जातीय भेदभावमुक्त समाज निर्माणका लागि मन्त्री पण्डितको सहयोग गर्ने प्रतिबद्धता

20141015_104947
महावीर विश्वकर्मा
जागरण मिडिया सेन्टर
काठमाण्डौं, २९ असोज ।
सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जातीय भेदभावमुक्त समाज निर्माणका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको ३२ औँ साधारण सभालाई आज राजधानीमा सम्बोधन गर्दै मन्त्री पण्डितले यस्तो प्रतिबद्धता जनाउनुभएको हो ।
20141015_101052
“जातीय विभेदको अन्त्य गर्नका लागि मेरो ठाउँबाट मेरो तागतले भ्याएसम्म जति गर्नुपर्ने हो म त्यति सहयोग गर्न तयार छु” उहाँले भन्नुभयो, “म भेदभाव मुक्त र समतामुलक समाजको पक्षमा लागिरहेको मान्छे हो । तपाईँहरुले पनि हिम्मत गर्नोस् है । हिम्मत नहार्नोस् ।” सम्बोधन कै क्रममा उहाँले अगाडी भन्नुभयो, “अघिल्लो संविधान सभामा कुनै एक पार्टीले प्रतिनिधित्व नगरेको समुदायलाई अर्कोले प्रतिनिधित्व गराउँथ्यो तर अहिले मलाई कता—कता लाग्छ समझदारी नभएर होला फलानोले प्रतिनिधित्व गराएन भने मैले किन गराउने भन्ने प्रतिष्पर्धा चलेर हो की सरकारमा प्रतिनिधित्व नभएको , २६ सभासदमा पनि दलितको प्रतिनिधित्व नभएको । अब त्यसमा पनि दलहरु बीचमा समझदारी हुनुपर्छ भन्ने लाग्छ ।”
20141015_121617
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको ३२ औँ साधारण सभाको अवसरमा संघलाई शुभकामना दिने क्रममा दलित अधिकारकर्मीहरुले अहिले देश नयाँ संविधान निर्माणको ऐतिहासिक चरणमा भएकोले यो अवसरलाई दलित समुदायले उपयोग गर्नुपर्नेमा जोड दिएका थिए ।
20141015_113113
नेपाल दलित संघका अध्यक्ष एवम् सभासद मिन विश्वकर्माले अहिलेको समय दलित समुदायको सबैभन्दा उत्तम अवस्था भएकोले सबै संगठनहरु आ—आफ्नो ठाउँबाट जागरुक भएर लाग्नुपर्नेमा जोड दिनुभयो । दलित समुदाय राजनीतिक दलमा आवद्ध भएर अगाडी बढ्नुपर्ने नितान्त आवश्यक रहेको उहाँको भनाई थियो ।
20141015_102215
यस्तै नेपाल उत्पीडित जातीय मुक्ति समाजका महासचिव एवम राष्ट्रिय दलित नेटवर्कका अध्यक्ष गणेश वि.के.ले नेपाली दलित मुक्तिको आन्दोलन दक्षिण एसिया मै अगाडी रहेको बताउनुभयो । उहाँले पनि संविधानबाट दलित समुदायको अधिकार सुनिश्चितताका निम्ति जागरुक हुनुपर्ने भनाई राख्नुभयो ।
नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका अध्यक्ष एवम् सभासद दलजीत श्रीपालीले दलित समुदायले सडकमा गएर संघर्ष नगरेसम्म सजिलै अधिकार नपाउने विचार व्यक्त गर्नुभयो । साथै राज्यका सबै क्षेत्रमा दलितको क्षतिपूर्ति सहितको समानुपातिक सहभागिता हुनुपर्ने उहाँको धारणा थियो ।
20141015_115109
सोही क्रममा दलित गैरसरकारी संस्था महासंघका अध्यक्ष गजाधर सुनारले निजामति सेवामा दलित समुदायलाई ९ प्रतिशत आरक्षणको व्यवस्था गर्नु आधारहिन भएको बताउनुभयो । “जनगणना अनुसार पनि दलितको जनसंख्या १३ प्रतिशत छ । अझ हामी त क्षतिपूर्ति सहितको प्रतिनिधित्व भनिरहेका छौँ । यस्तो अवस्थामा ९ प्रतिशत कुन आधारमा राखिएको हो ?” भनेर प्रश्न गर्दै उहाँले यस विषयमा मन्त्री लालबाबु पण्डितलाई ध्यानाकर्षण गराउनुभयो ।
20141015_103819
उद्घाटन सत्रको अन्त्यमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका अध्यक्ष भक्त विश्वकर्माले शुभकामना दिनुहुने सबैलाई धन्यवाद दिनुभयो । साथै वर्तमान दलित आन्दोलन एकीकृत रुपमा अघि बढेको भन्दै उहाँले खुशी व्यक्त गर्नुभयो । तर यतिले मात्रै नपुग्ने भएकोले थप संघर्ष र अभियान आवश्यक भएको उहाँको भनाई थियो ।
20141015_120611
कार्यक्रमका थप तस्बीरहरु :
20141015_101208
20141015_101951
20141015_11075920141015_11054220141015_101343  20141015_103034 20141015_101231 20141015_102019 20141015_102035 20141015_10213620141015_101208
source:- जागरण मिडिया सेन्टर

No comments:

Post a Comment