लिखु नदी किनारमा १६ वर्षीया हिरामाया नेपालीको शव फेला

मन्थली , आश्विन २७ - रामेछापको हिमंगगा ५ मा पर्ने लिखु नदी किनारमा एक किशोेरीको शव फेला परेको छ । उक्त शव गोठगाउँकी १६ वर्षीया हिरामाया नेपालीको भएको प्रहरीले जनाएको छ ।
दुई दिन अघि घरबाट कसैलाई पनि जानकारी नदिई हिँडेकी हिरामायाको मानसिक अवस्था ठिक नभएको प्रहरीले जनाएको छ । नेपालीको शव पोष्टमार्टमका लागि जिल्ला सदरमुकाम तर्फ ल्याईंदै गरेको समेत प्रहरी नायव निरीक्षक लक्ष्मण गौतमले बताएका छन् ।

No comments:

Post a Comment