम गरेपनि उद्देश्य प्राप्तिका लागि एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभएको छ । 
दलित महिला संघ (फेडो) द्वारा सञ्चालित कार्यक्रमको निर्धारित लक्ष्य प्राप्तिका लागि निरन्तर अनुगमन, मुल्याङ्कन गर्ने र आगामी दिनमा काम क्रियाकलापलाई अझबढी प्रभावकारी बनाउने उद्देश्यले संस्थाद्वारा सञ्चालित तीनदिने अनुगमन तथा मुल्याङ्कन तालिमका सहभागिले यस्तो धारणा व्यक्त गर्नुभएको हो । 
विगत लामो समयदेखि सामाजिक, आर्थिक, राजनीतिक सशक्तिकरण, शिक्षा, स्वास्थ्य, आर्थिक सशक्तिकरणका क्षेत्रमा आफ्ना काम क्रियाकलापलाई समुदायस्तरमा पु¥याउँदै आएको संघले काठमाडौं, भक्तपुर, ललितपुर, बाँके, बर्दिया, दैलेख, सूर्खेत, सिरहा, सप्तरी, बारा, पर्सा लगायतका विभिन्न १५ जिल्लाका दलित महिलालाई तीनदिने अनुगमन तथा मुल्याङ्न तालिम प्रदान गरेको हो । 
तालिमका अवसरमा दलित महिला संघकी अध्यक्ष दुर्गा सोबले अहिले नयाँ संविधान निर्माणको प्रक्रिया अगाडि बढिरहेकाले नागरिकता, निर्वाचन प्रणाली, शासकीय स्वरुप, सङ्घीयता लगायतका विषयमा महिला त्यसमा पनि दलित महिलाले आफ्नो स्थान खोज्नुपर्नेमा जोड दिनुभएको छ । 
उहाँले दलित महिला संघमा आवद्ध महिलाले आफूलाई अगाडि बढाउनका लागि सबभन्दा पहिला आफ्नो क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुपर्ने खाँचो औंल्याउनुभयो । सोबले दलित महिलाले लामो समयदेखि अधिकारका क्षेत्रमा काम गरिरहेको बताउँदै अनुगमन तथा मुल्याङ्कन तालिमले ति काम क्रियाकलापलाई प्राविधिकरुपमा कसरी अनुगमन तथा मुल्याङ्कन गर्ने भन्ने विषयमा सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । 
तालिम अवधिमा अनुगमन, मुल्याङ्कन के हो ?, अनुगमन, मुल्याङ्कन किन गर्ने, केमा गर्ने, कसरी गर्ने, अनुगमनका प्रकार र पद्धति के–के हुन् ?, यसको आधार के हुने, अनुगमन गर्दा सूचक कसरी तयार गर्ने, प्रतिफलमा पुग्नका लागि कसरी योजनावद्ध अनुगमनको आधार तयार गर्ने, परियोजनागत र व्यक्तिगत योजना कसरी तयार गर्ने र कस्तो बनाउने लगायतका विषयमा सैद्धान्तिक र व्यवहारिक ज्ञान तथा सीपको बारेमा प्रशिक्षक कुमार उपाध्यायले सहभागीलाई प्रशिक्षण दिनुभएको थियो ।
तालिममा अनुगमन कसरी गर्ने त्यसका लागि सूचक कसरी तयार गर्ने, प्रतिफल प्राप्तिको लक्ष्य प्राप्तिका लागि कसरी अनुगमन गर्ने भन्ने विषयमा स्वास्थ्य, शिक्षा, राजनीतिक सशक्तिकरण, आर्थिक सशक्तिकरण, रोजगारी लगायतका क्षेत्रलाई आधार मानी समूहमा छुट्टाछुट्टै समूह कार्य गराईएको थियो । तीनदिनसम्म सञ्चालित तालिममा सहभागी र प्रशिक्षकबीच दोहोरो अन्तरक्रियात्मक छलफल भएको थियो । साथै तालिमका अवसरमा सिकेका विषयमा सहभागीले आ–आफ्नो अनुभव आदानप्रदान गर्नुभएको थियो । असोज २८ देखि आज ३० गतेसम्म सञ्चालन भएको तीनदिने अनुगमन तथा मुल्याङ्कन तालिममा बाँके, कैलाली, कञ्चनुपर, बर्दिया, सूर्खेत, सिरहा, बारा, पर्सा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर लगायतका गरी २५ जना दलित महिलाको सहभागिता रहेको थियो । 

No comments:

Post a Comment