अमेरिकामा ‘दक्षिण एसियामा सामाजिक न्याय र दलित’ सम्बन्धी छलफल


महावीर विश्वकर्मा
जागरण मिडिया सेन्टर ।
अमेरिकाको न्युयोर्कमा दक्षिण एसियामा सामाजिक न्याय र दलित विषयक अन्तरक्रिया सम्पन्न भएको छ । अन्तरक्रियामा जागरण मिडिया सेन्टरका अध्यक्ष रेम विश्वकर्मा, समता फाउण्डेशनका अध्यक्ष पदम सुन्दास र समता फाउण्डेशनका बोर्ड सदस्य सरिता परियारसँग छलफल गरिएको थियो । उहाँहरुसँग कार्यक्रमका सहभागीहरुले नेपाली दलित समुदायका विषयमा विभिन्न जिज्ञासाहरु राखेका थिए ।

सोही अवसरमा जागरण मिडिया सेन्टरले निर्माण गरेको टेलि चलचित्र दलनको केही श्रृंखला प्रदर्शन गरिएको थियो । इन्डिया चाइना इन्स्टिच्यूटले न्यू स्कुल युनिभर्सिटीमा कार्यक्रमको आयोजना गरेको हो । इन्स्टिच्यूटका डाइरेक्टर प्रोफेसर अशोक गुरुङ्गले कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्नुभएको थियो भने प्रोफेसर स्मिता नरुलाले सहजीकरण गर्नुभएको थियो । कार्यक्रम अक्टोबर ७ (असोज २१) मा भएको थियो ।

No comments:

Post a Comment