श्रीमतीको टाउकोमा बञ्चरो प्रहार गर्ने पक्राउ

गुल्मी, कात्तिक १० – गुल्मीमा प्रहरीले श्रीमतीको टाउकोमा बञ्चरो प्रहार गर्ने एक जनालाई पक्रेको छ । प्रहरीले धुर्कोट रजस्थल–६ का ३३ वर्षका कृष्णबहादुर कामी लाई पक्रेको हो ।
कामीले घर झगडाको क्रममा ३२ वर्षकी श्रीमती सरिता कामीलार्ई सोमबार बिहान बञ्चरो प्रहार गरेका थिए । बञ्चरो प्रहारबाट टाउकोमा गम्भीर चोट लागेपछि कामीले श्रीमतीलाई नजिकैको स्वास्थ्य संस्थामा उपचारका लागि लगेका थिए । प्रहरीले कामीलाई  स्वास्थ्य संस्थाबाट नै पक्राउ गरेको हो ।
घाइते सरिताको जिल्ला अस्पताल तम्घासमा उपचार हुन नसकेपछि थप उपचारकालागि  पाल्पा लगिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक महेन्द्र नेपालले बताउनुभयो ।

No comments:

Post a Comment