समानतामुलक समाज निर्माणको लागि दुई दिने अभिमुखिकरण

करन ताम्राकार
जागरण मिडिया सेन्टर
डडेल्धुरा,१२ कार्तिक ।
समाजमा रहेको जातीय विभेदको अन्त्यका लागि पत्रकार संवाहक भएकोले समानतामुलक समाज निर्माणको लागि पत्रकारहरुको महत्वपूर्ण भूमिका भएकोले ल्यानकाउ नेपालको आयोजनामा दुई दिने अभिमुखिकरण धनगढीमा सुरु भएको छ ।
सुदूरपश्चिमा जातीय विभेदका घट्ना दैनिक घटिरहे पनि त्यस्को कानून तह कार्वाहिको प्रक्रियामा ल्याउन र विकट वस्तीहरुमा रहेका विभेदका घटनाको न्यूनीकरण गर्नेका निमित्त पत्रकारको महत्वपूर्ण भूमिका रहेकोले सुदूरपश्चिचमका ९ जिल्लाका ५० जना कृयाशिल पत्रकारहरुले सुदूरपश्चिम स्तरीय घट्ना अध्यन समिति गठन गरेको छ ।
उक्त समितिका संयोजकमा डोटीका पत्रकार टेकेन्द्र देउवाको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरिएको छ । यस्तै सदस्यमा डडेल्धुरा जिल्लाका पत्रकार करन ताम्राकार,बैतडीका पत्रकार लक्ष्मीदत्त पाण्डेय,बझांगकी पत्रकार गोमा उपाध्य,दार्चुलाकी पत्रकार निर्मला भट्ट,अछमाका पत्रकार,शिवराज ढुंगाना,बाजुराका पत्रकार,प्रेमबहादुर रौले,कंचनपुरका पत्रकार,राजेन्द्र भट्ट र कैलालीकी पत्रकार उन्नती चौधरी गरि ९ सदस्यी समिति गठन गरियोको डडेल्धुराबाट प्रतिनिधित्व गरेका पत्रकार महासंघ डडेल्धुरका सचिव करन ताम्राकारले जानकारी दिनुभयो ।
समितिको कार्य अवधि एक बर्ष हुने र सुचना आदान प्रदान तथा घ्टना दस्तावेजिकरण,जातीय विभेदका घट्ना अनुगम जातीय विभेद न्यूनिकरणमा कलम चलाउँने पत्रकारलाई फेलोसिप समेत उक्त समितिको गर्ने उद्येश्य रहेको छ ।

No comments:

Post a Comment