गोरीकला विक मानुसिलाई किन विवाहप्रति वितृष्णा जाग्यो ?

२०६० सालमा दार्चुला जिल्लाको पार्टी इन्चार्ज भएँ त्यहि समयमा पार्टीको सिनियर नेता बझाङ, दार्चुला बैतडिको संयोजक थियो सुरुसुरुमा इन्चार्ज भएकी थिए मैले पनि कसैको सहयोग लिनु पर्ने थियो नयाँ भूगोल थियो भरखर मेरो दाई अम्मर बहादुर विक म्यागदीमा सहिद हुनु भएको थियो मानसिक रुपमा पनि विक्षिप्त थिएँ मेरो नेतृत्व प्रति विवश्त थिए नेताले कार्यकर्तालाई गर्ने व्यवहार गर्लान भन्ने थियो भूमिगत पार्टी रातीराती संगठनको काममा हिड्नु पर्ने त्यो मान्छे मेरो नेता थियो उसको नजिक हुन स्वभाविक थियो त्यहि समयमा दाई सहिद भएको भावनात्मक रुपमा पनि नजिक थिए एउटै जिल्लाका भएर पनि होला तर विड्म्बना त्यो मान्छेले राती एक्लो भएको समयमा मसंग यौन सम्बन्ध राख्यो   मैले पनि त्यो समयमा त्यसको प्रतिवाद गर्न सकिन आफै कुण्ठित भए सबै कुरा गुम्यो भन्ने भान भयो सबै सकियो केहि बाँकि रहेन भन्ने लाग्यो
कति ठूलो सपना थियो त्यो सपना टुट्यो मेरो कमजोरीको फाइदा नेताले लियो उसले मसंग सहमती लिएर अथवा हामीवीच कुनै प्रेम वा भावनात्मक रुपमा कन्भिन्स भएर यौन सम्बन्ध भएको होइन त्यो आकस्मिक भएको थियो तर पार्टीले सहमतिमा भयो भन्ने सोच्यो मैले प्रतिवाद गर्न सकिन माथि अन्याय भयो
समयमा पहल कदमी लिन नसक्दा उसले गरेको गल्तीको सजाय मैले पनि भोग्नु ¥यो एक बर्ष सम्म पार्टीले साधारण सदस्य नरहने गरि डोटीमा श्रमशिविरमा राख्यो उसलाई अछाममा साधारण सदस्य नरहने गरी श्रमशिविरमा राख्यो त्यहि समय देखि यो पुरुष मानसिकता, पुरुषवादी चिन्तनको शिकार भएपछि त्यो समयमा विवाह प्रति नै वितिष्णा जाग्यो महिलालाई हेप्ने प्रवृतिको विरद्ध लाग्नु पर्छ भन्ने लाग्यो
एक बर्ष पछिको कार्वाहि सकिए पछि पुन पार्टी काममा लागे एक चोटीको अर्काको गल्तीको सजाय मैले पनि भोगे त्यसपछि लामो समय सम्म त्यो पिडाले मलाई छोडेन त्यो बाट मुक्त हुन पनि मलाई लामो समय लाग्यो विवाह नै गर्नु हुदैन भन्ने जड मानसिकता छैन सांस्कृतिक केस घटे पछि पुरुषवादी मानसिकताले पार्टी समाजमा काम गर्ने कुरा भइहाल्यो  
विवाह गर्ने उमेर अहिले पनि तर अहिले मेरो उमेरका साथिहरुले विवाह गरिसकेका छन् अहिले कालीकोट जिल्लाको नेकपामाओवादी को इन्चार्ज छु अहिले पनि सहिदका सपना, जनताको जिवन स्तर जहाँका त्यहि छन् त्यसको लागि पुन क्रान्ति हुनसक्छ शान्तिपूर्ण रुपमा केहि परिवर्तन हुन्छ तर आमूल परिवर्तन हुदैन
अहिले सम्मको इतिहास हेर्दा पनि शान्तिपूर्ण रुपमा कहि कतै आमूलपरिवर्तन भएको छैन   अझपनि जनताको जिवनमा आमूल परिवर्तन गर्न क्रान्ति गर्नु पर्छ भन्ने मानसिकताका साथ पार्टी, सिद्धान्त, विचार वर्ग प्रति कटिबद्ध छु
यौन विवाहका बारेमा प्रस्टता थिएन
सानै उमेरमा क्रान्तिमा लागे त्यो समयमा दिल दिमागमा क्रान्ति भन्दा अरु केहि थिएन पहिला उमेर पनि सानो थियो विवाहका बारेमा सोचिएन संगठन निमार्ण, पार्टीको काममा नै व्यस्त भइयो
युद्धमा भएको पार्टीमा महिला पुरुषको उमेर पुगे पछि हुने प्रेमलाई माक्र्सवादी तरिकाले हल गर्न सकेन महिलाहरुले पनि सहज रुपमा पहल लिन सकेका कारण कार्वाही भोगे पार्टीले पनि यो विषयमा वातावरण सहज बनाउन सक्नुपथ्र्यो क्रान्तिकारी पार्टीमा अनैतिक छाडा यौनलाई निरुत्साहित गदै जानु ठिक हो माक्र्सवादी नैतिकता भन्दा बाहिर जानु हुदैन तर कयौ विषयमा पार्टी अली कठोर पनि भएको
प्रेम यौनका विषयमा छलफल चलाउने, सैद्धान्तिक रुपमा स्पष्ट पार्नु भन्दा एकोहोरा कार्वाहिको बाटोमा गयो कयौ नयाँ आएका पार्टी क्याडरहरुलाई आफै निकास दिन नसक्ने पार्टीले सहज रुपमा नलीने हुदा कयौ समस्या आए पार्टीले पनि कठोर नितिबाहेक अन्यबाटो देखेन
यसरी जोडिइन् राजनीतिमा
जनयुद्ध सुरुहुदा कालीकोटको नन्दा मावि कोटबाडामा कक्षा मा पढ्दै थिए कणार्ली देशकै सबै भन्दा विगट मानिन्छ त्यहि कर्णालीमा पर्ने कालीकोट जिल्ला पनि वर्गीय, जातिय, क्षेत्रिय, लैङ्गीक विभेद थियो त्यहि विभेदको विचबाट कम्युनिष्ट भइयो
दाई खडक बहादुर विक गाँउको स्कुलमा शिक्षक हुनु हुन्थ्यो घरको जेठो दाई नै शिक्षक भएकाले पनि होला मैले पनि स्कुल पढे जवकि त्यो समयमा छोरीहरुलाई स्कुल  पढाउने चलन कमै थियो त्यो पनि दलितहरुमा अझ झन कम थियो तर मैले भने पढ्ने अवसर पाए
दाई शिक्षकमात्र नभएर मोटो मशालको कार्यक्रता पनि हुनु हुन्थ्यो मेरो घरमा राती राती बैठेक बस्नेछलफल गर्ने गर्थे त्यति कुरा बझ्दैन थिए खासै चासो पनि थिएन जब ठूलो भए अली अली राजनिति कुरा पनि बुझ्न थाले स्कुलमा पढ्दा विद्यार्थीमा संगठित नभएर पहिला महिलासंगठनमा, ाइसियल पछि विद्यार्थी संगठनमा संगठित भए
दाई शिक्षकको स्थायी जागिर छोडेर माओवादीको पूर्णकालीन भए उनी पूर्णकालीन भए पछि प्रहरी आएर सोधपुछ गर्न थाले हामी मानसिक रुपमा त्यसलाई सहन सक्ने, फेस गर्न सक्ने भइसकेका थियौ २०५४ मा कालीकोटमा किलोसेरा टु अप्रेशसन भएको थियो त्यो समयमा एसएलिसि दिएर छापामार दस्ताको तालीम गदै थिए त्यहि समयमा प्रहरी गाँउमा आएर खड्क बहादुर विक (प्रकाण्ड) लाई  घेराहालेर मार्ने योजनामा आएका रहेछन्
सिआइडिको सुचनाको आधारमा आएका प्रहरीले जुन घरमा छापामा¥यो त्यो घरमा प्रकाण्ड थिएनन् प्रकाण्ड अर्को घरमा बसेका भएर बाँचे त्यहाँ नयाँ बर्षका व्यानर थिए ती व्यानरलाई नै देखेर सुचना दिएको रहेछ प्रहरी छापा मार्न घरभित्र जान थाले त्यो घरकि आमा आफ्नो नातीलाई मारिदिन्छन् भनेर घर भित्र जान थाल्नु भयो प्रहरीले सोच्यो यो आइमाई माओवादी भगाउन जादै भनेर प्रहरीले गोली चलायो ती महिला घाइते भइन आँगन भरी रगतको आहल जम्यो त्यो देखेपछि जनताहरु जम्मा भएर आक्रोसीत भए जनताले प्रहरीलाई लखेटे
विहान एघार बजेबाट सुरु भएको यो लखेटाई बेलुका पाँच बजे सम्म भयो एकजना हबल्दार एकजना प्रहरी मारिय एक थान हतियार महिलाहरुले कब्जा गरे नेपाली जनयुद्धमा यो घटनाले ठूलै महत्व पायो गाँउका सर्वसाधारण, निहत्था महिलाले हसियाँ, बन्चरो जस्ता घरेलु हतियारले शसस्त्र प्रहरीलाइ लखेट्न मात्र सफल भएनन कि दुइजनाको भौतिक रुपमा नै सिध्याए हतियार पनि खोसे त्यो भन्दा पहिला माओवादीलाई घेरा हालेर गिरफ्तार गर्दा हामीले प्रहरीहरुलाई बल्क गरेर साथिहरुलाई भगाउन सफल भएका थियौ
छापामारको तालीम पछि २०५५ साल असारमा पूर्णकालीन भए एसएलीसी पनि पास गरे कालीकोट जिल्लामा पहिलो दलीत महिला हुँ एसएलसि पास गर्ने त्यो भन्दा पहिले कसै दलित महिलाले एसएलसि पास गरेका थिएनन्  
एकै पटक संसार पविर्तन हुदैन
जनयुद्ध सुरु हुने बििित्तकै सबैकुरा एकै पटक परिवर्तन हुन सक्दैन थियो, भएन पनि आन्दोलन पनि  यहि समाजमा रहेका विद्धमान असमानता, शोषण, दमनका विरुद्ध लड्नु पर्दा यहि समाजले आन्दोलनलाई पनि असर गर्छ विभिन्न सोचविचार, व्यवहार, चिन्तनले काम गर्छ यहाँ भित्र पनि सामन्तवाद, आर्थिकवाद, व्यक्तिवादले काम गरेको देखिन्छ
हामी सरकारमा गएका हौ तर पुरा सत्तामा गएका होइनौ पार्टी भीत्र पनि एकरुपता आउन सकेन जनयुद्धले राजनैतिक,वैचारीक हस्तक्षेप ¥यो गाँउ गाँउमा चेतना पुगाएको जनयुद्धले नै हो स्थानीय रुपमा जनसत्ताका अभ्यास भए
जब पार्टी खुल्ला राजनितिमा आयो त्यहि अनुसारको कार्यनीति बनाउने रणनिति थियो पार्टी नेतृत्वले त्यता तीर ध्यान दिन सक्नु भएन उहाँहरु सहरीया जिवनमा रुमलीय पार्टी पनि एकमनावादी ढङगमा चल्न थाल्यो नेतृत्वको देवत्वकरणमा बढी लाग्यौ बिग्रीसके पछि रोक्न सक्ने अबस्था नै रहेन नेतृत्वले नै क्रान्तिलाई यो खाल्डोमा हालेका हुन् हो, हामीपनि जिम्मेवार छौ पार्टी भित्र सामुहि निर्णय नहुदा एकदुई व्यक्ति हाबी हुनु स्वभाविक हो संस्थागत रुपमा पार्टी संचालन गर्नु पथ्यौ
अहिले नेपाली समाज कहि कतै सन्तुष्ट छैन मान्छेसंग समस्याका चाङ छन् यहि अवस्थामा समाज रहन सक्दैन कहिन कहि गएर विस्फोट हुन्छ त्यो विस्फोटलाई यदि क्रान्तिकारी शक्तिले समात्न सक्यो भने देशले निकास पाउन्छ यदि सकेन भने त्यो अराजकतामा परिणत हुन्छ देश झन जरजर अवस्थामा जान्छ
हो, अहिले क्रान्तिकारी शक्तिलाई चुनौती एक क्रान्तिले सेट ब्याक खाएको अबस्थामा विचार निमार्ण संगठन निमार्ण नै पहिलो काम हो जनता निकास खोज्छ चुपलागेर बस्न सक्दैन त्यहि भएर समाजमा रहेका नयाँ अन्र्तविरोधलाई हल गर्नसक्ने कार्यदिशा चाहिएको हिजैकै पार्टी,संगठन विचारले अहिलेको नेपाली समाजको समस्या हल गर्न सक्दैन
नेकपामाओवादीमा पनि यो परिक्षणको समय हो यो पार्टीका नेताहरुलाई सहिदको रगतको माया जनता प्रति जिम्मेवारी बोध हुन्छ भने आजसम्म भै गरेका साना तीना कमि कमजोरीलाई सच्याएर जानु पर्छ अहिले खाई पाई आएका सुख सुबिधाहरुलाई लत्याउन सक्नु पर्छ जसले त्यसो गर्न सक्दैन,त्यो नेता कार्यकर्ता आफै सकिने
उसले हिजो जनता संग गरेका बाचा,सहिद परिवार,घाइते,वेपत्ता परिवारसंग गरेका प्रतिबद्धता लाई भुल्छ भने जनताले कुनै पनि अवस्थामा माफ गर्ने छैन कसै नेताले निजि सम्पति पनि जोडेका होलान् तर त्यसलाई त्याग्न सक्ने कि सक्ने परिक्षणको समय आउदै सकेनौ भने हामीले हिजोको जनयुद्धको नेतृत्वलाई गाली गलौच गर्नुको औचित्य रहन्न

- source:-helloneta

No comments:

Post a Comment