बहुविवाह गरेर आफू अन्यायमा परेको भन्दै जाहेरी

पाल्पा । ०७१ कात्तिक १४ गते

पिपलडाँडा गाविस२ की ३० वर्षीया मीना नेपालीले पति ३५ अर्जुन बौडेलविरुद्ध कात्तिक १४ गते जिल्ला प्रहरी कार्यालयमा बहुविवाहको उजुरी दिएकी छन् । 
रामपुर नपा७ की जमुना बौडेलसित पतिले दोस्रो विवाह गरेर आफू अन्यायमा परेको भन्दै उनले जाहेरी दिएकी हुन् । आरोपितलाई गिरफ्तार गरी कानुनी कारबाही प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर डाक्टरप्रसाद चौधरीले बताए ।

No comments:

Post a Comment