बोक्सी आरोपमा ६९ वर्षीया बृद्धालाई दुर्व्यवहार

पाल्पा । ०७१ कात्तिक १४ गते
रामपुर नपा -३ पिपलचौरकी ६९ वर्षीया बृद्धालाई बोक्सी आरोपमा दुर्व्यवहार गर्ने रामपुर नपा-३ की विमला दर्जी उनका पति गङ्गाबहादुर दर्जी र स्थानीय डिलमाया नेपाली कात्तिक १४ गते धरौटीमा रिहा भएका छन् । उनीहरूले गत असोज २० गते बृद्धालाई कुटपिटका गर्नुका साथै अमानवीय व्यवहार गरेका थिए ।

अदालतको आदेशमा कुटपिटमा संलग्नमध्ये विमला ४२ हजारगङ्गाबहादुर ३५ हजार र डिलमाया ७ हजार रुपियाँ धरौटी राखी जिल्ला रिहा भएका हुन् । आरोपितलाई पुर्पक्षका लागि थुना बाहिर राखी अनुसन्धान गर्ने गरी धरौटीमा रिहा गर्ने आदेश दिएको जिल्ला अदालतका श्रेस्तेदार विश्वप्रसाद रेग्मीले जानकारी दिए । 

No comments:

Post a Comment